नेभिगेशन
समाज

निजामती सेवा विधेयकमा षड्यन्त्र गर्नेमाथि छानबिन गरेर कारबाही गर्नुपर्छ : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको दाबी गरेका छन्। मंगलबार पेरिसडाँडामा आयोजित वाइसिएल नेपालको केन्द्रीय पदाधिकारी बैठकमा बोल्दै उनले विधेयकमा “चलखेल र छेडखानी गर्ने प्रवृत्ति” को खोजी गरेर कारबाही गर्नुपर्ने बताएका हुन्।

‘परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ। संघीय निजामती विधेयकमा पनि षड्यन्त्र भएको छ,’ प्रचण्डले भने, ‘यो विधेयकमा कसले बदमासी गर्‍यो, त्यसको छानबिन गरी चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनतर्फ हामी लागेका छौं।’

CG

उनले विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट लामो छलफलपछि तय भए पनि प्रतिनिधि सभामा पेश हुँदा ‘बाहेक’ भन्ने शब्द थपिएकाले विधेयकको मर्म नै बद्लिएको बताएका छन्। यस विषयमा चौतर्फी आलोचना भइरहेको छ।

माओवादी अध्यक्ष प्रचण्डले संविधान र जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिहरू उल्ट्याउने प्रयास अहिले पनि जारी रहेको भन्दै पार्टीलाई सजग रहन आह्वान गरे। ‘यथास्थिति र प्रतिगमनको प्रयास भइरहेकै अवस्थामा हामीले पार्टीको अभियान रोकेर प्रतिवाद गरेका थियौं, अहिले फेरि त्यही प्रवृत्ति देखिएको छ,’ उनले भने।

पार्टी पदाधिकारी बैठकपछिको पत्रकार भेटघाटमा पनि प्रचण्डले यस विषयमा गम्भीर छानबिनको माग गरे। ‘समितिको निर्णय प्रक्रिया र त्यसलाई फुल हाउसमा लैजाँदाको क्रममा कहीँ न कहीँ कर्मचारीतन्त्र भित्रैबाट चलखेल भएको देखिन्छ,’ उनले भने, ‘तर अहिले कसैलाई लक्षित गरेर आरोप लगाउने स्थितिमा छैन।’

त्यसैगरी, उनले वाइसिएल नेपाललाई पार्टीको विचार, विधान र लाइनप्रति पूर्ण प्रतिबद्धतासहित अघि बढ्न निर्देशन दिए। ‘वाइसिएल नेपाल पार्टीको उत्तराधिकारी संगठन हो, प्रतिक्रियावादी षड्यन्त्र चिर्ने शक्ति हो,’ उनले भने, ‘पार्टीभित्र र बाहिर जटिल परिस्थिति छ, जुन जनयुद्धको समयमा पनि भोगिएको थियो।’

प्रचण्डले अहिले वर्ग संघर्ष थप पेचिलो बन्दै गएको उल्लेख गर्दै पार्टी एकता र क्रान्तिकारी धारलाई बलियो बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए। ‘महाधिवेशनले सर्वसम्मत निर्वाचित गरेको नेतृत्वको रक्षा तथा संस्थागत गर्नु अहिलेको आवश्यकता हो,’ उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...

भर्खरै