नेभिगेशन
समाज

२०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छः उर्जामन्त्री

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार राष्ट्रियसभा बैठकमा आफ्ना मन्त्रालयमाथि बिनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री खड्काले ऊर्जा क्षेत्र मुलुक निर्माणको मेरुदण्ड रहेको बताउँदै उनले नेपालले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले सोहीअनुसार यो क्षेत्रलाई बजेटको प्राथमिकतामा राखिएको बताए । 

Extreme Energy

उनले प्रसारण लाइनको क्षमता विस्तार गर्न १७ हजार ४ सय ४६ सर्किट किलोमिटर विभिन्न भोल्टेजस्तरका प्रसारण लाइन निर्माण गरी सब–स्टेसनहरूको क्षमता ४० हजार एमभिए पु¥याइने लक्ष्य रहेको जिकिर गरे । 

कर्णाली, माथिल्लो कर्णाली, भेरी, जगदुल्लालगायत आयोजनामा लगानी परिचालन र निर्माण अघि बढाउन सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत प्रतिबद्धता समेत जनाइसकेको उनले बताए । उनले जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का आह्वान भई प्राप्त बोलपत्रहरू मूल्याङ्कन भई आशयको सूचना जारी भइसकेको जानकारी दिए । बूढीगण्डकी जलविद्युत् आयोजनालाई सार्वजनिक–निजी साझेदारी अवधारणामा अघि बढाइने उनले बताए । 

मन्त्री खड्काले वर्षायाम सुरु भएसँगै विद्युत् उत्पादन बढेको र प्रसारण लाइनबाट बढी विद्युत् प्रवाह हुँदा भार व्यवस्थापन गर्नुपर्ने भएकाले कहिलेकाही लाइन जाने गरेको जिकिर गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।