नेभिगेशन
समाज

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले त्यागिन् सुरक्षाकर्मी बाहेकका सबै सरकारी सेवा सुविधा

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्र प्रमुखको हैसियतमा प्राप्त सुरक्षाकर्मी बाहेकका राज्यका सबै सेवा सुविधा आजैको मितिबाट त्याग्ने निर्णय गरेकी छन्। नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय हुने औपचारिक घोषणापछि उनले गृह मन्त्रालयमा सेवा सुविधा फिर्ता सम्बन्धी पत्र दर्ता गराएकी हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृह मन्त्रालय स्रोतका अनुसार भण्डारीको सचिवालयबाट बुधबार दिइएको पत्र मन्त्रालयमा दर्ता भई सम्बन्धित शाखामा पठाइएको छ। उनले सचिवालयमा कार्यरत सरकारका तर्फबाट खटिएका एक उपसचिव, एक शाखा अधिकृत र एक कार्यालय सहायक समेत फिर्ता गर्न पत्राचार गरेकी छिन् । 

Ncell
Extreme Energy

भण्डारीले सेवा सुविधा फिर्ता गरे पनि पूर्वराष्ट्र प्रमुखको हैसियतले पाउने सुरक्षा प्रोटोकल भने कानुनतः हटाउन नमिल्ने गृह मन्त्रालयले जनाएको छ। उनका लागि बस्न दिइएको घर, सुरक्षाकर्मीको सुविधा, र मासिक २०७ लिटर पेट्रोलको व्यवस्था राज्यको तर्फबाट उपलब्ध थियो। गृह मन्त्रालयका अनुसार सुरक्षाकर्मीको बसोबासका लागि भाडामा लिइएको घरको भाडा राज्यले घरधनीलाई तिर्दै आएको छ। 

विद्यादेवी भण्डारीले १४ असारमा नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय हुने घोषणा गर्दै पार्टी सदस्यता नवीकरण गराएकी थिइन्। उनले पार्टी कार्यक्रममा सहभागी हुँदै आगामी दिनमा एमालेभित्र नेतृत्वको बहसलाई पनि बल दिने संकेत गरेकी छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पूर्ण सरकारी तथा...
पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

दोस्रो प्याकेजअन्तर्गत शिथिल पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याइने तयारी भइरहेको उनले बताए ।
६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

संघीय संसदमा ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन्...
आज १६१औँ मोती जयन्ती मनाइँदै

आज १६१औँ मोती जयन्ती मनाइँदै

भर्खरै