नेभिगेशन
समाज

इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गरेका छन् । युद्धविरामले मध्यपूर्वमा उथलपुथल मच्चाएको १२ दिने युद्धको अन्त्य गर्नेछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुवै पक्षले सम्झौता स्वीकार गर्नुअघि तेहरानले इजराइललाई लक्षित गरी अन्तिम मिसाइल आक्रमण गरेपछि मङ्गलबार बिहान कम्तीमा चार जनाको मृत्यु भएको थियो भने इजरायलले बिहान हुनुअघि इरानभरका ठाउँहरूलाई लक्षित गरेर हवाई आक्रमण गरेको थियो ।

Ncell
Extreme Energy

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पसँगको समन्वयमा इरानसँग द्विपक्षीय युद्धविराम गर्न इजरायल सहमत भएको बताएका छन् । 

नेतान्याहुले सोमबार राति इजरायलको सुरक्षा क्याबिनेटलाई इरानको आणविक र ब्यालिस्टिक मिसाइल कार्यक्रमको खतरा हटाउन लगायत इरान विरुद्धको १२ दिने अपरेसनमा इजरायलले आफ्ना सबै युद्ध लक्ष्यहरू हासिल गरेको जानकारी दिएको बताए । 
    
इजरायलले इरानको सैन्य नेतृत्व र धेरै सरकारी साइटहरूलाई पनि क्षति पुर्‍याएको र तेहरानको आकाशमा नियन्त्रण हासिल गरेको उनले बताए । 

“इजरायलले युद्धविरामको कुनै पनि उल्लङ्घनको कडा जवाफ दिनेछ”, उहाँले भने ।

इरानी सहरहरूमा भारी इजराइली हमलाहरू बिहान ४ बजे ९स्थानीय समय० को केही समय अघिसम्म जारी रहेको थियो । त्यसपछि इरानी आक्रमणले इजराइलीहरूलाई सूर्योदय हुँदा बम आश्रयमा हतारमा पठायो । इरानी आक्रमणमा कम्तीमा चार जनाको मृत्यु र आठ जना घाइते भएको इजराइलको मागेन डेभिड आदोम (एमडिए) उद्धार सेवाले बताएको छ ।

इरानले आफ्ना आक्रमणहरू रोक्नका लागि समयसीमा पार गरेको एक घण्टाभन्दा बढी समयपछि ट्रम्पले ट्रुथ सोसलमा लेखेका थिए, “युद्धविराम अब प्रभावमा छ । कृपया यसलाई उल्लङ्घन नगर्नुहोस् !”

इरानी राज्य टेलिभिजनले युद्धविराम ७ः३० बजे (स्थानीय समय) मा लागू भएको तर इरानी अधिकारीहरूले ट्रम्पको घोषणापछि कुनै टिप्पणी नगरेको बताएको छ । केही घन्टाअघि इरानका शीर्ष कूटनीतिज्ञले देश हवाई आक्रमण रोक्न तयार रहेको बताएका थिए ।

“अहिलेसम्म कुनै पनि युद्धविराम वा सैन्य कारबाहीको अन्त्यमा कुनै ‘सम्झौता’ भएको छैन”, इरानी विदेशमन्त्री अब्बास अराघचीले एक्समा एक पोस्टमा लेखेका छन्, “यद्यपि इजरायली शासनले इरानी जनता विरुद्धको आफ्नो अवैध आक्रमण तेहरान समय बिहान ४ बजे भन्दा पछि रोक्छ भने, हामीसँग पछि हाम्रो प्रतिक्रिया जारी राख्ने कुनै मनसाय छैन । हाम्रो सैन्य कारबाही बन्द गर्ने अन्तिम निर्णय पछि गरिनेछ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चापाकल छ, पानी झरे पो ! (तस्बिरकथा)

चापाकल छ, पानी झरे पो ! (तस्बिरकथा)

घरको आँगनमै भएको चापाकलमा पानी आउन छाडेपछि सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनी–हरिहरपुरका स्थानीय खानेपानीको संकटमा परेका छन्। करिब दुई सय घरपरिवार छिमेकीको एउटै समरसेवल (सबमर्सिबल पम्प) मा लाइन बसेर...
रसुवा र नुवाकोटमा सय युनिटसम्म निशुल्क बिजुली दिने सरकारको तयारी

रसुवा र नुवाकोटमा सय युनिटसम्म निशुल्क बिजुली दिने सरकारको तयारी

सरकारले भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा सय युनिटसम्म निशुल्क विद्युत् उपलब्ध गराउने तयारी गरेको छ ।
भोटेकोशी बाढीले खोसेको खुसीः तीजको संघारमा रित्तिएका काख र सुनसान आँगन

भोटेकोशी बाढीले खोसेको खुसीः तीजको संघारमा रित्तिएका काख र सुनसान आँगन

भोटेकोशी बाढीले गाउँका पाँच जनालाई बेपत्ता पारेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवागाउँमा घरका आँगन सुनसान छन् ।
बाढीपीडित बालबालिकाको बालापन र भविष्य जोगाउन सरकारले ल्यायो ‘स्याहार योजना’

बाढीपीडित बालबालिकाको बालापन र भविष्य जोगाउन सरकारले ल्यायो ‘स्याहार योजना’

सरकारले विपद्का कारण आमाबाबु गुमाएका, परिवारबाट अलग भएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको तत्काल संरक्षणदेखि दीर्घकालीन स्याहार, पुनर्स्थापना र पारिवारिक पुनर्मिलनसम्मको व्यवस्था सुनिश्चित गर्न ‘स्याहार योजना’ कार्यान्वयनमा...