नेभिगेशन
समाज

नेकपा एसले भन्यो, ‘रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको हो’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी कार्यालय आलोकनगरमा बिहिबार बसेको केन्द्रीय सचिवालय बैठकपछि पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको जानकारी दिएका हुन् । यसअघि बिहिबार नै पार्टी कार्यालयमा पुगेर झाँक्रीले आफुलाई स्पष्टीकरण सोधेको बिषय निराधार भएको बताएकी थिइन ।

Ncell
Extreme Energy

उपाध्यक्ष खतिवडाले झाँक्रीको अभिव्यक्तिका बिषयमा अनुशासन आयोगले निश्चित समय तोकेर स्पष्टीकरण सोधेकाले समयभित्रै स्पष्टीकरण आउने विश्वास रहेको बताए । 

सचिवालय बैठकमा पतञ्जली प्रकरणमा माधव नेपालमाथिको मुद्दा, पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टीका आन्तरिक बिषयमा छलफल भएको खतिवडाले बताए । बिहिबार बसेको बैठकमा उपाध्यक्ष धर्मनाथ साह, उपमहासचिव मेटमणि चौधरी, राजेन्द्र राईले धारणा राखेका थिए । पार्टीका केहि नेताहरु अस्वस्थ्य रहेकाले बैठक केहिसमय बसेर स्थगित गरिएको उनले जानकारी दिए ।

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक असार २२ गते पुनः बस्नेगरी स्थगित भएको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।