नेभिगेशन
समाज

रुपन्देहीको चुनाव जनता भर्सेस राणा शासन हो, इतिहास रच्नुपर्छः सागर ढकाल

रुपन्देही । सागर ढकालले रुपन्देही–३ को उपनिर्वाचनलाई ‘जनता भर्सेस राणा शासन’ को लडाइँको संज्ञा दिएका छन्। सामाजिक सञ्जालमार्फत एक अपिल गर्दै उनले नेपाली राजनीतिमा ऐतिहासिक परिवर्तन ल्याउने सङ्कल्पका साथ मैदानमा उत्रिनुपर्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ढकालले चितवन–२ मा रवि लामिछानेले पाएको ५४,१७६ मत र काठमाडौंमा बालेन शाहले पाएको ६१,७६७ मतलाई उदाहरण दिँदै रुपन्देही–३ मा कम्तीमा ६२,००० मतसहित इतिहास रच्नुपर्ने बताएका छन् । ‘रुपन्देही–३ मा करिब ९० हजार मतदाता छन्, यहाँबाट नयाँ युगको सुरुवात हुनुपर्छ,’ उनले लेखेका छन्।

Ncell
Extreme Energy

उनले नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रबीच केही भिन्नता नरहको र ती पार्टी र नेतृत्वले  ‘नयाँ राणा शासन’ जस्तै व्यवहार गरेको आरोप लगाएका छने । ‘यो रुपन्देही ३ को एक तिरले ३ पार्टीहरूलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनु पर्छ। यो चुनाव जनता भर्सेस राणा शासन हो।’, ढकालको भनाइ छ।

उनले नारायणगढ–बुटवल सडक खण्डमा भइरहेको ढिलाइ र जनतालाई सास्ती दिने व्यवस्थाप्रति आक्रोश व्यक्त गर्दै दुई तिहाइको सरकार भएर पनि जनतालाई पिडित बनाउनेहरूलाई यही चुनावबाट जबाफ दिनुपर्ने बताएका छन् । ‘यो रुपन्देही–३ को मात्र चुनाव होइन, यो देशको चुनाव हो,’ ढकालले लेखेका छन्, ‘जनताको पीडा, आक्रोश र आशा बोलेको आवाज हो यो। अब नेपाली जनताले जित्ने मात्र होइन, क्लिन स्वीप गर्ने समय आएको छ।’

उनले जनतालाई ‘पुराना अनुहारलाई विदा गरेर नयाँ पुस्तालाई अवसर दिन’ आग्रह गर्दै रुपन्देही–३ लाई नयाँ राजनीतिक चेतनाको केन्द्र बनाउन आग्रह समेत गरेका छन् । 

सागर ढकाल यसअघि डडेलधुरामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई पराजित गर्न लागिपरेका थिए। उनी स्वतन्त्र राजनीतिको पक्षधर, युवा पुस्ताका प्रतिनिधि र संस्थागत राजनीतिक भ्रष्टाचारका विरोधी अभियन्ताका रूपमा चिनिन्छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पूर्ण सरकारी तथा...
पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

दोस्रो प्याकेजअन्तर्गत शिथिल पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याइने तयारी भइरहेको उनले बताए ।
६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

संघीय संसदमा ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन्...
आज १६१औँ मोती जयन्ती मनाइँदै

आज १६१औँ मोती जयन्ती मनाइँदै

भर्खरै