नेभिगेशन
समाज

निजामती सेवा विधेयकमा षड्यन्त्र गर्नेमाथि छानबिन गरेर कारबाही गर्नुपर्छ : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको दाबी गरेका छन्। मंगलबार पेरिसडाँडामा आयोजित वाइसिएल नेपालको केन्द्रीय पदाधिकारी बैठकमा बोल्दै उनले विधेयकमा “चलखेल र छेडखानी गर्ने प्रवृत्ति” को खोजी गरेर कारबाही गर्नुपर्ने बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ। संघीय निजामती विधेयकमा पनि षड्यन्त्र भएको छ,’ प्रचण्डले भने, ‘यो विधेयकमा कसले बदमासी गर्‍यो, त्यसको छानबिन गरी चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनतर्फ हामी लागेका छौं।’

Ncell
Extreme Energy

उनले विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट लामो छलफलपछि तय भए पनि प्रतिनिधि सभामा पेश हुँदा ‘बाहेक’ भन्ने शब्द थपिएकाले विधेयकको मर्म नै बद्लिएको बताएका छन्। यस विषयमा चौतर्फी आलोचना भइरहेको छ।

माओवादी अध्यक्ष प्रचण्डले संविधान र जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिहरू उल्ट्याउने प्रयास अहिले पनि जारी रहेको भन्दै पार्टीलाई सजग रहन आह्वान गरे। ‘यथास्थिति र प्रतिगमनको प्रयास भइरहेकै अवस्थामा हामीले पार्टीको अभियान रोकेर प्रतिवाद गरेका थियौं, अहिले फेरि त्यही प्रवृत्ति देखिएको छ,’ उनले भने।

पार्टी पदाधिकारी बैठकपछिको पत्रकार भेटघाटमा पनि प्रचण्डले यस विषयमा गम्भीर छानबिनको माग गरे। ‘समितिको निर्णय प्रक्रिया र त्यसलाई फुल हाउसमा लैजाँदाको क्रममा कहीँ न कहीँ कर्मचारीतन्त्र भित्रैबाट चलखेल भएको देखिन्छ,’ उनले भने, ‘तर अहिले कसैलाई लक्षित गरेर आरोप लगाउने स्थितिमा छैन।’

त्यसैगरी, उनले वाइसिएल नेपाललाई पार्टीको विचार, विधान र लाइनप्रति पूर्ण प्रतिबद्धतासहित अघि बढ्न निर्देशन दिए। ‘वाइसिएल नेपाल पार्टीको उत्तराधिकारी संगठन हो, प्रतिक्रियावादी षड्यन्त्र चिर्ने शक्ति हो,’ उनले भने, ‘पार्टीभित्र र बाहिर जटिल परिस्थिति छ, जुन जनयुद्धको समयमा पनि भोगिएको थियो।’

प्रचण्डले अहिले वर्ग संघर्ष थप पेचिलो बन्दै गएको उल्लेख गर्दै पार्टी एकता र क्रान्तिकारी धारलाई बलियो बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए। ‘महाधिवेशनले सर्वसम्मत निर्वाचित गरेको नेतृत्वको रक्षा तथा संस्थागत गर्नु अहिलेको आवश्यकता हो,’ उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पूर्ण सरकारी तथा...
पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

दोस्रो प्याकेजअन्तर्गत शिथिल पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याइने तयारी भइरहेको उनले बताए ।
६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

संघीय संसदमा ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन्...
आज १६१औँ मोती जयन्ती मनाइँदै

आज १६१औँ मोती जयन्ती मनाइँदै

भर्खरै