नेभिगेशन
मुख्य समाचार

सेतो कोटसहित डाक्टरहरू सडकमा, आकस्मिकबाहेक सेवा ठप्प–बिरामीको बिचल्ली (तस्बिरहरु)

काठमाडौं । उपभोक्ता अदालतको निर्णयविरुद्ध नेपाल चिकित्सक संघको आह्वानमा डाक्टरहरू आन्दोलनमा उत्रिएपछि देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प भएका छन्।

संघले उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा हस्तक्षेप गरेको भन्दै उक्त आदेशप्रति असहमति जनाउँदै आन्दोलनको घोषणा गरेको हो। संघको नेतृत्वमा चिकित्सकहरू सोमबारदेखि आकस्मिकबाहेक सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएका हुन्।

CG

आज (मंगलबार) काठमाडौंको माइतीघर मण्डलामा सेतो कोट लगाएका चिकित्सकहरू र्यालीसहित सडकमा उत्रिए। उनीहरूले बिजुली बजारसम्म प्रदर्शन गर्दै उपभोक्ता संरक्षण ऐन संशोधनको माग राखे।

संघले असार १७ गतेदेखि देशभरका चिकित्सकहरूलाई कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको थियो। तर, सोमबारदेखि आन्दोलन थप चर्काउँदै आकस्मिकबाहेक सबै सेवा ठप्प गरिएको हो।

आन्दोलनका कारण स्वास्थ्य संस्थामा आएका सर्वसाधारण बिरामीहरू ठूलो समस्यामा परेका छन्। ओपीडी सेवा बन्द हुँदा टाढाटाढाबाट आएका बिरामी अन्यौलमा परेका छन् भने कतिपय फर्किन बाध्य भएका छन्।

संघको प्रमुख माग उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २ मा रहेको ‘स्वास्थ्य सेवा’ सम्बन्धी व्यवस्था हटाउनुपर्ने हो। चिकित्सक संघले स्वास्थ्य सेवा उपभोक्ता ऐनअन्तर्गत राख्दा चिकित्सकहरू अपराधी सरह व्यवहारको शिकार हुनुपर्ने अवस्था आउने बताउँदै आएको छ । 

संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले नेपाल मेडिकल काउन्सिल ऐन, २०२० बमोजिम चिकित्सकीय अभ्यास नियमन गर्ने एकमात्र अधिकार काउन्सिलको रहेको बताउँदै अदालतले त्यसमा हस्तक्षेप गरेकाले चिकित्सकहरू काममा फर्कन नसकेको बताए।

“राज्यले हाम्रो माग सुन्ने संकेत देखाएको छैन,” डा. कार्कीले भने, “यही अवस्था रह्यो भने हामी आफ्ना लाइसेन्ससमेत सम्बन्धित निकायमा बुझाउन तयार छौँ।”

संघले स्वास्थ्य क्षेत्रलाई सेवा नभई ‘उद्योग’ बनाउने प्रयास भइरहेको आरोपसमेत लगाएको छ।

doctor's-protest-1751965569.jpg

doctor's-protest-11-1751965567.jpg

doctor's-protest-12-1751965567.jpg

doctor's-protest-9-1751965565.jpg

doctor's-protest-10-1751965565.jpg

doctor's-protest-8-1751965563.jpg

doctor's-protest-5-1751965561.jpg

doctor's-protest-6-1751965561.jpg

doctor's-protest-3-1751965560.jpg

doctor's-protest-4-1751965560.jpg

doctor's-protest-3-1751965553.jpg

doctor's-protest-4-1751965553.jpg

doctor's-protest-1-1751965551.jpg

doctor's-protest-2-1751965551.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिम्ब तस्करी गर्ने होप फर्टिलिटीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

डिम्ब तस्करी गर्ने होप फर्टिलिटीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

१० हजार रुपैयाँको प्रलोभन देखाई नाबालिग किशोरीको डिम्ब निकालेर लाखौँमा बेच्ने गरेको होप फर्टिलिए एण्ड डाइग्नोष्टिक प्रा.लि.लाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च तथा महान्यायाधिवक्ताको कार्यालयले समेत मुद्दा...
७७ प्रतिशत एचआइभी सङ्क्रमित मात्रै उपचारको दायरामा

७७ प्रतिशत एचआइभी सङ्क्रमित मात्रै उपचारको दायरामा

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हरेक दिन एक दशमलव सात जना व्यक्तिमा एचआइभी सङ्क्रमण पुष्टि भएको छ ।
जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

दुई चरणमा गरेर घाइतेहरूको वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं सहायक प्रवक्ता मुक्तिराम रिजालले जानकारी दिए ।
सुत्केरी हुनेभन्दा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या धेरै

सुत्केरी हुनेभन्दा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या धेरै

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले भने, “ बेनी प्रादेशिक अस्पतालमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक सय ७७  सुत्केरी भए । सोही अवधिमा एक सय ९१  ...