नेभिगेशन
समाज

बाढीको क्षति निरिक्षण गर्न रसुवातर्फ लागे प्रधानमन्त्री र गृहमन्त्रीसहितको टोली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्चस्तरीय सरकारी टोली रसुवातर्फ प्रस्थान गरेको छ। लेन्दे खोलामा आएको बाढीले पुर्‍याएको क्षतिको स्थलगत अवलोकनका लागि प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक लगायतका अधिकारीहरू मंगलबार दिउँसो काठमाडौँबाट रसुवातर्फ प्रस्थान गरेका हुन्।

रसुवामा भएको जनधनको क्षति गम्भीर भएको भन्दै गृहमन्त्री लेखकले पहिले स्थलगत निरीक्षण गरिने र त्यसपछि केन्द्रमा फर्किएर आवश्यक निर्णय लिइने जानकारी दिएका छन्।

CG

रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण नेपाल–चीन नाका जोड्ने मितेरी पुल पूर्णरूपमा बगाइसकेको छ भने १८ जना अझै बेपत्ता छन्। बाढीले भन्सार यार्ड र आसपासका संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ।

सरकारी टोलीले प्रभावित क्षेत्रको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएर राहत, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणका विषयमा निर्णय गर्ने जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...

भर्खरै