नेभिगेशन
समाज

बालेनले किन भेटे पूर्वराष्ट्रपति भण्डारी ?

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ। भण्डारीको आग्रहमा मेयर शाह गत बिहीबार (असार १९ गते) उनकै निजी निवास भंगाल पुगेर भेटेका हुन्। स्रोतका अनुसार, भेटवार्ता करिब आधा घण्टा चलेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटमा समसामयिक राजनीतिक घटनाक्रम, काठमाडौं महानगरपालिकामा देखिएको आन्तरिक विवाद, र बजेट ल्याउने प्रक्रियामा आइरहेको जटिलता बारे कुराकानी भएको मेयरको सचिवालयले जनाएको छ।

Ncell
Extreme Energy

स्रोतका अनुसार, भण्डारीले विशेषगरी महानगरको बजेट प्रक्रिया रोकिएको विषयमा चासो व्यक्त गर्दै कारणबारे सोधपुछ गरेकी थिइन्। जवाफमा मेयर शाहले प्रमुख प्रशासकीय अधिकृतको विवादबारे जानकारी गराउँदै सोही कारण बजेट आउन नसकेको जानकारी गराएका थिए।

भेटवार्ताका क्रममा नेकपा एमालेका केही सक्रिय नेताहरु समेत सहभागी रहेको जनाइएको छ । 

पूर्वराष्ट्रपति भण्डारीले केही समयअघिबाट मात्रै एमालेमा सक्रिय राजनीति फर्किएको घोषणा गरेकी थिइन् । उनले पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सेवा–सुविधा पनि त्याग गरिसकेकी छन्। त्यसपश्चात उनको राजनीतिक भेटघाटहरु बढ्दै गएका छन्।

भण्डारी र बालेनबीचको चिनजान पुरानै हो। राष्ट्रपति हुँदा भण्डारीले अघि सारेको ‘चुरे–तराई संरक्षण कार्यक्रम’ अन्तर्गतको एक परियोजनामा बालेन विज्ञका रुपमा संलग्न रहेको पृष्ठभूमिमा यी दुईबीच सम्बन्ध रहँदै आएको बताइएको छ।

यतिबेला एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मेयर शाहबीचको सम्बन्ध चिसिएको चर्चा चलिरहेका बेला, एमालेमै फर्किएकी भण्डारीसँगको भेटले थप राजनीतिक संकेतहरू दिएको एमाले निकटस्थहरु बताउँछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै