नेभिगेशन
मुख्य समाचार

कुलिङ पिरियड विवादः राज्य व्यवस्था समितिका सभापति खतिवडाविरुद्ध खनिए सांसदहरु

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती विधेयक प्रकरणको छानबिनका लागि सभामुखलाई अनुरोध गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले निजामती विधेयकमा कुलिङ पिरियडका बिषयमा भएको छेडखानीको छानबिनका लागि सभामुखलाई अनुरोध गर्ने निर्णय गरेको हो । समितिको सचिवालय, संघीय मामिला मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिले भाषा लेख्ने काम भएकोमा उक्त कार्य कानुन निर्माणको हिसाबले षड्यन्त्रपूर्ण र दुरासयपूर्ण देखिएको हुँदा त्यसको उच्चस्तरीय संसदीय समितिबाट छानबिन गर्ने व्यवस्था मिलाउन सभामुखलाई अनुरोध गर्ने निर्णय गरिएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । 

Dish home
City Express

त्यस्तै बैठकले कुलिङ पिरियड सम्बन्धी व्यवस्थालाई समितिले पास गरेको भावना अनुसार प्रतिवेदनको बुँदा ४३ लाई आवश्यक संशोधन गर्ने व्यवस्था मिलाउन राष्ट्रिय सभालाई अनुरोध गर्ने निर्णय भएको उनले बताए । सभापति खतिवडाले उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै आफ्नो नाम जोडिएको विषयमा आपत्ति जनाए । उनले छानबिनका क्रममा आफ्नो संलग्नता पुष्टि भए जस्तोसुकै कारवाही भोग्न तयार रहेको बताए । 

बैठकमा समिति सदस्यहरुले कुलिङ पिरियड प्रकरणमा समिति सभापतिले नैतिक रुपमा मार्गप्रशस्त गर्नुपर्ने भन्दै निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् ।

सांसद पदम गिरीले गम्भीर प्रकारको घटना घटेको भन्दै फरक प्रतिवेदनमा सभापति र समिति सचिवको हस्ताक्षर भएकाले जिम्मेवारी लिनुपर्ने बताए । यस बिषयमा छानविनका लागि सभापतिले मार्गप्रशस्त गर्नुपर्ने उनको भनाई थियो । 

त्यस्तै सांसद हृदयराम थामीले ठूला व्यक्तिको प्रभाव र दवावले निजामती विधेयकमाथि छेडखानी गरिएको बताए ।  यस बिषयमा छानविन समिति नबनेसम्म समितिको बैठक बस्न नसक्ने उनले बताए । त्यस्तै माओवादी सांसद हितराज पाण्डेले कुलिङ पिरियडका बिषयमा समिति सभापतिदेखि सबैमाथि छानबिन हुनुपर्ने बताए । 

बैठकमा समितिको सचिवालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिले भने छलफलबाटै मूल बिधेयकमा रहेका बिषयलाई समावेश गरेर अन्तिम प्रतिवेदन बनाएको धारणा राखेका थिए । कानुन मन्त्रालयका सहसचिव सुवास भट्टराईले अन्तिम प्रतिवेदन तयार गर्दा प्रयाप्त छलफल हुन नपाएको बताए । उनले भाषिक हिसाबले केही त्रुटि भएको उल्लेख गरे ।

त्यस्तै समितिका सचिव सुरजकुमार दुराले प्रयाप्त छलफलबाटै प्रतिवेदनमा उल्लेख विषयलाइ समावेश गरिएको दावी गरे । समितिमा भएको छलफलको पूर्ण प्रमाण आफुसँग रहेको उनले दावी गरे । 

दुराले छलफलपछि नै विधेयकलाई अघि बढाइएको धारणा राखेपछि सांसदहरुले आपत्ति जनाएका थिए । सचिव दुराले समितिको अन्तिम प्रतिवेदन आफुले समिति सभापति र सामान्य प्रशासन मन्त्रीलाई समेत पठाएको दावी गरेका थिए । यस बिषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसँग समेत छलफल हुने समितिले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू

विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू

मन्त्रालयले जोशीको शव नेपाल ल्याइसकेपश्चात् पनि निजको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकार भएकाहरूसँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र निजको...
कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै संकलन गरिएको हस्ताक्षर कार्यबाहक सभापतिलाई बुझाइने

कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै संकलन गरिएको हस्ताक्षर कार्यबाहक सभापतिलाई बुझाइने

मंगलबार नै हस्ताक्षर बुझाउने भन्दै पार्टी कार्यालय पुगेका नेता कार्यकर्ताहरुलाई महामन्त्री गगन कुमार थापा र विश्वप्रकाश शर्माको आग्रह पछि बुधबार हस्ताक्षर बुझाउने गरि फर्काइएको हो । नेता कार्यकर्ताहरुले...
विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्न आवश्यकः  मन्त्री घिसिङ

विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्न आवश्यकः  मन्त्री घिसिङ

विपद् जोखिम न्यूनीकरणका लागि अन्तरराष्ट्रिय दिवस—२०२५ का अवसरमा सोमबारदेखि आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलन समापन गर्दै मंगलबार उनले जलवायु परिवर्तनका कारण नेपालले हरेक वर्ष विपद्को सामना...
एन्फाले शहिद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने

एन्फाले शहिद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फाले ए डिभिजन क्लवको सुझावका आधारमा तत्कालका लागि होम एन्ड अवे प्रणालीमा लिग नगर्ने निर्णयमा पुगेको जनाएको हो ।