नेभिगेशन
मुख्य समाचार

सहोदर दाजुको हत्या गरी फरार युवक पक्राउ

सिराहा । पारिवारिक विवादका क्रममा दाजुको हत्या गरी फरार एक युवकलाई प्रहरीले भारततर्फ भाग्ने क्रममा सीमावर्ती गाउँबाट पक्राउ गरेको छ ।

सिराहा जिल्लाको गोलबजार नगरपालिका–१०, मुसहर्नियाका करिब २५ वर्षीय श्यामकुमार सदाले आफ्नै सहोदर दाजु ३५ वर्षीय मोतीराम सदाको धारिलो हतियार प्रयोग गरी गत बिहीबार साँझ हत्या गरेका थिए । 

City Express

प्रहरीका अनुसार मदिरा सेवन गरेर घर फर्किएका श्यामकुमारले श्रीमती कौशिला सदामाथि कुटपिट गर्न थालेपछि रोक्न आएका दाजु मोतीरामलाई श्यामकुमारले छातीमा धारिलो हतियारले प्रहार गरेका थिए । गम्भीर घाइते भएका मोतीरामलाई तत्काल छिमेकीले लहानस्थित प्रादेशिक अस्पताल पु¥याएको र उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

हत्यापछि फरार रहेका श्यामकुमारलाई प्रहरीले सिराहाको दक्षिणी सीमावर्ती क्षेत्र औरही गाउँपालिका–३, जमुवा नहरको बाटो हुँदै भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो । उक्त गाउँ भारत–नेपाल सीमाबाट करिब तीन किलोमिटरभित्र पर्छ ।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेका श्यामकुमार सदालाई आइतबार जिल्ला अदालत सिराहाबाट पाँच दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान थालिएको छ ।

प्रहरीले घटनामा प्रयोग गरिएको धारिलो हतियार बरामद गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा आरोपितले अपराध स्वीकार गरेको प्रहरी नायब उपरीक्षक पासवानले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

काठमाडौँ उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गरेका सञ्चारमन्त्री खरेलले बुधबार नयाँबसपार्क पगी सेवा शुभारम्भ गरेका हुन ।
जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिन रवि लामिछानेलाई सिंहदरवार ल्याइयो (तस्बिरहरु)

जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिन रवि लामिछानेलाई सिंहदरवार ल्याइयो (तस्बिरहरु)

आइतबार आयोगको टोलीले नख्खु कारागार अनुगमन गरेको थियो । सो क्रममा पनि आयोगका पदाधीकारीसँग रविको कुराकानी भएको थियो। सोही  दिन स्थलगत निरिक्षणपछि आयोगले नख्खुका जेलर सत्यराज जोशीसँग बयान...
टिपर दुर्घटनामा एक जनाको मृत्यु

टिपर दुर्घटनामा एक जनाको मृत्यु

बा५ ख ४०७२ नम्बरको टिपर हेलम्बु राजमार्गको सडकबाट ६० मिटर तल खसेर दुर्घटना हुँदा २८ वर्षीय चालक किसिम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।