नेभिगेशन
समाज

‘कुलिङ पिरियड’ विवादमा कर्मचारीलाई दोष दिएर सांसद उम्कन मिल्दैन: सांसद सुमना श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा देखिएको विवादमा कर्मचारीलाई दोष दिएर सांसदहरू उम्कन नमिल्ने बताएकी छिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद श्रेष्ठले विधेयक पारित हुने प्रक्रिया चरणबद्ध रूपमा समिति, उपसमिति हुँदै संसदको पूर्ण बैठकसम्म पुग्ने भएकाले गल्ती कहाँबाट भयो भन्ने कुराको पहिचान गर्नु आवश्यक रहेको बताइन्।

Ncell
Extreme Energy

‘कुलिङ पिरियडमा बाहेक भन्ने शब्द कहाँबाट आयो भन्ने चर्चा चलिरहेको छ। त्यो त मूल विधेयकमै थियो,’ श्रेष्ठले भनिन्, ‘जबसम्म त्यो मूल विधेयकबाट हटाइन्न, तबसम्म त्यो प्रावधान कायमै रहन्छ। त्यसैले कर्मचारीलाई दोष देखाएर सांसद उम्कन मिल्दैन।’

त्यस्तै संसदमा टेबल भएको प्रतिवेदन पनि पढ्दै नपढि पास गर्नुलाई सांसदको गल्ती भएको उनको धारणा छ । ‘समितिको प्रतिवेदन संसदमा गएपछि पनि दुईवटा प्रक्रिया हुन्छ। पहिलो दिन त्यो प्रतिवेदन टेबल हुन्छ । त्यो भनेको सबै सांसदलाई जानकारी दिएको हो। यो प्रतिवेदन पिजन होल मा आउँछ है भनेर । त्यो प्रतिवेदन आइसकेपछि त्यसमा छलफल हुन्छ, अर्को दिन।’, उनले भनिन्, ‘सांसदहरुले मलाई थाहा थिएन, पढ्न समय पाइन भनेर भन्न मिल्दैन । कम्तिमा पनि त्यही समितिका सांसदहरूलाई चाहिँ त्यो छुट छैन।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जेनजी सहिदकी आमा सांसद रचना खतिवडाको प्रश्न– सहिदले न्याय पाउन कति वर्ष लाग्छ सरकार ?

जेनजी सहिदकी आमा सांसद रचना खतिवडाको प्रश्न– सहिदले न्याय पाउन कति वर्ष लाग्छ सरकार ?

उनले प्रश्न गरिन्– ‘सहिदले न्याय पाउन कति वर्ष लाग्छ, सरकार?’
कानुन मन्त्री गौतमले ल्याएका दुई विधेयक अगाडि बढ्दै, के छ विधेयकमा ?

कानुन मन्त्री गौतमले ल्याएका दुई विधेयक अगाडि बढ्दै, के छ विधेयकमा ?

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ल्याएका दुई विधेयक संसदमा अगाडि बढ्दैछन् ।
रसुवाको विनाशकारी बाढीबारे संसदीय समितिले थाले छलफल

रसुवाको विनाशकारी बाढीबारे संसदीय समितिले थाले छलफल

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको सम्बन्धमा संसदीय समितिले छलफल थालेका छन् ।
उद्धार, राहत र पुनःस्थापनामा सरकार निरन्तर लागिरहेको छ : प्रमुख सचेतक बुर्लाकोटी

उद्धार, राहत र पुनःस्थापनामा सरकार निरन्तर लागिरहेको छ : प्रमुख सचेतक बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले बाढीबाट प्रभावित भएकाको उद्धार, राहत र पुनःस्थापना लगायतमा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर रुपमा लागिरहेको बताए ।

भर्खरै