नेभिगेशन
समाज

‘श्रम संसार’ पोर्टललाई थप सुधार र व्यवस्थित गरिदै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले एकीकृत श्रम व्यवस्थापन पोर्टल ‘श्रम संसार’ पोर्टललाई थप सुधार गरेर वैदेशिक रोजगारलाई व्यवस्थित गरिने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा श्रम संसार पोर्टलको थप सुधारका विषयमा जानकारी दिँदै मन्त्री भण्डारीले पोर्टलमा आपत्कालीन सहायताको व्यवस्थाबारे गरिने जानकारी दिएका हुन । श्रम संसार पोर्टलमा वैदेशिक रोजगारका क्रममा उद्घारको ‘मोड्युल’ को तयारीबारे जानकारी दिए ।  

Ncell
Extreme Energy

श्रम संसारमा कन्सुलर सेवासहित विस्तार गरिएकाले विदेशी भूमिमा नेपालीलाई थप सुविधा उपलब्ध भएको मन्त्री भण्डारीले बताए । “यस पोर्टलमा ‘च्याट बट’को  व्यवस्था गर्दैछौँ । प्रयोगलाई थप सरल र सहज बनाउनका लागि विकल्पका रूपमा प्रयोगकर्ताले बोलेर पनि सेवा लिन सक्नुहुनेछ”, उनले भने, “अहिले सामाजिक सञ्जालमा उद्घारका लागि याचना गरिरहनु भएकाले यस पोर्टलमा फोटो र भिडियो राख्नसक्नुहुन्छ । उहाँहरू कहाँ हुनुहुन्छ त्यस ठेगाना तुरुन्त पत्ता लगाउन सक्नेगरी यसमा सुधारको काम हुँदैछ ।” 

कार्यक्रममा मन्त्री भण्डारीले यस पोर्टलले बेरोजगार व्यक्तिलाई शिक्षा, सीप  तथा दक्षता अभिवृद्धिका लागि सहयोग गर्ने बताए । उनले एकीकृत श्रम व्यवस्थापन पोर्टल श्रम संसारले रोजगारदाता (व्यक्ति वा प्रष्ठिान) लाई श्रमिकसँग जोडनका साथै स्वरोजगारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार यसले स्वरोजगारलाई समेत प्रवर्द्धन गर्नेछ । 

सोही कार्यक्रममा मन्त्री भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बद्ध सेवाहरुलाई ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने गरी रणनीतिक कार्ययोजनाबारे समेत चर्चा गरेका थिए ।  

कार्यक्रममा    राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले आन्तरिक रोजगारको ‘रोडम्याप’ बनाउने काममा आयोग लागिपरेको बताए । उनले  ‘डिजिटल डिभाइट’बारे स्मरण गराउँदै पोर्टलको प्रयोग सबैले गर्नसक्ने बनाउनुपर्नेतर्फ पनि सचेत गराएका हुन ।  

यस पोर्टलमा अहिलेसम्म देशभरका ६८९ पालिका आबद्ध भएको मन्त्रालयले जनाएको छ । श्रम, रोजगार तथा सामाजिकसुरक्षा व्यवस्थापनका लागि डिजिटलाइजेसन कार्ययोजना (मस्यौदा) बारे मन्त्रीको श्रम विज्ञ सल्लाहाकार युवराज बस्नेतले चर्चा गरे । उनले पोर्टलमा स्वास्थ्य परीक्षण र अभिमुखीकरण, आर्टिफिसियल इन्टेलिजेन्स र वैदेशिक रोजगारका क्रममा उद्घारको मोडयुल तयार भएको जानकारी दिए । 

मन्त्रालयअन्तर्गतको आन्तरिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख कृष्णप्रसाद सापकोटाले पोर्टलले श्रम बजारका सूचना अद्यावधिक र एकीककृत श्रम तथा रोजगार तथ्याङ्क व्यवस्थापन गर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट हेडर गोलको मद्दतले साउदी प्रो लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा अल नासरले आभा क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको छ । यस जितसँगै...
सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पूर्वाधार अदालत (न्यायाधीकरण) गठनसम्बन्धी विधेयकको मस्यौदा तयार पारेकी छिन् ।
प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री वालेन्द्र शाहले ल्याएको नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक आज राष्ट्रिय सभाबाट पारित हुँदैछ ।

भर्खरै