नेभिगेशन
मुख्य समाचार

स्पेनको सेभिया केसले भिजिट भिसा प्रकरणमा हाम्रो अडानको औचित्य पुष्टि भएको छः रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरुले सदनमा उठाउँदै आएको भिजिट भिसा प्रकरण कति महत्वपुर्ण, सान्दर्भिक र ओचित्यपूर्ण छ भनेर स्पेनको सेभिया केसले पुष्टि भएको बताएको छ । आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले अझै पनि मानव तस्करहरु नडराएको बताएकी हुन् । 

‘हामीले उठाउँदै आएको विषय स्पेनको सेभियाको केसले झन् पुष्टि भएको छ । कति महत्वपुर्ण, सान्दर्भिक र ओचित्यपूर्ण छ भनेर । सबैभन्दा दुखको कुराचाहीँ सदनमा यत्रो आन्दोलन हुँदा पनि तस्कहरुलाए न डर छ, न भय छ, न संकोच । कसको संरक्षण, कसको अर्कमण्यताले यत्रो आँट मानब तस्करहरुमा पलाएको हो ?’ उनले प्रश्न गरिन् । 

CG

उनले सदनको गरिमा त निलो रिबनमा भन्दा यस्मा खोज्नुपर्ने भन्दै सभामुखको ध्यानाकर्षण गराइन् । उनले सरकराले अहिले भिजिट भिसाको अध्ययन गर्न बनाएको जस्तै समिति २०७८ मै बनेको त्यसको प्रतिवेदन मन्त्रालयमा धुलो खाईरहेको भन्दै संसदीय समिति वा उच्चस्तरी समितिको माग गरिन् । 

‘२०७८ फागुनमा बनेको भिजिट भिसा र सो बाट सिर्जित समस्या र समाधाको उपाएहरु सम्बन्धमा सिफरिस गर्न गठित कार्यदलको अध्ययन प्रतिवेदन जसमा अहिलेको जस्तो सहसचिवहरुको जम्बो टोली थियो, त्यो प्रतिवेदन गृह मन्त्रालयको कुन कुनामा धुलो बटुलेर बसेको छ ?’ उनले भनिन्,  ‘त्यसैले त हामीले संसदीय छानबिन समिति मागेका हौँ वा उच्चस्तरीय आयोग मागेका हौँ । फेरि पनि त्यस्तै कार्यदल बनाएर सरकारले कसको आँखामा छारो हालेको ? किन डराएका छैनन् तस्करहरु ? सेभियाको केसले त त्यही देखाउँछ  ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपराह्न प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली...
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

आयोगद्वारा जारी विज्ञप्तिमा गिरीले सन् १९८८ मा भारतको विहार स्कुल एक्जामिनेशन बोर्ड, पटनाबाट ‘एसएलसी’ उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको उल्लेख गरिएको छ...
पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र  सिडियो रिजालको स्थानहद फुकुवा

पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र सिडियो रिजालको स्थानहद फुकुवा

आयोगले एक विज्ञप्ति जारी गर्दै पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल र पूर्व प्रहरी प्रमुख चन्द्रकुवेर खापुङको स्थानहद फुकुवा गरिएको आयोगले जनाएको छ।
राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

जसमा पहिलो पटक प्रधानमन्त्री कार्की पनि सहभागी भएकी छिन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्कीले अहिलेसम्म देउवा, ओली र प्रचण्डसँग भेट गरेकी थिइनन्। यस...

भर्खरै