नेभिगेशन
मुख्य समाचार

एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी निर्वाचित

बेलायत । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बेलायतको अध्यक्ष पदमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन्। गए राति  सम्पन्न मतगणना अनुसार उनले प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गरेका हुन् ।

पुडासैनीले एक हजार ४८२ मत प्राप्त गरेर अध्यक्ष पदमा विजयी भए भने अध्यक्ष पदका अर्का उम्मेदवार  खरेलले नौ सय ७७ र खत्रीले चार सय ९६ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा उज्ज्वल कार्की, डा रक्षा थापा र रामप्रसाद कँडेल, महासचिवमा दिवाकर पाण्डे, खुला सचिवमा डिएन खराल र कृष्ण देवकोटाले विजयी भएका छन्  ।  सदस्यमा विष्णु खरेल र छविलाल अर्याल, इङ्ग्ल्याण्ड राज्य परिषद् अध्यक्षपदमा राममाया विष्ट थापा विजयी भएका छन् ।

CG

नवनिर्वाचित अध्यक्ष पुडासैनीले संस्थालाई महसुस गर्न सकिने, खोज्दा भेटिने र देखिने बनाउनु आफ्नो मुख्य लक्ष्य रहेको बताए । उनले भने, “तल्लो तहसम्म पुग्ने अभियान हामीले आजैदेखि सुरुआत गरेका छाँै । हामी जहाँ भए पनि नेपाली भएर बाँच्न परोस्, नेपालको राष्ट्रिय गीतले भनेझै सबै नेपाली एउटै सयौँ थुँगा फूलका एउटै माला बनेर एक हुन सक्नुपर्छ ।” सबै बेलायतवासी नेपालीलाई एकताबद्ध गर्ने आफ्नो पहिलो कार्ययोजना भएको बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

“बिहीबारसम्म त कति राम्रो मौसम थियो, शुक्रबार एक्कासी डम्म हुस्सुले ढाक्यो, त्यसयता जाडो निकै बढ्यो”, गौशाला–१० बटौवा बस्तीका ७० वर्षीय लक्ष्मीप्रसाद कुशवाहा भन्छन्, “यो बढ्दो चिसोले अब धेरै...
डोरीमा बाँधिएर जीवन बिताउन बाध्य २६ वर्षीय झलक विक

डोरीमा बाँधिएर जीवन बिताउन बाध्य २६ वर्षीय झलक विक

उनी आफ्नो शरिरलाई आफैँ नियन्त्रण गर्न सक्दैनन् ।  घिस्रिएर अर्को स्थानमा पुग्न बाध्य छन् । सौच लगाएकै कपडामा हुन्छ ।
आज सुनको मूल्य सुन प्रतितोला दुई लाख ५८ हजार ३०० कायम

आज सुनको मूल्य सुन प्रतितोला दुई लाख ५८ हजार ३०० कायम

गत मङ्गलबार रु दुई  लाख ५९ हजार, बुधबार दुई लाख ५९ हजार ७००, बिहीबार दुई लाख ६० हजार ४०० सय कायम भएको थियो
भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको  जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो ।