नेभिगेशन
समाज

ईजरायलमाथि ईरानीको जवाफी हमला ‘साँचो वाचा ३’ अभियान जारी, मिसाइल आक्रमणबाट राजधानी तेलअविव लगायतका सहरमा भयानक प्रभाव

काठमाडौँ । तेहरानबाट सुरु भएको ईरानको जवाफी आक्रमणका कारण इजरायली कब्जामा रहेका क्षेत्रमा ठूलो क्षति पुगेको इजरायली मिडियाले जनाएका छन्। मिसाइलले बोक्ने विस्फोटक पदार्थको प्रभावलाई ‘डर लाग्दो’ भन्दै उनीहरूले तेलअविव लगायतका सहरहरूमा क्षतिको दृश्यसमेत सार्वजनिक गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ईरानले शुक्रबार मध्यरातमा पहिलो चरणको आक्रमण सुरु गरेको थियो भने शनिबार बिहान दोस्रो चरणको मिसाइल आक्रमण भएको हो। ईरानको इस्लामिक रिभोल्युसन गार्ड कर्प्स (IRGC) ले यस आक्रमणलाई ‘साँचो वाचा ३’ नाम दिँदै आवश्यक परेको जति लामो समयसम्म जारी रहने चेतावनी दिएको छ। IRGC को वक्तव्य अनुसार पहिलो चरणमा कम्तिमा १५० सैन्य र जासुसी केन्द्रहरू र हतियार उत्पादक कम्पनीहरूमा प्रहार गरियो।

Ncell
Extreme Energy

दोस्रो चरणमा इजरायलका प्रमुख सहरहरू तेलअविव, आशदोद, हाइफा र बेुर शेभाका (रणनीतिक केन्द्रहरू) मा आक्रमण गरिएको हिब्रु मिडियाले जनाएका छन्।

यस आक्रमणको पहिलो चरण सुरु हुँदै गर्दा, इरानी सर्वोच्च नेता आयातुल्ला सेय्यद अली खामेनेईले भिडियो सन्देशमार्फत् देशवासीलाई सम्बोधन गर्दै इजरायली शासनलाई निराश र लाचार बनाइने प्रतिज्ञा गरेका थिए।

CNN का अनुसार, एक वरिष्ठ इरानी अधिकारीले भनाइ दिंदै इरानले आक्रमणलाई अझ तीव्र बनाउने र इजरायलको समर्थनमा उभिने कुनै पनि देशका क्षेत्रीय सैन्य अड्डाहरूलाई पनि लक्षित गर्ने चेतावनी दिएको छ।

इरानी आक्रमणबाट कम्तिमा एक जना इजरायलीको मृत्यु भएको र ७० भन्दा बढी घाइते भएको इजरायली अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव– संसदमै स्पष्टीकरण दिनुस्, संवाद बढाउनुस्

प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव– संसदमै स्पष्टीकरण दिनुस्, संवाद बढाउनुस्

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बालेन शाहलाई संसदमा उठेका विवादबारे स्पष्टीकरण दिन र प्रतिपक्षीसँग संवाद बढाउन आग्रह गरेका छन् ।
राष्ट्रिय सुरक्षा परिषद्ले के गर्यो निर्णय ?

राष्ट्रिय सुरक्षा परिषद्ले के गर्यो निर्णय ?

राष्ट्रिय सुरक्षा परिषदले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ...
सुनसरी घटनाका अर्का एक घाइतेको उपचारका क्रममा मृत्यु

सुनसरी घटनाका अर्का एक घाइतेको उपचारका क्रममा मृत्यु

केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार कप्तानगञ्जका २० वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा आज न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
सिरहाको गोलबजारमा अनिश्चितकालीन कर्फ्यु

सिरहाको गोलबजारमा अनिश्चितकालीन कर्फ्यु

जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिकाका तीन वटा वडामा कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले दिउँसो २ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको हो ।