नेभिगेशन
समाज

स्पेनको सेभिया केसले भिजिट भिसा प्रकरणमा हाम्रो अडानको औचित्य पुष्टि भएको छः रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरुले सदनमा उठाउँदै आएको भिजिट भिसा प्रकरण कति महत्वपुर्ण, सान्दर्भिक र ओचित्यपूर्ण छ भनेर स्पेनको सेभिया केसले पुष्टि भएको बताएको छ । आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले अझै पनि मानव तस्करहरु नडराएको बताएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘हामीले उठाउँदै आएको विषय स्पेनको सेभियाको केसले झन् पुष्टि भएको छ । कति महत्वपुर्ण, सान्दर्भिक र ओचित्यपूर्ण छ भनेर । सबैभन्दा दुखको कुराचाहीँ सदनमा यत्रो आन्दोलन हुँदा पनि तस्कहरुलाए न डर छ, न भय छ, न संकोच । कसको संरक्षण, कसको अर्कमण्यताले यत्रो आँट मानब तस्करहरुमा पलाएको हो ?’ उनले प्रश्न गरिन् । 

Ncell
Extreme Energy

उनले सदनको गरिमा त निलो रिबनमा भन्दा यस्मा खोज्नुपर्ने भन्दै सभामुखको ध्यानाकर्षण गराइन् । उनले सरकराले अहिले भिजिट भिसाको अध्ययन गर्न बनाएको जस्तै समिति २०७८ मै बनेको त्यसको प्रतिवेदन मन्त्रालयमा धुलो खाईरहेको भन्दै संसदीय समिति वा उच्चस्तरी समितिको माग गरिन् । 

‘२०७८ फागुनमा बनेको भिजिट भिसा र सो बाट सिर्जित समस्या र समाधाको उपाएहरु सम्बन्धमा सिफरिस गर्न गठित कार्यदलको अध्ययन प्रतिवेदन जसमा अहिलेको जस्तो सहसचिवहरुको जम्बो टोली थियो, त्यो प्रतिवेदन गृह मन्त्रालयको कुन कुनामा धुलो बटुलेर बसेको छ ?’ उनले भनिन्,  ‘त्यसैले त हामीले संसदीय छानबिन समिति मागेका हौँ वा उच्चस्तरीय आयोग मागेका हौँ । फेरि पनि त्यस्तै कार्यदल बनाएर सरकारले कसको आँखामा छारो हालेको ? किन डराएका छैनन् तस्करहरु ? सेभियाको केसले त त्यही देखाउँछ  ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दैछन् ?

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दैछन् ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार सहमहामन्त्रीका लागि विभिन्न समूहबाट उम्मेदवारी परेको छ।
आज कहाँ कहाँ हुँदैछ भारी वर्षा ?

आज कहाँ कहाँ हुँदैछ भारी वर्षा ?

आज देशको हिमाली भू-भागको थोरै स्थानमा र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक, यस्तो छ सूची

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक, यस्तो छ सूची

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक भएको छ।
प्रधानमन्त्रीले राष्ट्रसंघमा गरेको सम्बोधनको रुसले गर्‍यो प्रशंसा

प्रधानमन्त्रीले राष्ट्रसंघमा गरेको सम्बोधनको रुसले गर्‍यो प्रशंसा

रुसले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा दिएको सम्बोधनको प्रशंसा गरेको छ ।