नेभिगेशन
मुख्य समाचार

ट्रम्पले इरान–इजरायल द्वन्द्वमा ‘आगोमा घिउ थपेको’ चीनको आरोप

चीनले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि इरान र इजरायलबीचको बढ्दो द्वन्द्वमा ‘आगोमा घिउ थपेको’ आरोप लगाएको छ । ट्रम्पले तेहरानका बासिन्दाहरूलाई ‘तुरुन्त खाली गर्न’ गर्न चेतावनी दिनुभएपछि चीनले त्यस्तो आरोप लगाएको हो ।

दशकौँको शत्रुता र लामो छायाँ युद्धपछि, इजरायलले गत हप्ता इरानभरका लक्ष्यहरू विरुद्ध आश्चर्यजनक हवाई अभियान सुरु गर्‍यो । आक्रमणको उद्देश्य आफ्नो शत्रु इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न बताइएको छ । इरानले आणविक हतियार प्राप्त गर्ने महत्त्वाकांक्षालाई अस्वीकार गरेको छ । 

CG

शत्रुताको अचानक भड्काउले व्यापक द्वन्द्वको डर फैलाएको छ । ट्रम्पले इजरायलको आक्रमणले चलिरहेको आणविक वार्तालाई लिकबाट उतारेपछि इरानलाई वार्ताको टेबलमा फर्कन आग्रह गरेका छन् । 

ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक असाधारण चेतावनी पनि जारी गरे, “सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ !”

“आगो जलाउने, घिउ खन्याउने, धम्की दिने र दबाब बढाउनेले स्थितिको शान्तिकरणलाई बढावा दिन मद्दत गर्दैन, यसले द्वन्द्वलाई मात्र तीव्र र फराकिलो पार्छ”, ट्रम्पको टिप्पणीका बारेमा सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने, “चिनियाँ पक्षले सबै सम्बन्धित पक्षहरू, विशेष गरी इजरायलमाथि विशेष प्रभाव भएका देशहरूलाई आफ्नो जिम्मेवारी बहन गर्न, तनाव कम गर्न तत्काल उपायहरू लिन र द्वन्द्वलाई विस्तार र फैलिनबाट रोक्न आह्वान गर्छ ।”

इजरायल र इरानले भारी आक्रमण गरेपछि इजरायलमा रहेको चिनियाँ दूतावासले मङ्गलबार पनि आफ्ना नागरिकहरूलाई ‘सकेसम्म चाँडो’ देश छोड्न आग्रह गरेको छ ।

“इजरायलमा रहेको चिनियाँ मिसनले चिनियाँ नागरिकहरूलाई उनीहरूको व्यक्तिगत सुरक्षाको ग्यारेन्टी गर्नसक्ने पूर्व शर्तमा भूमि सीमा पार गरेर सकेसम्म चाँडो देश छोड्न सम्झाउँछ”, दूतावासले विच्याटमा एक विज्ञप्तिमा भन्यो, “जोर्डनको दिशामा प्रस्थान गर्न सिफारिस गरिन्छ ।”

दूतावासले द्वन्द्व ‘निरन्तर बढ्दै गएको’ चेतावनी दिएको छ । “धेरै नागरिक पूर्वाधारहरू क्षतिग्रस्त भएका छन्, नागरिक हताहतको सङ्ख्या बढिरहेको छ र सुरक्षा अवस्था अझ गम्भीर हुँदै गइरहेको छ”, दूतावासले भनेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

“बिहीबारसम्म त कति राम्रो मौसम थियो, शुक्रबार एक्कासी डम्म हुस्सुले ढाक्यो, त्यसयता जाडो निकै बढ्यो”, गौशाला–१० बटौवा बस्तीका ७० वर्षीय लक्ष्मीप्रसाद कुशवाहा भन्छन्, “यो बढ्दो चिसोले अब धेरै...
डोरीमा बाँधिएर जीवन बिताउन बाध्य २६ वर्षीय झलक विक

डोरीमा बाँधिएर जीवन बिताउन बाध्य २६ वर्षीय झलक विक

उनी आफ्नो शरिरलाई आफैँ नियन्त्रण गर्न सक्दैनन् ।  घिस्रिएर अर्को स्थानमा पुग्न बाध्य छन् । सौच लगाएकै कपडामा हुन्छ ।
आज सुनको मूल्य सुन प्रतितोला दुई लाख ५८ हजार ३०० कायम

आज सुनको मूल्य सुन प्रतितोला दुई लाख ५८ हजार ३०० कायम

गत मङ्गलबार रु दुई  लाख ५९ हजार, बुधबार दुई लाख ५९ हजार ७००, बिहीबार दुई लाख ६० हजार ४०० सय कायम भएको थियो
भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको  जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो ।