नेभिगेशन
समाज

‘कुलिङ अफ पिरियड’ हेरफेर प्रकरण: छानबिन समितिको पहिलो बैठक आज बस्दै

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’सम्बन्धी हेरफेरको छानबिन गर्न गठित संसदीय विशेष समितिको पहिलो बैठक आज मंगलबार बस्दैछ।

बैठक दिउँसो १२ बजे संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा सभामुख देवराज घिमिरेको उपस्थितिमा सुरु हुने संसद् सचिवालयले जनाएको छ।

CG

राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत पास भएको विधेयकको प्रतिवेदनमा उल्लेख नभएको ‘बाहेक’ शब्द प्रतिनिधिसभाबाट पारित प्रतिवेदनमा घुसाइएको पाइएपछि विवाद चर्किएको थियो। सोही विषयमा छानबिन गर्न सभामुख घिमिरेको प्रस्तावमा सोमबार सात सदस्यीय विशेष संसदीय समिति गठन गरिएको हो।

कांग्रेस सांसद जीवन परियार संयोजक रहेको समितिमा नेपाली कांग्रेसबाट सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की सदस्य छन्।

समितिलाई २१ दिनभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ। कार्यादेशअनुसार समितिले विधेयक हेरफेरमा संलग्न पक्ष पहिचान गरी कारबाही सिफारिस गर्नेछ, साथै यस्ता घटना दोहोरिन नदिन सुझाव पनि प्रस्तुत गर्नुपर्नेछ।

यसैबीच, समितिमा हेरफेरको संदेह देखिएको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले छानबिन प्रतिवेदन नआएसम्म आफू कुनै कामकारबाहीमा संलग्न नहुने बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...

भर्खरै