नेभिगेशन
सबै कुरा

रास्वपाका मुकुल ढकाल र तोशिमा कार्की घाइतेको उपचारका लागि गए जाजरकोट

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भूकम्प पीडितको उपचारका लागि २ टोली स्वास्थ्यकर्मी जाजरकोट पठाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भूकम्पबाट प्रभावित भएकाहरुको उद्धार, उपचार र राहतका लागि टोली परिचालन गरेर स्वास्थ्यकर्मी पठाएको हो । स्वास्थ्यकर्मी लानका लागि पार्टीका केन्द्रिय महामन्त्री डा. मुकुल ढकाल र डा. तोसिमा कार्कीले नेतृत्व गरेका छन् ।  

Ncell
Extreme Energy

उनीहरुले छुट्टाछुट्टै २ टोली लिएर जाजरकोट प्रस्थान गरेका छन् भने राहत सामाग्री लिएर केन्द्रिय सदस्य दिपक बोहोरा जाजरकोट गएका छन् । 

यसअघि नै पार्टी सभापति रवि लामिछाने पाल्पाबाट जाजरकोट प्रस्थान गरिसकेका छन्  । पार्टीका जिल्ला सभालाई सम्बोधन गर्न तानसेन पुगेका उनी शनिबार बिहान कार्यक्रम स्थगित गरेर जाजरकोट गएका हुन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो ।