नेभिगेशन
समाज

हेटौँडा यातायात कार्यालयद्वारा ५७ करोड ४२ लाख ७६ हजार राजस्व सङ्कलन

बागमती । यातायात व्यवस्था कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८१र८२ मा रु ५७ करोड ४२ लाख ७६ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा नयाँ सवारीसाधन दत्र्ता, नविकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट उक्त राजस्व सङ्कलन भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस अवधिमा साना र ठूला गरी ६ हजार ९५ नयाँ सवारीसाधन दत्र्ता भएका कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए ।  अघिल्लो आर्थिक वर्ष २०८० र ८१ को तुलनामा रु एक करोड ३५ लाख ५९ हजार बढी राजस्व तथा एक हजार ६९६ बढी नयाँ सवारीसाधन दर्ता भएका छन् ।  

Ncell
Extreme Energy

कार्यालयले आव २०८० र ८१ मा नयाँ सवारीसाधन दर्ता, नविकरण तथा सवारी चालक अनुमतिपत्र बितरण लगायतका शिर्षकबाट रु ५६ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गरेको थियो । उक्त आवमा कार्यालयले चार हजार ३९९ सवारीसाधन दर्ता गरेको प्रमुख श्रेष्ठले बताए । 

आव २०८१ र ८२ मा सवारीसाधन चालक अनुमतिपत्र वितरणबाट रु नौ करोड ६२ लाख ८१ हजार, सवारी करबाट रु ३४ करोड ७९ लाख ९८ हजार, यातायात क्षेत्रको आम्दानीबाट रु आठ करोड ९५ लाख ९४ हजार, सङ्घीयतातर्फ रु चार करोड तीन लाख ९४ हजार तथा बेरुजुबाट रु आठ हजार राजस्व सङ्कलन भएको छ । 

यस्तै आव २०८१ र ८२ मा मोटरसाइकल तीन हजार २२५, टेम्पो र ई–रिक्सा ८८९, जीप, कार र भ्यान ७६१, क्रेन, डोजर, एस्काभेटर र ट्रक ६८६, माइक्रो बस २८६, बस १४१, मिनी बस २० तथा ट्याक्टर १२ वटा दर्ता भएका प्रमुख श्रेष्ठले जानकारी दिए । यस अवधिमा सात हजार १२० सवारी चालक अनुमतिपत्र वितरण गरिएको छ । सो अवधिमा ६ हजार ३७१ नविकरण, ९२ प्रतिलिपी, ९७ वटा नविकरण र प्रतिलिपी दिइएको कार्यालयले जनाएको छ ।  

यसैबीच श्रम तथा रोजगार कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८१ र ८२ मा ४८ बालश्रमिकको उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ । आव २०८१ र ८२ मा ३१७ उद्योग प्रतिष्ठानमा गरिएको अनुगमनका क्रममा फेला परेका उनीहरुको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ । 

सो क्रममा बालबालिकालाई बालश्रमिकको रूपमा काममा लगाउने ३० उद्योग प्रतिष्ठान तथा रोजगारदातामाथि कारवाहीसमेत गरिएको कार्यालय प्रमुख रुद्रनारायण साहले जानकारी दिए । ती उद्योग प्रतिष्ठान तथा रोजगारदातामाथि कारवाही गरी रु चार लाख ४२ हजार जरिवाना तथा रु पाँच लाख १६ हजार क्षतिपूर्ति तिराइएको कार्यालय प्रमुख साहले बताए ।  

त्यस्तै, आव २०८१ र ८२ मा २५१ उद्योग प्रतिष्ठानमा अनुगमन गर्दा अधिकांश ठूला उद्योग प्रतिष्ठानमा न्यूनतम पारिश्रमिकलगायत श्रम कानुनको पालना गरिएको पाइए पनि साना उद्योग प्रतिष्ठानमा नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, व्यवसायजन्य सुरक्षाको अवस्था कमजोर रहेको पाइएको प्रमुख साहले बताए । आव २०८१ र ८२ मा श्रमसम्बन्धी व्यक्तिगत र सामूहिक ९१ उजुरी दत्र्ता भएकामा ५९ उजुरी फछ्र्यौट गरिएको उनले बताए । 

कार्यालय प्रमुख साहका अनुसार आठ प्रतिष्ठानको खाता रोक्का गरिएको र केही उद्योग प्रतिष्ठानलाई सुधार गर्न निर्देशन दिइएको तथा श्रमिक र व्यवस्थापकलाई समेटेर सचेतनामूलक कार्यक्रमसमेत गरिएको छ । आव  २०८०र८१ मा ९५ उद्योग प्रतिष्ठानको अनुगमन गरेको सो कार्यालयले बालबालिकालाई बालश्रमिकको रूपमा काममा लगाउने ३५ प्रतिष्ठान तथा रोजगारदातामाथि कारवाही गरेको थियो ।     
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट हेडर गोलको मद्दतले साउदी प्रो लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा अल नासरले आभा क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको छ । यस जितसँगै...
सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पूर्वाधार अदालत (न्यायाधीकरण) गठनसम्बन्धी विधेयकको मस्यौदा तयार पारेकी छिन् ।
प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री वालेन्द्र शाहले ल्याएको नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक आज राष्ट्रिय सभाबाट पारित हुँदैछ ।

भर्खरै