नेभिगेशन
मुख्य समाचार

टेक्सासमा विनाशकारी बाढीः मृत्यु हुने सङ्ख्या २५ पुग्यो

अमेरिकाको टेक्सास राज्यको दक्षिण–मध्य क्षेत्रमा शुक्रबार बिहान अचानक  आएको बाढीले ठूलो मानवीय क्षति पु¥याएको छ । स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार, सो बाढीमा परी अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ । ग्वाडालुपे नदीको किनारमा रहेको एक ग्रीष्मकालीन बाल शिविरमा सहभागी भएका २३ भन्दा बढी बालिकाहरू अझै सम्पर्कमा आउन सकेका छैनन् ।

केर जिल्लाका शेरिफ ल्यारी लाइथाले पत्रकार सम्मेलनमार्फत जनाएअनुसार, थप व्यक्तिहरू हराइरहेका हुन सक्ने भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने सम्भावना रहेको छ ।

CG

टेक्सास राज्यका उपराज्य प्रमुख ड्यान प्याट्रिकका अनुसार, मृत्यु हुनेहरूमा केही बालबालिका पनि परेका छन्। उनले बताएअनुसार, ग्वाडालुपे नदीको पानीको सतह एकैचोटि २६ फिट (करिब ८ मिटर)ले बढेको छ । शिविरमा सहभागी करिब ७५० बालिकामध्ये २३ जति अझै सम्पर्कविहीन अवस्थामा छन् ।

शिविरका प्रमुखले पठाएको सन्देश अनुसार, बाढीका कारण त्यहाँ पानी, विद्युत् तथा सञ्चार सेवा पूर्णरूपमा अवरुद्ध भएको छ ।

हाल बाढीबाट प्रभावित क्षेत्रमा ठूलो सङ्ख्यामा उद्धारकर्मी परिचालन गरिएको छ। सयौँ सुरक्षाकर्मी तथा दर्जनौँ उड्ने साधनको माध्यमबाट उद्दार कार्य जारी रहेको छ। उद्धार टोलीहरू रातदिन खटिएको बताइएको छ ।

स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा नजान सबै नागरिकलाई अनुरोध गरेको छ, किनभने धेरै सडकहरू अवरुद्ध अवस्थामा छन् ।

विज्ञहरूका अनुसार हालका वर्षहरूमा मानवनिर्मित जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा, बाढी, खडेरी, आँधी र गर्मीका लहरहरू बारम्बार र बढी तीव्र रुपमा देखिन थालेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डोरीमा बाँधिएर जीवन बिताउन बाध्य २६ वर्षीय झलक विक

डोरीमा बाँधिएर जीवन बिताउन बाध्य २६ वर्षीय झलक विक

उनी आफ्नो शरिरलाई आफैँ नियन्त्रण गर्न सक्दैनन् ।  घिस्रिएर अर्को स्थानमा पुग्न बाध्य छन् । सौच लगाएकै कपडामा हुन्छ ।
आज सुनको मूल्य सुन प्रतितोला दुई लाख ५८ हजार ३०० कायम

आज सुनको मूल्य सुन प्रतितोला दुई लाख ५८ हजार ३०० कायम

गत मङ्गलबार रु दुई  लाख ५९ हजार, बुधबार दुई लाख ५९ हजार ७००, बिहीबार दुई लाख ६० हजार ४०० सय कायम भएको थियो
भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको  जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो ।
कुलमान घिसिङद्वारा मध्यरातमा दाउन्ने सडक खण्डको निरीक्षण (तस्बिरहरु)

कुलमान घिसिङद्वारा मध्यरातमा दाउन्ने सडक खण्डको निरीक्षण (तस्बिरहरु)

सडक बिस्तारको क्रममा भएको ढिलासुस्ती किन भैरहेको छ भनेर आफैँ निरीक्षणमा गएका मन्त्री घिसिङले सडक बिस्तारका लागि मेसिन र मजदुर तत्काल थपेर दुई महिना भित्र सहज रुपमा यात्रायात...