नेभिगेशन
मुख्य समाचार

पन्ध्र वर्षीया किशोरीको हत्या आरोपित पक्राउ

धनुषा । यहाँस्थित जिल्ला प्रहरी कार्यालयले १५ वर्षीया किशोरी अञ्जली कुमारी यादवको हत्या आरोपीलाई पक्राउ गरेको छ । 

आरोपित क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरीका अनुसार धनुषाको बटेश्वर गाउँपालिका–५ घर भई जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीस्थित डेराको कोठामा बस्दै आएकी १५ वर्षीया अञ्जलीको गत सोमबार राती खुकुरी प्रहार गरी हत्या गरिएको थियो । 

आरोपित साहलाई हिजो राति करिब साढे १० बजे  क्षीरेश्वरनाथ नगरपालिका–९ बाट पक्राउ गरिएको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए । 

रामबाबु यसअघि आफ्नो श्रीमतीको हत्या गरी पाँच वर्ष जेल सजाय काटेर २०७७ सालमा रिहा भएका थिए । साहले सोमबार राति खुकुरी प्रहार गर्दा अञ्जलीको मृत्यु भएको थियो भने अञ्जलीकी आमा ३५ वर्षीया आशा यादव र मिथिला नगरपालिका–१ ढल्केवर बस्ने होविन्द्र यादवको १४ वर्षीया छोरी आशा यादव घाइते भएका थिए ।
 
आशाको धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको र उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आशा रामबाबुकै प्रेमी रहेको र उनकै कारण घटना घटेको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

प्रनाउ सिंहका अनुसार आरोपित साह सजाय काटेर रिहा केही महिनापछि दोस्रो विवाह गरेर गाउँमै बस्दै आएका थिए । सोही क्रममा मदिरा पसल सञ्चालन गरेकी आशासँग उनको चिनजान भइ प्रेम सम्बन्ध गाँसिएको थियो “आशाको श्रीमानलाई दुबैजनाको सम्बन्धका बारेमा थाहा भएपछि दुवै पक्ष बसेर गाउँमा छलफल गरी आशालाई रामबाबुको जिम्मा लगाउने सम्झौता भएको रहेछ,” उनले भने, “श्रीमान्ले दुई छोरा र एक छोरीको हेरचार गर्ने सहमति भएपछि उनीहरु छुट्टिएका रहेछन् ।” 

आशाको सुरुमा आर्थिक अवस्था कमजोर रहेकामा पछि आर्थिक अवस्था सुध्रिँदै जाँदा रामबाबुसँग टाढिन थालेको र पूर्व श्रीमानसँग नजिकिन थालेपछि रामबाबुले हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरी प्रनाउ सिंहले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बारीबाटै सुन्तला बिक्री हुन थालेपछि नवलपरासीका किसान खुसी

बारीबाटै सुन्तला बिक्री हुन थालेपछि नवलपरासीका किसान खुसी

अघिल्ला वर्षमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने र मूल्यसमेत कम पर्ने गरेकामा अहिले सहज रुपमा सुन्तला बगैँचाबाटै बिक्री हुँदा खुसी लागेको उनले बताए ।
पीटीसी सम्झौताबारे कुलमान भन्छन्ः 'विद्युत नपाउने जोखिम हटाउन गरिएको हो, भ्रममा नपरौँ'

पीटीसी सम्झौताबारे कुलमान भन्छन्ः 'विद्युत नपाउने जोखिम हटाउन गरिएको हो, भ्रममा नपरौँ'

‘हामीले नियमपूर्वक पारदर्शी प्रक्रियाबाट सबैभन्दा सस्तो दरमा विद्युत् नियमन आयोगबाट स्वीकृति लिई विगत लामो समयको अभ्यासबमोजिम विद्युत् खरिदको निर्णय गरेका छौँ, जसले हिउँदयाममा स्थिर आपूर्ति सुनिश्चित गर्छ र...
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति

पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति

आगामी चैतभित्र काम सक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ । सुरुको चरणमा निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेपछि आयोजनाको प्रगति...
महानगरका मेयर शाहविरुद्ध लड्न आफुले सुकुम्बासीलाई सहयोग गर्नेः व्यवसायी प्रसाईँ

महानगरका मेयर शाहविरुद्ध लड्न आफुले सुकुम्बासीलाई सहयोग गर्नेः व्यवसायी प्रसाईँ

आइतबार काठमाडौँको मनोहरा सुकुम्बासी बस्तीमा पुगेर उनले यस्तो बताएका हुन । काठमाडौँको मनोहरा सुकुम्बासी बस्तीमा गरिएको भेलालाई सम्बोधन गर्दै उनले  मङ्सिर ७ गते देखि सुरु हुने आफ्नो अभियानमा...