नेभिगेशन
समाज

दक्षिणपश्चिम चीनमा बाढीः दर्जनौँ गाउँ बगे, ८० हजारभन्दा बढी नागरिक विस्थापित

काठमाडौँ । दक्षिणपश्चिम चीनमा हालैका दिनहरूमा आएको भीषण बाढीका कारण ८० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार, गुइझोउ प्रान्तमा मात्र करिब ८०,९०० जनालाई सुरक्षित स्थानमा सारिएको छ । बाढीले दर्जनौँ गाउँ बगाएको छ, पुलहरू भत्किएका छन्, र जनजीवन अस्तव्यस्त बनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रभावित क्षेत्रहरूमध्ये रोङजियाङ काउन्टी सबैभन्दा बढी प्रभावित देखिएको छ, जहाँ एउटा फुटबल मैदान तीन मिटर पानीमुनि डुबेको रिपोर्ट गरिएको छ। राज्य प्रसारक सीसीटीभीले देखाएको दृश्यमा गाउँहरू हिलो र बाढीले डुबेका देखिएका छन् भने उद्धारकर्ताहरूले डुङ्गाको सहायताले मानिसहरूलाई सुरक्षित स्थानमा पुर्याइरहेका छन्।

Ncell
Extreme Energy

त्यस्तै बाढीका कारण पुलको किनारामा अड्किएका एक ट्रक चालकलाई नाटकीय तरिकाले उद्धार गरिएको भिडियोले चीनमा व्यापक ध्यान तानेको छ। “मेरो अगाडि पुल पूरै भत्कियो,” ती चालकले भनेका छन्, “म अत्यन्तै त्रसित थिएँ।”

बाढीले गुइझोउ मात्र होइन, गुआङ्सी र हुनान प्रान्तहरूलाई पनि प्रभावमा पारेको छ। टाइफुन वुटिपको प्रभावले केही दिनअघि नै दक्षिण चीनमा झन्डै ७० हजार मानिस विस्थापित भएका थिए। पछिल्ला तथ्याङ्कहरू अनुसार, चीनका कम्तिमा छ वटा क्षेत्रमा पहाडी बाढीका लागि वर्षको पहिलो रातो चेतावनी (सर्वाधिक गम्भीर चेतावनी) जारी गरिएको छ।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार, स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा सतर्कता जारी राखेको छ र थप क्षति रोक्न उद्धार तथा राहतकार्य जारी छ।

अर्कोतर्फ, देशको केही भूभागमा अत्यधिक गर्मीको लहर पनि चलेको छ। बेइजिङमा वर्षको अहिलेसम्मकै सबैभन्दा तातो दिन घोषणा गरिएको छ र दोस्रो उच्च गर्मी चेतावनी जारी गरिएको छ।

जलवायु वैज्ञानिकहरूका अनुसार यस्तो चरम मौसमी अवस्थाको मुख्य कारण जलवायु परिवर्तन हो, जसलाई हरितगृह ग्यास उत्सर्जनले अझ तीव्र बनाइरहेको छ। चीन विश्वकै सबैभन्दा ठूलो ग्यास उत्सर्जक भए पनि सन् २०६० भित्र शुद्ध शून्य उत्सर्जनको लक्ष्य लिएको देश हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा र नुवाकोटमा सय युनिटसम्म निशुल्क बिजुली दिने सरकारको तयारी

रसुवा र नुवाकोटमा सय युनिटसम्म निशुल्क बिजुली दिने सरकारको तयारी

सरकारले भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा सय युनिटसम्म निशुल्क विद्युत् उपलब्ध गराउने तयारी गरेको छ ।
भोटेकोशी बाढीले खोसेको खुसीः तीजको संघारमा रित्तिएका काख र सुनसान आँगन

भोटेकोशी बाढीले खोसेको खुसीः तीजको संघारमा रित्तिएका काख र सुनसान आँगन

भोटेकोशी बाढीले गाउँका पाँच जनालाई बेपत्ता पारेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवागाउँमा घरका आँगन सुनसान छन् ।
बाढीपीडित बालबालिकाको बालापन र भविष्य जोगाउन सरकारले ल्यायो ‘स्याहार योजना’

बाढीपीडित बालबालिकाको बालापन र भविष्य जोगाउन सरकारले ल्यायो ‘स्याहार योजना’

सरकारले विपद्का कारण आमाबाबु गुमाएका, परिवारबाट अलग भएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको तत्काल संरक्षणदेखि दीर्घकालीन स्याहार, पुनर्स्थापना र पारिवारिक पुनर्मिलनसम्मको व्यवस्था सुनिश्चित गर्न ‘स्याहार योजना’ कार्यान्वयनमा...
हरितालिका तीज : व्रत बस्दा मनोकामना पूरा हुने विश्वास

हरितालिका तीज : व्रत बस्दा मनोकामना पूरा हुने विश्वास

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्व आज देवादिदेव महादेवको विधिपूर्वक पूजाआराधना गरी मनाइँदैछ ।