नेभिगेशन
मुख्य समाचार

राप्रपामा रडाको : आफै पार्टी छोडेको घोषणा गरेका नवराज सुवेदी पार्टीमा भुमिका खोज्दै निर्वाचन आयोग पुगे

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र अनुशासन समितिको नेतृत्व हेरफेरसँगै चर्कीएको विवाद निर्वाचन आयोगसम्म पुगेको छ। गत चैत ४ गते पार्टीको साधारण सदस्य समेत नरहेको घोषणा गर्दै नवराज सुवेदीले पार्टी छोडेपछि अनुशासन समितिको संयोजक पद पनि खाली भएको थियो । उक्त पदमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले रोशन कार्कीलाई नियुक्त गरेपछि असन्तुष्ट बनेका सुवेदी नेतृत्वको इतर समूहले निर्वाचन आयोगमा उजुरी दिएको हो।

पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशमशेर राणा लगायत नेताहरूको नवराज सुवेदी सहित उजुरी बोकेर  आइतबार आयोगमा पुगेका हुन् । उनीहरूले अध्यक्ष लिङ्देनको पछिल्लो निर्णयहरूलाई ूविधानविपरीत र स्वेच्छाचारीू ठहर भएको दाबी गरेका छन् । 

City Express

संस्थापन पक्षले भने सुवेदीले स्वेच्छाले पार्टी परित्याग गरिसकेकाले उनलाई हटाउनु स्वाभाविक भएको दाबी गरेको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार सुवेदीले चैत ४ गते सार्वजनिक रूपमा राप्रपा छाडेको घोषणासहितको भिडिओ समेत सार्वजनिक गरिसकेकाले पार्टीले छुट्टै राजीनामा माग्ने अवस्था नरहेको हो।

तर सुवेदीले आफूलाई कुनै प्रक्रिया नपुर्याई हटाइएको भन्दै आपत्ति जनाउँदै आएका छन्। उनले फेरि राप्रपामै सक्रिय हुन चाहेको संकेत दिए पनि संस्थापन पक्ष त्यसप्रति सकारात्मक देखिएको छैन।

पार्टीभित्र गहिरिँदै गएको विवादले महाधिवेशन अघि नेताबीचको दूरी बढाएको देखिएको छ। अबको दिनमा विवाद थप चर्किने संकेत देखिन थालेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
लगातार नकारात्मक सर्किट लागेपछि शेयर कारोबार स्थगित

लगातार नकारात्मक सर्किट लागेपछि शेयर कारोबार स्थगित

कारोबार सुरु भएलगत्तै बजार ओरालो लाग्न थालेको थियो । बजार खुलेको दुई मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले ओरालो लागेको थियो । बजारमा छोटो समयमा नकारात्मक सर्किट लागेको थियो...
प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रिपूर्ण सम्बन्धको स्मरण गरेकी...
गणेशमान सिंहको २८औँ स्मृति दिवस, विविध कार्यक्रम गरी मनाइदै

गणेशमान सिंहको २८औँ स्मृति दिवस, विविध कार्यक्रम गरी मनाइदै

गणेशमान स्मृति दिवसका अवसरमा बिहीबार कांग्रेस नेता प्रकाशमान सिंह लगाएतले  शोभाभगवतीस्थित गणेशमानको सालिकमा माल्यार्पण गरेका थिए ।  सो अवसरमा कांग्रेस नेता सिंहले नेपालको परिवर्तनमा गणेशमान सिंहले खेल्नुभएको योगदानको...
जेनजी आन्दोलनका क्रममा ध्वस्त पारिएको नेकपा माओवादी केन्द्रका नेता नन्द किशोर पुनको निवास(तस्बिरहरु)

जेनजी आन्दोलनका क्रममा ध्वस्त पारिएको नेकपा माओवादी केन्द्रका नेता नन्द किशोर पुनको निवास(तस्बिरहरु)

तोडफोड र आगजनीबाट पुनको निवास, सवारी साधन लगायत अन्य सामानहरु पूर्ण रुपमा ध्वस्त भएको छ । उपराष्ट्रपतिको दुई कार्यकाल सकिए पश्चात उनी पार्टीमा पुन सक्रिय भएका थियो ।