नेभिगेशन
समाज

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले त्यागिन् सुरक्षाकर्मी बाहेकका सबै सरकारी सेवा सुविधा

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्र प्रमुखको हैसियतमा प्राप्त सुरक्षाकर्मी बाहेकका राज्यका सबै सेवा सुविधा आजैको मितिबाट त्याग्ने निर्णय गरेकी छन्। नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय हुने औपचारिक घोषणापछि उनले गृह मन्त्रालयमा सेवा सुविधा फिर्ता सम्बन्धी पत्र दर्ता गराएकी हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृह मन्त्रालय स्रोतका अनुसार भण्डारीको सचिवालयबाट बुधबार दिइएको पत्र मन्त्रालयमा दर्ता भई सम्बन्धित शाखामा पठाइएको छ। उनले सचिवालयमा कार्यरत सरकारका तर्फबाट खटिएका एक उपसचिव, एक शाखा अधिकृत र एक कार्यालय सहायक समेत फिर्ता गर्न पत्राचार गरेकी छिन् । 

Extreme Energy

भण्डारीले सेवा सुविधा फिर्ता गरे पनि पूर्वराष्ट्र प्रमुखको हैसियतले पाउने सुरक्षा प्रोटोकल भने कानुनतः हटाउन नमिल्ने गृह मन्त्रालयले जनाएको छ। उनका लागि बस्न दिइएको घर, सुरक्षाकर्मीको सुविधा, र मासिक २०७ लिटर पेट्रोलको व्यवस्था राज्यको तर्फबाट उपलब्ध थियो। गृह मन्त्रालयका अनुसार सुरक्षाकर्मीको बसोबासका लागि भाडामा लिइएको घरको भाडा राज्यले घरधनीलाई तिर्दै आएको छ। 

विद्यादेवी भण्डारीले १४ असारमा नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय हुने घोषणा गर्दै पार्टी सदस्यता नवीकरण गराएकी थिइन्। उनले पार्टी कार्यक्रममा सहभागी हुँदै आगामी दिनमा एमालेभित्र नेतृत्वको बहसलाई पनि बल दिने संकेत गरेकी छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।