नेभिगेशन
समाज

हमासले बन्दक बनाएका २० जना रिहा हुँदै, छुट्ने सूचिमा छैन नेपाली विपिन जोशीको नाम

काठमाडौँ । इजरायल र हमासबिच सहमति भएको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत गाजामा रहेका सबै बन्धकहरू सोमबारसम्ममा रिहा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । 
हमास र उसका सहयोगीहरूले इजरायलबाट २५१ जनालाई अपहरण गरी गाजा लगेका मध्ये ४८ जना अझै पनि हमासकै कब्जामा छन् । ति मध्ये कम्तिमा २० जना जीवित रहेको सीएनएनले दाबी गरेको छ ।  
नेपाली विपिन जोशी र तामिर निम्रोदीको अवस्था अज्ञात रहेको छ । सीएनएनले जीवित रहेको विश्वास गरिएका बन्धकहरू सबै पुरुष र एक जनाबाहेक सबै २० देखि ३० वर्षका रहेको जनाएको छ । 
 अघिल्ला युद्धविराम सम्झौताहरू अन्तर्गत महिला, बालबालिका र ५० वर्षभन्दा माथिका पुरुषहरूलाई रिहा गरिएको थियो। घोषित २६ मृतकहरूमध्ये इनबार हेम्यान नामक एक महिला पनि छिन्।
 इजरायलसँग युद्धविराम सहमति भएसँगै हमासले मुक्त गराउन लागेको २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ। ती सबै इजरायली नागरिक छन् । तर, यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने समावेश छैन। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार मुक्त हुने भनिएकाको सूचीमा विपिन जोशीको नाम उल्लेख गरेको देखिएको छैन । 

Ncell
Extreme Energy

अमेरिकाको पहलमा इजरायल र हमास दुई वर्षदेखिको युद्ध रोक्न विहीबार सहमत भएका थिए। यससँगै नेपालका विपीन जोशी पनि रिहाइ हुने आश गरिएको थियो । तर सार्वजनिक भएका विवरणमा विपिन जोशीको अवस्था अज्ञात रहेको उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा असोज ४ देखि १५ गतेसम्म बत्ती जाने, कहाँ कहिले ? (सूचीसहित)

काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा असोज ४ देखि १५ गतेसम्म बत्ती जाने, कहाँ कहिले ? (सूचीसहित)

आगामी असोज ४ गतेदेखि १५ गतेसम्म काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।
ओलीलाई कन्पारो तताउने तीन बुँदा

ओलीलाई कन्पारो तताउने तीन बुँदा

नेकपा एमाले पुनर्गठन कार्यदलले तीन बुँदे सहमति गरेर सचिवालय बैठकमा तीनवटा प्रतिवेदनको एकीकृत स्वरूप पेस गरेको थियो। तर अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई कागजको टुक्रा (चिर्कटो) को संज्ञा...
राष्ट्रिय सभाबाट संक्रामक पशु रोग (नियन्त्रण) विधेयक पारित हुँदै, के छ विधेयकमा ?

राष्ट्रिय सभाबाट संक्रामक पशु रोग (नियन्त्रण) विधेयक पारित हुँदै, के छ विधेयकमा ?

राष्ट्रिय सभाले आज संक्रामक पशु रोग (नियन्त्रण) विधेयक पारित गर्दैछ ।
कार्यसम्पादन मूल्याङ्कनमा बाँके प्रहरी लगातार तेस्रो महिना प्रथम

कार्यसम्पादन मूल्याङ्कनमा बाँके प्रहरी लगातार तेस्रो महिना प्रथम

जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिना देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँके असार, साउन र भदौमा लगातार प्रथम भएको हो।