नेभिगेशन
समाज

पन्ध्र वर्षीया किशोरीको हत्या आरोपित पक्राउ

धनुषा । यहाँस्थित जिल्ला प्रहरी कार्यालयले १५ वर्षीया किशोरी अञ्जली कुमारी यादवको हत्या आरोपीलाई पक्राउ गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आरोपित क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरीका अनुसार धनुषाको बटेश्वर गाउँपालिका–५ घर भई जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीस्थित डेराको कोठामा बस्दै आएकी १५ वर्षीया अञ्जलीको गत सोमबार राती खुकुरी प्रहार गरी हत्या गरिएको थियो । 

Ncell
Extreme Energy

आरोपित साहलाई हिजो राति करिब साढे १० बजे  क्षीरेश्वरनाथ नगरपालिका–९ बाट पक्राउ गरिएको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए । 

रामबाबु यसअघि आफ्नो श्रीमतीको हत्या गरी पाँच वर्ष जेल सजाय काटेर २०७७ सालमा रिहा भएका थिए । साहले सोमबार राति खुकुरी प्रहार गर्दा अञ्जलीको मृत्यु भएको थियो भने अञ्जलीकी आमा ३५ वर्षीया आशा यादव र मिथिला नगरपालिका–१ ढल्केवर बस्ने होविन्द्र यादवको १४ वर्षीया छोरी आशा यादव घाइते भएका थिए ।
 
आशाको धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको र उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आशा रामबाबुकै प्रेमी रहेको र उनकै कारण घटना घटेको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

प्रनाउ सिंहका अनुसार आरोपित साह सजाय काटेर रिहा केही महिनापछि दोस्रो विवाह गरेर गाउँमै बस्दै आएका थिए । सोही क्रममा मदिरा पसल सञ्चालन गरेकी आशासँग उनको चिनजान भइ प्रेम सम्बन्ध गाँसिएको थियो “आशाको श्रीमानलाई दुबैजनाको सम्बन्धका बारेमा थाहा भएपछि दुवै पक्ष बसेर गाउँमा छलफल गरी आशालाई रामबाबुको जिम्मा लगाउने सम्झौता भएको रहेछ,” उनले भने, “श्रीमान्ले दुई छोरा र एक छोरीको हेरचार गर्ने सहमति भएपछि उनीहरु छुट्टिएका रहेछन् ।” 

आशाको सुरुमा आर्थिक अवस्था कमजोर रहेकामा पछि आर्थिक अवस्था सुध्रिँदै जाँदा रामबाबुसँग टाढिन थालेको र पूर्व श्रीमानसँग नजिकिन थालेपछि रामबाबुले हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरी प्रनाउ सिंहले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री वालेन्द्र शाहले ल्याएको नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक आज राष्ट्रिय सभाबाट पारित हुँदैछ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम...
५३.५ मेगावाटको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

५३.५ मेगावाटको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) छ ।

भर्खरै