नेभिगेशन
मुख्य समाचार

तीन नेताको तस्बिर राख्दै बाबुरामले भनेः यी तीन जसले जति पटक नेतृत्व गरेपनि कुनै माखो मर्दैन

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले देशका प्रमुख तीन दलविरुद्ध आक्रोश पोखेका छन्। 

आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सँगै रहेको तस्बिर सामाजिक सञ्जालमा राख्दै उनीहरूले देशका गम्भीर संरचनात्मक समस्या समाधानमा कुनै माखो मार्न नसकेको टिप्पणी गरेका हुन्। 

उनले लेखेका छन्ः 
‘संसद्‌का दुई ठूला दल मिलेर बनेको सरकारको गत एक वर्षको सबभन्दा ठूलो उपलब्धि भनेको अब पुराना दलहरूले जतिपटक जोसुकैको नेतृत्वमा सरकार चलाए पनि उनीहरूबाट देश र जनताका गम्भीर संरचनात्क समस्याहरू (संस्थागत भ्रष्टाचार, बेरोजगारी, अल्पविकास, परनिर्भरता, पर्यावरण विनाश आदि) हल हुनै सक्दैनन् भन्ने कुरा आम जनताले बुझ्ने गरी व्यवहारमै प्रमाणित गरिदिनु हो’, उनले लेखेका छन्, ‘तेस्रो ठूलो दलका एकल सुप्रिमोले पटकपटक च्याँखे थापेर सरकारको नेतृत्व गरे पनि यी गम्भीर संरचनात्मक समस्याहरूको समाधानमा कुनै माखो मार्न नसकेको पहिल्यै देखिसकिएकै हो। यो स्थितिमा अब नेपाली इतिहासको कोर्टको बल नयाँ र वैकल्पिक शक्तिहरूको हातमा ढिलो-छिटो आउने निश्चितै छ। उनीहरूले त्यसको गम्भीर तयारी कसरी गर्छन् वा गर्नुपर्छरु आगामी दिनको राजनीतिक विमर्श अब त्यता सोझिनुपर्छ। सबैले आआफ्नो छातीमा हात राखेर मम भन्ने कि ? 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
छिन्न-भिन्न जेनजी, भिन्न-भिन्न पार्टी

छिन्न-भिन्न जेनजी, भिन्न-भिन्न पार्टी

स्वभाविक हो, भ्रष्टाचारविरुद्ध, सामाजिक सञ्जाल बन्दका विरुद्धमा एउटा पुस्ताले गरेको आन्दोलनपछि सबै एकै ठाउँमा आउनै पर्छ, सबैको विचार उस्तै हुनुपर्छ, भावना मिल्नु पर्छ भन्ने हुँदैन । तर आन्दोलन...
यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

उक्त पार्टी मन्त्री कुलमान घिसिङले खाेलेको दाबी गरिएपनि उनको नाममा भने कतै उल्लेख छैन ।
विदेशमा भएका नेपालीलाई मतदाता नामावली दर्ताको व्यवस्था मिलाउन रास्वपाको माग

विदेशमा भएका नेपालीलाई मतदाता नामावली दर्ताको व्यवस्था मिलाउन रास्वपाको माग

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न पुगेका रास्वपाका नेताहरुले  मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न तथा विदेशमा रहेका नेपालीलाई समेत नामावली दर्ताको व्यवस्था...
हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता रामहरी शर्माका अनुसार भट्टचनलाई हिरासतमा राख्नु पर्ने अवस्था नदेखिएपछि तारिखमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको हो ।