नेभिगेशन
समाज

‘कुलिङ पिरियड’ विवादमा कर्मचारीलाई दोष दिएर सांसद उम्कन मिल्दैन: सांसद सुमना श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा देखिएको विवादमा कर्मचारीलाई दोष दिएर सांसदहरू उम्कन नमिल्ने बताएकी छिन् ।

सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद श्रेष्ठले विधेयक पारित हुने प्रक्रिया चरणबद्ध रूपमा समिति, उपसमिति हुँदै संसदको पूर्ण बैठकसम्म पुग्ने भएकाले गल्ती कहाँबाट भयो भन्ने कुराको पहिचान गर्नु आवश्यक रहेको बताइन्।

CG

‘कुलिङ पिरियडमा बाहेक भन्ने शब्द कहाँबाट आयो भन्ने चर्चा चलिरहेको छ। त्यो त मूल विधेयकमै थियो,’ श्रेष्ठले भनिन्, ‘जबसम्म त्यो मूल विधेयकबाट हटाइन्न, तबसम्म त्यो प्रावधान कायमै रहन्छ। त्यसैले कर्मचारीलाई दोष देखाएर सांसद उम्कन मिल्दैन।’

त्यस्तै संसदमा टेबल भएको प्रतिवेदन पनि पढ्दै नपढि पास गर्नुलाई सांसदको गल्ती भएको उनको धारणा छ । ‘समितिको प्रतिवेदन संसदमा गएपछि पनि दुईवटा प्रक्रिया हुन्छ। पहिलो दिन त्यो प्रतिवेदन टेबल हुन्छ । त्यो भनेको सबै सांसदलाई जानकारी दिएको हो। यो प्रतिवेदन पिजन होल मा आउँछ है भनेर । त्यो प्रतिवेदन आइसकेपछि त्यसमा छलफल हुन्छ, अर्को दिन।’, उनले भनिन्, ‘सांसदहरुले मलाई थाहा थिएन, पढ्न समय पाइन भनेर भन्न मिल्दैन । कम्तिमा पनि त्यही समितिका सांसदहरूलाई चाहिँ त्यो छुट छैन।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...

भर्खरै