नेभिगेशन
समाज

पार्टीका नेताहरुको कार्यशैली सुधार गर्नुपर्ने कांग्रेस नेताहरुको माग

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टीका नेताहरुको कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिएका छन् । 

शुक्रबार पार्टी कार्यालयमा बसेका कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै सदस्यहरुले पार्टीका नेताहरुको कार्यशैलिप्रति कार्यकर्ताहरु असन्तुष्ट रहेकाले नेताहरुले आफ्नो कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिएका हुन् । साथै उनीहरुले तोकिएको समयभित्र महाधिवेशन गर्ने सुनिश्चितता हुनुपर्ने धारणा राखेका थिए ।

CG

शुक्रबार बैठकमा ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, दिपक गिरी, सुजाता परियार, कल्याणकुमार गुरुङ, सरिता प्रसाई लगाएत ३० जना केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए भने आमन्त्रित केन्द्रीय सदस्य दिपक खड्का, आमन्त्रित मन्त्रीहरु— तेजुलाल चौधरी (युवा तथा खेलकूद) र रामनाथ अधिकारी (कृषि तथा पशुपंक्षी विकास) ले आ–आफ्नो धारणा राखेको कांग्रेस केन्द्रीय सदस्य महेन्द्र यादवले जानकारी दिए । उनले सरकारमा रहेका मन्त्रीहरुको कामकारवाहीका बारेमा छलफल भएपछि मन्त्री परिवर्तनका बारेमा भने कुनै छलफल नभएको जानकारी दिए । 

विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेकाले कार्यसमितिको बैठक असार २२ गते विहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेसले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...

भर्खरै