नेभिगेशन
समाज

‘मैले तयार गरेको गीतहरु आफैँले प्रयोग गर्न नपाउँदाको पीडालाई शब्दमा कसरी बयान गरूँ ?’ : गायक अनिल सिंह

काठमाडौँ । गायक अनिल सिंहले आफ्ना पुराना एवम् लोकप्रिय गीतसङ्गीतलाई नयाँ स्वरूपमा ल्याउने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफैँले सिर्जना गरेको गीतहरूमा श्रव्यदृश्य उत्पादन गरिएका कम्पनिमार्फत ‘कपीराइट’ लगाइएपछि त्यसविरुद्ध चर्को आवाज उठाइ सङ्घर्ष गरिरहेका गायक सिंहले हालै ‘म्युजिक डटकम’सँग आफ्ना गीतको ‘कपीराइट’ र ‘रोयल्टी’ का विषयमा सम्झौता गरेका छन् । 

Ncell
Extreme Energy

उक्त सम्झौतापछि उनले आफ्ना गीतहरूको ‘अडियो’ आफूले चाहेको अवस्थामा प्रयोग गर्नसक्ने बताए । 

उनले भने,“मैले तयार गरेको अडियोहरू म आफैँले प्रयोग गर्न नपाउँदाको पीडालाई शब्दमा कसरी बयान गरूँ । मैले श्रव्यदृश्य निर्माणका लागि ती गीतहरू दिएको थिएँ, तर अहिले म आफैँले ती गीत प्रयोग गर्न नपाएपछि आवाज उठाएको हुँ । यसमा पहिलो सफलता प्राप्त भएको छ, हाम्रो सङ्घर्ष अझैँ जारी छ ।”

सम्झौता अगाडि उनले आफैँ गीत गाउँदा आफ्ना ‘फेसबुक, इन्स्टाग्राम र युट्यूव’ च्यानललगायतका सामाजिक सञ्जालमा ‘कपीराइट हानेर उडाइदिए’को बताए । एउटा सर्जकले तयार गरेको सिर्जनालाई प्रयोग गर्न नपाउँदा आफूले विभिन्न समस्या झेलेको उनले बताए । 

“यो मेरो सफलता होइन, अब उप्रान्त अन्य सङ्गीतकर्मीले पनि मैले जस्तै सम्झौता गर्दै आफ्नो सिर्जनालाई निर्वाध रूपमा प्रयोग गर्न पाउनुहुनेछ । अन्य केही सङ्गीत उत्पादक कम्पनिसँग हाम्रो सङ्घर्ष भने जारी नै छ । सफलताको एउटा खुड्किलो पार गरेको छु, आफ्नो अधिकारका लागि सङघर्ष छाड्दिन,” उनले भने ।

गायक सिंहले अब पुराना गीतलाई नयाँ श्रव्यदृश्य वा स्वरूपमा ल्याउने समेत बताए । उनका अनुसार अब ‘म्युजिक डटकम’सँग रहेका श्रव्यदृश्यको ‘रोयल्टी’ पनि उनले पाउनेछन् । म्युजिक डटकम र गायक सिंहबीच म्युजिक नेपालबाट प्राप्त ‘रोयल्टी’ आधाआधा बाँड्ने सम्झौता भएको छ ।

आफ्ना गीतसङ््गीत आफैँले प्रयोग गर्न पाउने अधिकारका लागि सङ्घर्ष जारी राखेता पनि साङ्गीतिक कार्यक्रममा उपस्थिति बढाउने गायक सिंहले स्प्ष्ट गरे । उनले गएको  ‘इन्जिन गाडीमा’, ‘आइ लभ यू’, ‘प्रेम पत्र’, ‘घिन्ताङ’, ‘विल यु म्यारी मी’जस्ता गीतहरू लोकप्रिय छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री वालेन्द्र शाहले ल्याएको नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक आज राष्ट्रिय सभाबाट पारित हुँदैछ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम...
५३.५ मेगावाटको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

५३.५ मेगावाटको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) छ ।

भर्खरै