नेभिगेशन
समाज

उड्डयन सम्बद्ध २ विधेयकलाई यथाशीघ्र अगाडि बढाउन पर्यटन समितिमा पर्यटन मन्त्रीको आग्रह

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक २०८१ लाई ढिलाइ नगरी यथाशीघ्र अगाडि बढाउन आग्रह गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा मन्त्री पाण्डेले विधेयक सरकारले मात्र नभई सम्बन्धित समिति, सरोकारवाला निकाय तथा विज्ञहरूको सुझावका आधारमा अघि बढ्ने बताए ।

Ncell
Extreme Energy

प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायको रूपमा छुट्टाछुट्टै संरचना आवश्यक रहेको उल्लेख गर्दै उनले आईकाओलगायतका अन्तर्राष्ट्रिय निकायको सिफारिस र नेपालको आवश्यकताका आधारमा विधेयक ल्याइएको जानकारी दिए ।

मन्त्री पाण्डेले नेपालमा हवाई सुरक्षासम्बन्धी चुनौती कायमै रहेकाले हवाई सेवा प्रदायक र नियमन निकायलाई अलग गर्ने विषयमा कुनै अन्योल नरहेको बताए । उनले नियामक र सेवा प्रदायक निकाय छुट्टिएर स्वायत्त रूपमा सञ्चालनमा आए मात्र हवाई सुरक्षामा सुधार आउने धारणा राखे ।

समितिका सभापति राजकिशोर यादवले विधेयक महत्त्वपूर्ण प्रकृतिको भएको उल्लेख गर्दै सांसदहरूलाई गम्भीरतापूर्वक छलफलमा सहभागी हुन आग्रह गरे । बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पूर्ण सरकारी तथा...
पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

दोस्रो प्याकेजअन्तर्गत शिथिल पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याइने तयारी भइरहेको उनले बताए ।
६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

संघीय संसदमा ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन्...
आज १६१औँ मोती जयन्ती मनाइँदै

आज १६१औँ मोती जयन्ती मनाइँदै

भर्खरै