नेभिगेशन
समाज

लागूऔषधसहित काठमाडौँबाट ६ जना पक्राउ

काठमाडौँ । लागूऔषधको अवैध कारोबारमा संलग्न छजना काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका छन् । प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नाम्यागल रोडमा लागूऔषध ६०० ट्याब्लेट नाइट्राभेट बोकेर हिँडिरहेको अवस्थामा पाँच जना र काठमाडौँ महानगरपालिका–२६ सामामुखीबाट खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीले लागूऔषध ओसारपसारमा संलग्नलाई आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कालिकोटका २५ वर्षीय सरोज शाही, सिन्धुपाल्चोकका २४ वर्षीय सूर्य लामा, काभ्रेपलाञ्चोकका ३३ वर्षीय विमल मगर, कास्कीका ३४ वर्षीय आशिष विक र ३० वर्षीय मनवीर गुरुङ तथा झापाका ३३ वर्षीय शङ्कर राजवंशी रहेका छन् । राजवंशीको साथबाट १०९ दशमलव २२ ग्राम खैरो हेरोइन, डिजिटल तराजु एक थान, मोबाइल नौ थान र नेपाली नगद रु ८२ हजार ६३५ बरादम गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री वालेन्द्र शाहले ल्याएको नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक आज राष्ट्रिय सभाबाट पारित हुँदैछ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम...
५३.५ मेगावाटको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

५३.५ मेगावाटको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) छ ।
रसुवा बाढीमा पति हराएपछि इन्दिराको विलौना : ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्’

रसुवा बाढीमा पति हराएपछि इन्दिराको विलौना : ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्’

भोटेकोशीको बाढी धेरै साम्य भयो तर त्यसले दिएको पीडा झन् बढ्दो छ । बाढीका कारण सम्पर्कविहीन भएकाहरूको परिवारमा रुवावासी र छट्पटी छ । घटनाको दुई साता बित्दासमेत सम्पर्कविहीन...

भर्खरै