नेभिगेशन
मुख्य समाचार

वाम एकाताका लागि विद्या भण्डारी राजनीतिमा फर्कीनु सकारात्मक : झलनाथ खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले वामपथी एकताका लागि पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको राजनीतिमा फर्कन खोजेको भए सकारात्मक कुरा भएको बताएका छन् ।

चीन भ्रमण सकेर स्वदेश फर्किएपछि शनिबार आफ्नै निवास डल्लुमा सञ्चारकर्मीसंग कुरा गर्दै खनालले नेपालमा सबभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले नै भएकाले वामपथी एकताका लागि पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्कन खोजेको भए सकारात्मक कुरा भएको बताएका हुन् । 

उनले एमालेको एउटा समूहले अरु सबैलाई एकताबद्ध गर्न नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको बताए । उनले एमालेले वामपन्थी एकता गरौं भनेर चाहने हो भने ठूलो मात्राको झैं वामपन्थी एकता हुन सक्ने सम्भावना रहेको धारणा राखे  । खनालले कम्युनिष्टलाई एकतावद्ध गर्न बामदेव गौतम आफ्नो पार्टीमा आउन लागेको भए स्वागत गर्न तयार रहेको जिकिर गरे । त्यस्तै उनले पार्टी अध्यक्ष माधव नेपालमाथि परेको मुद्दा नेपालकै इतिहासमा नै नयाँ कुरा भएकाले तीन करोड नेपालीको सरोकारको बिषय भएको बताए । यसमा बिभिन्न रुपमा हुने टिकाटिप्पणीलाई स्वभाविक रुपमा लिनुपर्ने भन्दै खनालले अदालतले गर्ने निर्णयलाई सवैले स्वीकार गर्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले अहिले ठूला दुई दल मिलेर बनेको सरकार सवैभन्दा असक्षम देखिएकाले सिंगो देश सन्तुष्ट नरहेको बताए ।

त्यस्तै उनले रवि लामिछाने राज्यले ज्यादती गरिरहेको टिप्पणी गरे । खनाल ५ दिने चीन भ्रमण सकेर शुक्रबारराती स्वदेश फर्किएका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
छिन्न-भिन्न जेनजी, भिन्न-भिन्न पार्टी

छिन्न-भिन्न जेनजी, भिन्न-भिन्न पार्टी

स्वभाविक हो, भ्रष्टाचारविरुद्ध, सामाजिक सञ्जाल बन्दका विरुद्धमा एउटा पुस्ताले गरेको आन्दोलनपछि सबै एकै ठाउँमा आउनै पर्छ, सबैको विचार उस्तै हुनुपर्छ, भावना मिल्नु पर्छ भन्ने हुँदैन । तर आन्दोलन...
यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

उक्त पार्टी मन्त्री कुलमान घिसिङले खाेलेको दाबी गरिएपनि उनको नाममा भने कतै उल्लेख छैन ।
विदेशमा भएका नेपालीलाई मतदाता नामावली दर्ताको व्यवस्था मिलाउन रास्वपाको माग

विदेशमा भएका नेपालीलाई मतदाता नामावली दर्ताको व्यवस्था मिलाउन रास्वपाको माग

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न पुगेका रास्वपाका नेताहरुले  मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न तथा विदेशमा रहेका नेपालीलाई समेत नामावली दर्ताको व्यवस्था...
हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता रामहरी शर्माका अनुसार भट्टचनलाई हिरासतमा राख्नु पर्ने अवस्था नदेखिएपछि तारिखमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको हो ।