नेभिगेशन
समाज

बालेनले किन भेटे पूर्वराष्ट्रपति भण्डारी ?

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ। भण्डारीको आग्रहमा मेयर शाह गत बिहीबार (असार १९ गते) उनकै निजी निवास भंगाल पुगेर भेटेका हुन्। स्रोतका अनुसार, भेटवार्ता करिब आधा घण्टा चलेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटमा समसामयिक राजनीतिक घटनाक्रम, काठमाडौं महानगरपालिकामा देखिएको आन्तरिक विवाद, र बजेट ल्याउने प्रक्रियामा आइरहेको जटिलता बारे कुराकानी भएको मेयरको सचिवालयले जनाएको छ।

Ncell
Extreme Energy

स्रोतका अनुसार, भण्डारीले विशेषगरी महानगरको बजेट प्रक्रिया रोकिएको विषयमा चासो व्यक्त गर्दै कारणबारे सोधपुछ गरेकी थिइन्। जवाफमा मेयर शाहले प्रमुख प्रशासकीय अधिकृतको विवादबारे जानकारी गराउँदै सोही कारण बजेट आउन नसकेको जानकारी गराएका थिए।

भेटवार्ताका क्रममा नेकपा एमालेका केही सक्रिय नेताहरु समेत सहभागी रहेको जनाइएको छ । 

पूर्वराष्ट्रपति भण्डारीले केही समयअघिबाट मात्रै एमालेमा सक्रिय राजनीति फर्किएको घोषणा गरेकी थिइन् । उनले पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सेवा–सुविधा पनि त्याग गरिसकेकी छन्। त्यसपश्चात उनको राजनीतिक भेटघाटहरु बढ्दै गएका छन्।

भण्डारी र बालेनबीचको चिनजान पुरानै हो। राष्ट्रपति हुँदा भण्डारीले अघि सारेको ‘चुरे–तराई संरक्षण कार्यक्रम’ अन्तर्गतको एक परियोजनामा बालेन विज्ञका रुपमा संलग्न रहेको पृष्ठभूमिमा यी दुईबीच सम्बन्ध रहँदै आएको बताइएको छ।

यतिबेला एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मेयर शाहबीचको सम्बन्ध चिसिएको चर्चा चलिरहेका बेला, एमालेमै फर्किएकी भण्डारीसँगको भेटले थप राजनीतिक संकेतहरू दिएको एमाले निकटस्थहरु बताउँछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पूर्ण सरकारी तथा...
पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

दोस्रो प्याकेजअन्तर्गत शिथिल पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याइने तयारी भइरहेको उनले बताए ।
६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

संघीय संसदमा ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन्...
आज १६१औँ मोती जयन्ती मनाइँदै

आज १६१औँ मोती जयन्ती मनाइँदै

भर्खरै