नेभिगेशन
मुख्य समाचार

इजरायली सेनाद्वारा तेहरानको हतियार अनुसन्धान केन्द्रमा आक्रमण

दुई शत्रुबीचको युद्धको आठौँ दिनमा इजरायली सेनाले रातभर तेहरानमा दर्जनौँ लक्ष्यमा आक्रमण गरेको बताएको छ । आक्रमणमा ‘इरानको आणविक हतियार परियोजनाको अनुसन्धान र विकास’ केन्द्र भनिने ठाउँ समावेश छ । 

सेनाले एक विज्ञप्तिमा भनेको छ, “सेनाले तेहरानको मुटुमा शृृङ्खलाबद्ध आक्रमणहरू सम्पन्न गरेको छः सैन्य क्षेप्यास्त्र उत्पादन स्थलहरू र इरानको आणविक हतियार परियोजनाको अनुसन्धान र विकासका लागि एसपिएनडी (अर्गनाइजेसन अफ डिफेन्सिभ इनोभेसन एन्ड रिसर्च) मुख्यालयसहित दर्जनौँ लक्ष्यमा प्रहार गरिएको थियो ।”

CG

इजरायली सेनाका अनुसार एसपिएनडी मुख्यालय इरानी शासनको सैन्य क्षमतालाई समर्थन गर्ने उन्नत प्रविधि र हतियारहरूको अनुसन्धान र विकासका लागि प्रयोग गरिन्छ ।

बिहीबार राति ६० वटाभन्दा बढी लडाकू विमानले दर्जनौँ सैन्य लक्ष्यमा प्रहार गरेको सेनाले जनाएको छ ।

“लक्ष्यहरू मध्ये मिसाइल कम्पोनेन्टहरू उत्पादन गर्ने साइटहरू र कास्टिङ मिसाइल इन्जिनहरूमा प्रयोग हुने कच्चा मालहरू निर्माण गर्ने सुविधाहरू थिए”, सेनाले भनेको छ ।

इरान आणविक हतियार विकास गर्ने सङ्घारमा रहेको दाबी गर्दै इजरायलले एक हप्ताअघि आफ्नो कट्टर दुश्मनविरुद्ध हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणपछि दुवैतर्फबाट घातक आक्रमण सुरु भएका छन् ।

युद्धको कूटनीतिक समाधानमा पुग्ने आशामा युरोपेली विदेशमन्त्रीहरूले शुक्रबार आफ्नो इरानी समकक्षसँग वार्ता गर्नेछन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संलग्नताको सम्भावनालाई विचार गरिरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डोरीमा बाँधिएर जीवन बिताउन बाध्य २६ वर्षीय झलक विक

डोरीमा बाँधिएर जीवन बिताउन बाध्य २६ वर्षीय झलक विक

उनी आफ्नो शरिरलाई आफैँ नियन्त्रण गर्न सक्दैनन् ।  घिस्रिएर अर्को स्थानमा पुग्न बाध्य छन् । सौच लगाएकै कपडामा हुन्छ ।
आज सुनको मूल्य सुन प्रतितोला दुई लाख ५८ हजार ३०० कायम

आज सुनको मूल्य सुन प्रतितोला दुई लाख ५८ हजार ३०० कायम

गत मङ्गलबार रु दुई  लाख ५९ हजार, बुधबार दुई लाख ५९ हजार ७००, बिहीबार दुई लाख ६० हजार ४०० सय कायम भएको थियो
भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको  जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो ।
कुलमान घिसिङद्वारा मध्यरातमा दाउन्ने सडक खण्डको निरीक्षण (तस्बिरहरु)

कुलमान घिसिङद्वारा मध्यरातमा दाउन्ने सडक खण्डको निरीक्षण (तस्बिरहरु)

सडक बिस्तारको क्रममा भएको ढिलासुस्ती किन भैरहेको छ भनेर आफैँ निरीक्षणमा गएका मन्त्री घिसिङले सडक बिस्तारका लागि मेसिन र मजदुर तत्काल थपेर दुई महिना भित्र सहज रुपमा यात्रायात...