नेभिगेशन
मुख्य समाचार

चाँगुनारायणमा दर्शनार्थीको घुइँचो

भक्तपुर । भक्तपुरमा रहेको चाँगुनारायण मन्दिरमा मंगलबार बिहानदेखि दर्शनार्थीको भीड लागेको छ । विश्व सम्पदा सूचीमा सूचिकृत सो मन्दिरमा आज नागपञ्चमीको मेला भर्ने भक्तजनको घुइँचो लागेको हो ।

चाँगुनारायण मन्दिरमा पूजा एवं दर्शन गरेपछि घरघरमा नाग टाँस्ने प्रचलन छ । बिहानदेखि मध्यपुरथिमिबाट आएको गुँला बाजाले मन्दिर प्रदक्षिणा गरेको छ । 

मन्दिरदेखि दक्षिणतर्फ ओरालोमा रहेको ऐतिहासिक शङ्खदह (साङ्ग दह) मा स्नान गर्न आउनेको पनि भीड छ । शङ्ख दहमा स्नान गर्ने, पूजा गर्ने र दान गर्नेको भीड लागेको मन्दिरका पुजारी आभास राजोपाध्यायले जानकारी दिए । शङ्खदहमा स्नान गरेर चाँगुनारायण मन्दिरमा आएर शिव र विष्णुको पूजा गर्ने परम्परा छ ।
 
चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले हरेक वर्ष नागपञ्चमीमा बिहानदेखि दिनभर दर्शनार्थीको भीड लाग्ने बताए । उनले मन्दिरभित्र भक्तजनले एकै पटक शिव र विष्णुको दर्शन गर्ने बताए । उनले भने, “नागपञ्चमी नाग देवतासँग सम्बन्धित छ । आज दिनभर दर्शनार्थीको भीड लाग्ने गर्छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दुर्गा प्रसाईले खोले 'नागरिक बचाउ दल', चुनाव चिह्न' दुई पाइला'

दुर्गा प्रसाईले खोले 'नागरिक बचाउ दल', चुनाव चिह्न' दुई पाइला'

प्रसाई संरक्षक रहने गरी राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानलाई नै पार्टीकारुपमा दर्ता गरिएको छ । अहिले दुर्गा प्रसाईका सहयोगी माधव खतिवडा कल्पितको नेतृत्वमा नागरिक बचाउ...
पढ्दै–कमाउँदै कार्यक्रम हटेसँगै सामुदायिक विद्यालय समस्यामा

पढ्दै–कमाउँदै कार्यक्रम हटेसँगै सामुदायिक विद्यालय समस्यामा

कार्यक्रममार्फत विद्यार्थीलाई अभ्यासमूलक तथा व्यावहारिक सिकाइ प्रदान हुँदै आएकामा अहिले कार्यक्रम नै हटेपछि विद्यालयहरू प्रभावित भएका हुन् ।
रवि, कुलमान, बालेन, हर्क लगायत नयाँ शक्तिलाई एक हुन सुदन गुरुको आह्वान

रवि, कुलमान, बालेन, हर्क लगायत नयाँ शक्तिलाई एक हुन सुदन गुरुको आह्वान

सम्पूर्ण नेपाली जनताको एउटै चाहना रहेको र त्यसका लागि उहाँहरु सबै एकै ठाउँमा सँगै उभिन उनले आग्रह समेत गरेरका छन् । गोरखाबाट एकताको यात्रा सुरु भएर नेपाल बनेको...