नेभिगेशन
समाज
BREAKING NEWS :

नेपाली क्रिकेट टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले दिए नेपाल प्रहरीबाट राजीनामा

काठमाडौँ । नेपाली क्रिकेट टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीबाट राजीनामा दिएका छन् । सन् २०१६ देखि नेपाल प्रहरी सेवामा प्रवेश गरेका ऐरीले गत बैशाखमा राजीनामा बुझाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रहरी क्रिकेट टोलीका कप्तानसमेत रहेका ऐरीले २०८२ बैशाख २८ गते राजीनामा दिएका हुन् । ऐरीले राजीनामा दिएको विषय नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले पुष्टि गरे । ‘उहाँले राजीनामा दिनुभएको हो । राजीनामा स्विकृत समेत भइसकेको छ ।’ 

Ncell
Extreme Energy

यस विषयमा ऐरीले भने आफू अहिले केही नबोल्ने बताएका छन् । सिधाकुरासँगको सम्पर्कमा उनले भने, ‘अहिले यसबारे नबोलौँ । कुनै समय भनाैँला नि ।’ 

ऐरीले आफ्नो राजीनामा पत्रमा घरायसी कारण भएको उल्लेख गरेपनि उनी विदेश पलायन हुने मनशायका साथ राजीनामा बुझाएको आँकलन गरिएको छ । 

ऐरी २०८० असोजमा प्रहरी सहायक हवल्दारमा बढुवा भएका थिए । नेपाल प्रहरी क्रिकेट टोलीका कप्तानसमेत रहेका ऐरीले चीनमा भएको एसियन खेलमा मंगोलियाविरुद्ध ऐतिहासिक अर्धशतक प्रहार गरेपछि उनको बढुवा भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

लक्ष्मण गिरी सिधाकुरा डट कमका संवाददाता हुन् । 

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...