नेभिगेशन
समाज

रुपन्देहीको चुनाव जनता भर्सेस राणा शासन हो, इतिहास रच्नुपर्छः सागर ढकाल

रुपन्देही । सागर ढकालले रुपन्देही–३ को उपनिर्वाचनलाई ‘जनता भर्सेस राणा शासन’ को लडाइँको संज्ञा दिएका छन्। सामाजिक सञ्जालमार्फत एक अपिल गर्दै उनले नेपाली राजनीतिमा ऐतिहासिक परिवर्तन ल्याउने सङ्कल्पका साथ मैदानमा उत्रिनुपर्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ढकालले चितवन–२ मा रवि लामिछानेले पाएको ५४,१७६ मत र काठमाडौंमा बालेन शाहले पाएको ६१,७६७ मतलाई उदाहरण दिँदै रुपन्देही–३ मा कम्तीमा ६२,००० मतसहित इतिहास रच्नुपर्ने बताएका छन् । ‘रुपन्देही–३ मा करिब ९० हजार मतदाता छन्, यहाँबाट नयाँ युगको सुरुवात हुनुपर्छ,’ उनले लेखेका छन्।

Extreme Energy

उनले नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रबीच केही भिन्नता नरहको र ती पार्टी र नेतृत्वले  ‘नयाँ राणा शासन’ जस्तै व्यवहार गरेको आरोप लगाएका छने । ‘यो रुपन्देही ३ को एक तिरले ३ पार्टीहरूलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनु पर्छ। यो चुनाव जनता भर्सेस राणा शासन हो।’, ढकालको भनाइ छ।

उनले नारायणगढ–बुटवल सडक खण्डमा भइरहेको ढिलाइ र जनतालाई सास्ती दिने व्यवस्थाप्रति आक्रोश व्यक्त गर्दै दुई तिहाइको सरकार भएर पनि जनतालाई पिडित बनाउनेहरूलाई यही चुनावबाट जबाफ दिनुपर्ने बताएका छन् । ‘यो रुपन्देही–३ को मात्र चुनाव होइन, यो देशको चुनाव हो,’ ढकालले लेखेका छन्, ‘जनताको पीडा, आक्रोश र आशा बोलेको आवाज हो यो। अब नेपाली जनताले जित्ने मात्र होइन, क्लिन स्वीप गर्ने समय आएको छ।’

उनले जनतालाई ‘पुराना अनुहारलाई विदा गरेर नयाँ पुस्तालाई अवसर दिन’ आग्रह गर्दै रुपन्देही–३ लाई नयाँ राजनीतिक चेतनाको केन्द्र बनाउन आग्रह समेत गरेका छन् । 

सागर ढकाल यसअघि डडेलधुरामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई पराजित गर्न लागिपरेका थिए। उनी स्वतन्त्र राजनीतिको पक्षधर, युवा पुस्ताका प्रतिनिधि र संस्थागत राजनीतिक भ्रष्टाचारका विरोधी अभियन्ताका रूपमा चिनिन्छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।