नेभिगेशन
समाज

राप्रपामा रडाको : आफै पार्टी छोडेको घोषणा गरेका नवराज सुवेदी पार्टीमा भुमिका खोज्दै निर्वाचन आयोग पुगे

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र अनुशासन समितिको नेतृत्व हेरफेरसँगै चर्कीएको विवाद निर्वाचन आयोगसम्म पुगेको छ। गत चैत ४ गते पार्टीको साधारण सदस्य समेत नरहेको घोषणा गर्दै नवराज सुवेदीले पार्टी छोडेपछि अनुशासन समितिको संयोजक पद पनि खाली भएको थियो । उक्त पदमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले रोशन कार्कीलाई नियुक्त गरेपछि असन्तुष्ट बनेका सुवेदी नेतृत्वको इतर समूहले निर्वाचन आयोगमा उजुरी दिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशमशेर राणा लगायत नेताहरूको नवराज सुवेदी सहित उजुरी बोकेर  आइतबार आयोगमा पुगेका हुन् । उनीहरूले अध्यक्ष लिङ्देनको पछिल्लो निर्णयहरूलाई ूविधानविपरीत र स्वेच्छाचारीू ठहर भएको दाबी गरेका छन् । 

Ncell
Extreme Energy

संस्थापन पक्षले भने सुवेदीले स्वेच्छाले पार्टी परित्याग गरिसकेकाले उनलाई हटाउनु स्वाभाविक भएको दाबी गरेको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार सुवेदीले चैत ४ गते सार्वजनिक रूपमा राप्रपा छाडेको घोषणासहितको भिडिओ समेत सार्वजनिक गरिसकेकाले पार्टीले छुट्टै राजीनामा माग्ने अवस्था नरहेको हो।

तर सुवेदीले आफूलाई कुनै प्रक्रिया नपुर्याई हटाइएको भन्दै आपत्ति जनाउँदै आएका छन्। उनले फेरि राप्रपामै सक्रिय हुन चाहेको संकेत दिए पनि संस्थापन पक्ष त्यसप्रति सकारात्मक देखिएको छैन।

पार्टीभित्र गहिरिँदै गएको विवादले महाधिवेशन अघि नेताबीचको दूरी बढाएको देखिएको छ। अबको दिनमा विवाद थप चर्किने संकेत देखिन थालेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दैछन् ?

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दैछन् ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार सहमहामन्त्रीका लागि विभिन्न समूहबाट उम्मेदवारी परेको छ।
आज कहाँ कहाँ हुँदैछ भारी वर्षा ?

आज कहाँ कहाँ हुँदैछ भारी वर्षा ?

आज देशको हिमाली भू-भागको थोरै स्थानमा र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक, यस्तो छ सूची

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक, यस्तो छ सूची

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक भएको छ।
प्रधानमन्त्रीले राष्ट्रसंघमा गरेको सम्बोधनको रुसले गर्‍यो प्रशंसा

प्रधानमन्त्रीले राष्ट्रसंघमा गरेको सम्बोधनको रुसले गर्‍यो प्रशंसा

रुसले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा दिएको सम्बोधनको प्रशंसा गरेको छ ।