काठमाडौँ । अदालतको फैसला कार्यन्वयन गर्न घुस मागेको अडियो सार्वजनिक भएपछि पदच्यूद भएका तत्कालिन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र उनलाई घुस दिन बिचौलियाको भुमिका निर्वाह गर्ने पूर्व भुमिसुधार मन्त्री रञ्जिता श्रेष्ठको अख्तियारमा बयान भएको छ ।
Watch On
मन्त्री क्वाटरमै घुस लेनदेन भएको सुनिने अडियो सिधाकुराले असार २७ गते सार्वजनिक गरेको थियो ।
अडियोमा पोखराको बाटुलेचौरमा रहेको लिची बैगैँचाको १३५ रोपनी निजी जग्गा अदालतको आदेशअनुसार दुुर्गादेवी शाहको परिवारका सदस्यका नाममा दर्ता कायम गर्ने प्रयोजनका लागि ५३ लाख रुपैयाँ घुसको डील भएको थियो ।
यस्तै,कास्की जिल्लाको भूमी आयोगको अध्यक्ष नियुक्त गर्न पनि २५ लाख रुपैयाँ डिल भएको अडियोमा उल्लेख थियो । जग्गामा हक कायम हुनुपर्ने शाहका नातीका मित साइनो पर्ने एक व्यक्तिसँग रञ्जिता श्रेष्ठमार्फत मन्त्री गुप्ताले घुसको डिल गरेका थिए ।
सिधाकुराले प्रसारण गरेको अडियो सुरुमा आफ्नो भएको स्वीकार गरेका निवर्तमान मन्त्री गुप्ताले त्यसपछि भने सार्वजनिक रुपमा आफ्नो अडियो होइन भनी जिकिर गर्दै आएका थिए । तर, अडियो सार्वजनिक भएसंगै चौतर्फी आलोचना भएपछि उनले ३१ असारमा मन्त्रीपदबाट राजिनामा दिए ।
असार १० मै अडियोसहित उजुरी परे पनि अख्तियार अनुुसन्धानमा हच्किएको थियो । तर,संसद देखि सडकसम्म आलोचना पछि मन्त्री गुप्ताको राजिनामा आयो र अडियोमा जोडिएका सबैमाथि विस्तृत अनुुसन्धान सुुरु भएको हो ।
घुस काण्डको पृष्ठभूमी
हाल अरु नै व्यक्तिको भोग चलन गरिरहेको कास्कीको पोखरास्थित बाटुुलेचौरको जग्गा अदालतको आदेशबाट स्थानीय दुर्गादेवी शाहको परिवारका सदस्यको नाममा हक कायम हुनुुपर्ने थियो ।
तत्कालिन जिल्ला अदालतबाट शाहको नाममा लैजान भएको फैसला उपर २०३९ सालमा पुुनरावेदन भए पनि फैसला शाहकै पक्षमा भएको थियो । तर, शाहको मृत्यु भइसकेका कारण उनको तेस्रो पुस्ताको रुपमा रहेका नातीहरु सुरज र भिमसेन शाह जग्गाका हकदार थिए । पटक पटक ताकेता गर्दा पनि जिल्ला मालपोत र नापी कार्यालयले अदालतले आदेश अनुसार हकदारको नाममा जग्गा नामसारी गर्न मानिरहेका थिएन ।
केही गर्दा पनि जग्गा आफ्नो नभएपछि नातामा मित पर्ने एक व्यवसायीलाई समातेर शाह परिवारले राजनीतिक पावर लगाएर जग्गा नामसारी गर्न प्रयास गरेको थियो । तर,यसैका लागि मन्त्री गुुप्ताले अनुकुलका कर्मचारी पठाउने विषयमा घुसको डिल गरेका थिए ।
यसरी भइरहेको छ अख्तियारको बिस्तृत अनुुसन्धान ?
असार १० मा परेको उजुरीका आधारमा अख्तियारले प्रकरणमा जोडिएका सबैलाई पालै पालो बोलाएर भ्वाइस टेस्ट र बयान गरिरहेको छ । स्रोतकाअनुसार एक साता अघि नै घुुस रेकर्डमा संलग्न स्रोतसँग सबै प्रमाण अख्तियारले रेकर्ड गराएको छ ।
सोही आधारमा मंगलबार घुस प्रकरणपछि राजिनामा दिएका निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको भ्वाइस टेष्ट गराएको छ भने बयान समेत लिएको छ । बयानका लागि गुप्ताले अख्तियारमा झण्डै २ घण्टा बिताएको अख्तियार स्रोतले बतायो ।
यस्तै,घुस प्रकरणमा बिचौलियाको भूमिका निभाएकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवम् पूर्वभूमीसुधार मन्त्री रञ्जिता श्रेष्ठसँग पनि बुधबार बयान लिएको छ । रञ्जितासँग सार्वजनिक भएको अडियो र घटनासंग सम्बिन्धित रहेर बयान र भ्वोइस टेष्ट गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारकाअनुसार यो प्रकरणमा जोडिएका कर्मचारी, अन्य व्यक्ति र सबै मानिसलाई पत्राचार गरेर दिन नै तोकेर बयानका लागि बोलाइएको छ । साथै अख्तियारको आफ्नै संयन्त्रमार्फत घुस प्रकरणको अडियोको फरेन्सिक जाँज गरिएको छ भने प्रहरीको विधिविज्ञान प्रयोगशालामा पनि परिक्षण गराई सकिएको छ ।
मन्त्रीले पोलेका अर्का मन्त्रीमाथि के हुुन्छ ?
घुस प्रकरणको अडियोमा बहालवाला सामान्य प्रशासन मन्त्री राजकुमार गुुप्ताले सोही प्रकरणमा भूमी सुधार मन्त्री बलराम अधिकारीलाई पनि पोलेका थिए ।
सार्वजनिक भएको अडियोमा बलरामले पैसा खाइसकेको मन्त्री गुप्ताले भनेका छन् । तर, बलराम अधिकारीमाथि कुुनै अनुसन्धान भएको छैन् । जब की मन्त्री अधिकारीले पत्रकार सम्मेलनमा आफूले घुस दिन आउने मानिसलाई मन्त्रालयमा भेटेको स्वीकार गरेका थिए ।
तर, भूमी सुधार मन्त्री बलराम अधिकारी फेरी पनि आफूले घुस नलिएको दाबी गर्न भने छोड्दैनन । अचम्मको कुरा त के छ भने घुस दिएको अर्का मन्त्रीले राजिनामा दिएर अनुसन्धानमा तानिदाँ र घुुस दिनेले दिएको बताईरहँदा पनि भूमी सुधारमन्त्रीले नैतिकता देखाएका छैनन् । अझ उल्टै संसदको रोष्टमबाटै जुन औलामा विष लाग्यो तेही औँला झर्ने भन्दै लाज पचाइरहेका छन् ।
स्रोतका अनुसार अख्तियार लिएको बयानमा यो घटनासँग जोडिएका व्यक्तीहरुले भूमी सुधार मन्त्री अधिकारीसँग भएका घटनाका समेत विवरण टिपाएका छन् । साथै उनीसँग सम्बन्धीत थप प्रमाण अख्तियारलाई बुझाएका छन् ।
तर, अख्तियारले बलराम अधिकारीमाथि छानबिन गर्ने आँट गर्छकी गर्दैन भन्नेमा जग्गा विवादमा जोडिएका अन्य व्यक्तीहरुनै शंसकित छन् । किनकी उनी प्रधानमन्त्री केपी शर्मा ओलीकै क्याबिनेटका मन्त्री हुन्, जसलाई प्रधानमन्त्री ओलीले जोगाइरहका छन् ।
अहिले बाहिरिएकै विवरणले मात्रै पनि अख्तियारले बयान गराउन सक्ने अवस्था भएपनि मन्त्रीकै रुपमा अख्तियारमा बयानका लागि बोलाउने की नबोलाउने भन्नेमा छलफल भैरहेको जनाइएको छ ।
घुसको डिल गरको अडियो सार्वजनिक भएपछि राजिनामा गरेर बयानका लागि अख्तियारको कठघरमा पुगेका निवर्तमान मन्त्री राजकुमार गुप्ताले नै बहालवाला अर्का मन्त्री अधिकारीका बारेमा धेरै कुरा खुलाएका छन् ।
अब आरोप लागेको एउटा मन्त्री अख्यितारका कठघरामा, घटनामा जोडिएकी पूर्वमन्त्री पनि अनुसन्धानको घेरामा पर्दा त्यही समुहले पैसा खाएको, भेटेको भनेका अर्का वहाला मन्त्री भने मन्त्रीको झण्डा हल्लाउँदै सिंहदरबार र बालुवाटार गर्नुले सुशासनको धज्जी उडाएको छ ।
आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...बिहीबार, असोज २२, २०८३
संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।बिहीबार, असोज २२, २०८३
प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...बिहीबार, असोज २२, २०८३