नेभिगेशन
सबै कुरा

‘विमानस्थल भन्सारबाट तस्करीको सुन जाँचपास हुनुमा प्रमुख भन्सार प्रशासक दोषी हुन्नन्’– पोखरेल

९ भदौ, काठमाडौं । त्रिुभवन विमानस्थल भन्सार कार्यालयका तात्कालिन प्रमुख अरुण पोखरेललले ९ किलो सुन (इलेक्ट्रिक सिगरेट) प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई पत्र लेखेका थिए । उनकै पत्रका आधारमा जाहेरी दर्ता भएको थियो ।

जाहेरीपछि पोखरेलले सीआईबीमा घटना विवरण कागज गराएलगत्तै २ महिना लामो विदा स्वीकृत गराएर विमानस्थल भन्सारबाट बाहिरिए । उनी बाहिरिएको १५ दिनपछि विमानस्थल भन्सार बाहिरबाट १५५ किलो सुन सहितको ‘ब्रेक शु’ बरामद भएको थियो । (गालेर जोख्दा ६० किलो सुन) ।

Dish Home
Global Ime Bank

उक्त सुन आयातकर्ता रेडी टे«डर्सले उनै पोखरेल कार्यालय प्रमुख भएको समयमा २३ पटकसम्म सामान भित्र्याएको छ । जसमध्ये ११ पटक ‘बेक्र शु’ मात्रै ल्याएको छ भने ११ पटक दारी काट्ने मेसिन र १ पटक पानी तान्ने मोटर ल्याएको छ । 

जसमध्ये राजश्व अनुसन्धान विभागले टोखा फ्याक्ट्रीमा छापा मार्दा रेडी टेड्रर्सले सुन सहित भित्र्यााएको मोटर भेटिएको थियो भने सोह्रखुट्टेस्थित गोदाममा छापा मार्दा सुन निकालिएको ‘ब्रेक शु भेटिएको थियो ।

तिनै वस्तुको भन्सार जाँचपास गराउने कार्यालयका नेतृत्व गरेका तत्कालिन विमानस्थल भन्सार प्रमुख अरुण पोखरेल लामो समया बेपत्ता रहे । 


सुन तस्करीमा शंकास्पद विमानस्थल भन्सार प्रमुख कहाँ छन् ? अर्थमन्त्रालयकै संरक्षण !

शुक्रबार उनको शंकास्पद भुमिकाबारे सिधाकुरामा समाचार प्रकाशित भएपछि भने उनी हाम्रो सम्पर्कमा आए । सुन तस्करी प्रकरणमा पहिलो पटक सिधाकुरासँग बोलेका उनले आफूलाई सुन तस्करी भएको विषय पत्तै नभएको दावी गरे ।

तर, उनी कार्यालय प्रमुख रहेको भन्सारको तालुकको निकाय भन्सार विभागले भने सुन तस्करीमा विमानस्थल भन्सारले गम्भिर लापवाही गरेको जनाएको छ । तर, पोखरेल यसलाई मान्न तयार देखिदैनन् । उल्टै उनले आफ्नै मातहतका तल्ला तहका कार्मचारीलाई दोष थोपरेका छन् । प्रस्ततु छ, उनीसँग गरिएको संवाद । 

 सन्चै हुुनुहुन्छ ?

 अहिले ठिकै छ, चितवनबाट फर्कदै छु । 

तपाईं त बिरामी बिदामा हुनुहुन्छ हैन ?

अहिले त ठिकै छ म स्वास्थ्यको विदा भन्दा घर विदा स्वीकृत गरेर हिँडेको हुँ, ब्याकपेनको समस्या त थियो, घरायसी पारिवारिक काम पनि भएकाले मैले घर विदा लिएको हुँ, अझै १७ गतेसम्म छ । मैले बिरामी बिदा लिएको होइन । (उनको विदा स्वीकृतका लागि सिफारिस गरेका भन्सार विभाग प्रमुख शोभाकान्त पौडेलले भने उनले चिकित्सकको प्रेस्कृप्सनसहित बिदा पेश गरेको बताएका थिए । )

तपाईंको विमानस्थल भन्सार कार्यालयबाट सरुवा भएको हो ?

हो, असार १७ पछि मेरो ठाँउमा निमित्त कार्यालय प्रमुख तोकर म अब आउँदिन भनेरै हिँडेको हुँ । 

 ९ किलो सुन प्रकरण (इलेक्ट्रिक सिगरेट)मा सीआईबीले सोधपुछ गरेलगत्तै बिदा बस्नु भयो नि किन ? 

 इलेक्ट्रिक भेप प्रकरण मैले नै उठान गरेको हुँ, अरुलाई थाहा नै थिएन । मेरै जाहेरीले मुद्दा दायर भएपछि म बिदा बसेँ । 

 तपाईं कार्यालय प्रमुख हुँदाकै समयमा ‘ब्रेक शु’ मा ६० किलो सुन भित्र्याएको रेडी टे«डर्सले ठूलो परिमाणमा ‘ब्रेक शु’, दारी काट्ने मेसिन भित्राएको रहेछ, ति सामान सुन आएको भन्ने तपाईंलाई जानकारी थिएन ?

 त्यस्तो कतैबाट केही सूचना आएको थिएन, जाँचपासको नियममित प्रक्रिया हुन्छ, त्यो हेर्ने भन्सार अधिकृतले हो । जाँचपासको काम भन्सार अधिकृतबाटै टुंगिन्छ, त्यो बेलासम्म त्यस्तो सूचना आएको थिएन । त्यो बाहेक अन्य सूचना आएको त मैले १९ किलो सुन नियन्त्रणमा लिएको थिएँ । दुबई, कतार, मलेसियाबाट आउनेहरुले सुविधा भन्दा बढी ल्याएका, शंकास्पद तरिकाले ल्याएको सुन हामीले संवेदनशिल भएर हे¥यौँ । 

त्यही त खाडीबाट आउनेहरुले ल्याउने गहनामा कडाई गर्नुभयो, तर तस्करीले ब्रेक शुमा ल्याउने सुनलाई भन्सार जाँचपास नै गरेर छोड्नु भयो ?

 हाम्रो संयन्त्रले संभव भएसम्म, दक्ष जनशक्ति, एक्सरे मेसिन लगाएतको क्षमताले भ्याएसम्म हेरेकै हो । ति सामानहरु सबै कानूनी प्रक्रिया पुरा गरेर आएका हुन्थे । तर कोही हाम्रो सिस्टममा खेलिदियो भने सबैमा समस्या देखिन्छ, त्यही नै भएको हो । 

तपाईं विमानस्थल भन्सार प्रमुख प्रशासक भएको समयमा रेडी टेड्रर्सले भित्र्याएका सामान पनि सुन तस्करी भएको देखिएको छ, यसको जिम्मेवार त तपाईं पनि हो नी ?

अहिलेसम्म सुन थियो भन्ने आशंका हो, सीआईबीले अनुसन्धान गरिरहेको छ, अनुसन्धानपछि कमजोरी कसको भन्ने देखिएला, त्यसपछि अनुसन्धानमा दोषी देखिए कारबाही गर्ने बाटो त रहन्छ नै । 

 तपाईं भन्सार कार्यालय प्रमुखको भुमिकामा रहेकाले जिम्मेवारी त तपाईंको पनि हो नी ?

भन्सारको व्यवस्था अनुसार जाँचपासको काम भन्सार प्रमुख प्रशासकले गर्दैन, भन्सार अधिकृतहरुले भन्सार जाँचपासको काम गर्छन्, भन्सार प्रमुखले त्यही रिपोर्टका आधारमा अनुगमन तथा निर्देशन गर्ने हो । र सक्दो भन्सार छली नहोस् भनेर सक्रियता देखाउने हो । 

तपाईं भन्सार प्रमुख हुँदा नै भन्सार जाँचपासमा बसेका तीन जना कर्मचारी सुन प्रकरणमा पक्राउ परे, यो त ३ जना कर्मचारीले मात्रै त गरेनन्, तहगत रुपमा त तपाईंपनि जिम्मेवार होला नी ?

 हैन, उनीहरुको भुमिका नै शंकास्पद देखिएको हो । एक्सरे मेसिनमा सुन जस्तो देखिएपछि पनि पास गराएकाले उनिहरुको भुमिका शंकास्पद भएको हो । तर त्यो कुरा मेरो लेवलमा रिर्पोटिङ नै हुँदैन । प्रमुख त प्रशासक न हो । 

रेडी टे«डर्सले यति धेरै सामान ल्याउँदा कुनै दिन उनीहरुको कारोबार, सामान शंकास्पद लागेन ?

 उनिहरुले गैरकानूनी सामान ल्याएका थिएनन् । ल्याएको सामान पनि एक्सरेमा शंकास्पद नदेखिएपछि र कुनै सूचना नभएपछि शंका गर्ने अवस्था नै आएन । 

६० किलो सुन प्रकरणमा विमानस्थल भन्सार कार्यालयको भुमिका बारे भन्सार विभागले पनि आन्तरिक छानबिन गरेको रहेछ, तपाईंलाई सोधपुछ भयो ?

उहाँहरुले छानबिन गर्नुभयो, म असार १७ अघि देखि नै कार्यालयमा छैन त्यसैले यो विषयमा सोधपुछ भएन । 

अन्त्यमा तपाईंलाई पूर्वअर्थमन्त्री जनार्दन शर्माले भन्सारमा पठाएका हुन् ?

मलाई ट्याग लगाउन खोजिएको हो, जनार्दन सरले मलाई झलक्क हेर्नुभयो भने  पनि चिन्नुहुन्न ।  


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation

भर्खरै