नेभिगेशन
समाज

मध्यरात झण्डै ६ घण्टा बच्चालाई कृत्रिम श्वास दिएर लक्ष्मीको खुसी जोगाएकी जानकी

‘बच्चाले  जिउ तन्कायो, रोयो, अनि दिशा र पिसाब पनि  गर्‍यो । मुटुको  चाल सामान्य बन्यो ।’ त्यो क्षण संसार  जिते  जस्तै  भएको जानकी   बतााउँछिन् ।

सिधाकुरा । साउन ८ गते दिउँसो २ बज्दै थियो । सिगास गाउँपालिका ४ बैतडीको कान्धार आधारभूूत स्वास्थ्य केन्द्रमा सुत्केरी ब्याथाले च्यापेकी लक्ष्मी विष्ट धामीलाई लिएर सासु नन्दा र श्रीमान खडक सिंह धामी अस्पताल आइपुगे ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भर्खरै  २० वर्षकी मात्रै रहेकी लक्ष्मीको स्वास्थ्य अवस्था सुरुमा सामान्य नै  थियो । तर, स्वास्थ्य केन्द्रमा ल्याइएपछि बिस्तारै सुुत्केरी व्यथाले च्याप्दै गयो । 

Ncell
Extreme Energy

झण्डै साढे सात घण्टाको प्रसव पीडापछि लक्ष्मीले रातिको ९ः ३३ बजे छोरालाई जन्म दिइन् । बच्चा जन्मिएको खुसीले लक्ष्मी र लक्ष्मीको परिवारमा खुसीको सञ्चार भयो तर उनलाई सुत्केरी गराउने स्वास्थ्यकर्मीहरु बच्चाको स्वास्थ्य अवस्था देखेर चिन्तित बने ।

किनकी जन्मिएको बच्चाले स्वतस्फूर्त श्वास फेरिरहेका थिएनन् । ‘बच्चा जन्मिने  बित्तिक्कै रुनु पर्ने, मुटु तलमाथि गर्नु पर्ने तर केही पनि भएन,’ लक्ष्मीलाई सुत्केरी गराउने जानकी पुजाराले सिधाकुरासँग भनिन् । ‘बच्चा निलो हुुँदै  गयो । त्यसपछि स्वास्थ्य चौकी इन्चार्ज चक्रबहादुर बुढाले अम्बुु  ब्याग झिकेर हामीले बच्चालाई कृत्रिम श्वास दिन प्रयास गर्‍यौँ । तर, अम्बुु ब्यागको साइज र बच्चाको मुखको तह मिलेन । त्यसपछि मैले मुखले श्वास दिन थालेँ ।’ 
जानकीका अनुसार कृत्रिम श्वास दिएको २५ मिनेटपछि बच्चाले श्वास फ्याक्न थाले जसरी घ्यार्र त गरे  तर  अझै रुने तथा  छाती  धड्किने जस्ता थप प्रतिक्रिया दिएनन् ।     

जानकीका अनुसार बच्चाको सो प्रक्रियाले बच्चा सकुुशल रहेको त  बुझियो तर अब तत्काल बचाउन अक्सिजन सर्पोट र भेन्टिलेटर चाहियो जुन  अस्पतालमा  थिएन । 

जानकी बच्चालाई मुुखले श्वास प्रश्वास गराउन  लागिन् भने अस्पताल इन्चार्जले तत्तकाल कतै अन्त अस्पताल लैजान  सक्ने  उपायाको खोजी गरे । तर, कतैबाट पनि  आमा  र  बच्चाको उद्धार  हुन  सक्ने बचन  पाएनन् । 
जानकीकाअनुसार यतिबेलासम्म  सुत्केरी   आमाको  शाल समेत  झिकिएको  थिएन ।  बच्चाको यो  अवस्था देखेर सुत्केरी लक्ष्मी र उनका श्रीमान र सासु आमा रुन कराउन थालिसकेका थिए ।  

त्यसपछि जानकीले अम्बु ब्यागको मुख केही सानो बनाएर अस्पताल इन्जार्च चक्र बुढालाई केही समय बच्चाको श्वास कृतिम चलाउन  लगाइन् र आमाको साल काटिन् । त्यसपछि भने उनले  बच्चालाई आफ्नो काखमा लिएर कृतिम श्वास दिइरहिन् ।

जानकीका अनुसार यो  भनेको  बच्चाको मुखका मुख जोडेर श्वास फोक्सोमा पुुग्नेगरी दिने  हो ।   ‘रातिको त्यस्तै १० बजेबाट सुरु भएको  यो कार्य निरन्तर बिहान साढे ३  बजेसम्म चलेको उनले बताइन् । 

‘सबै जना  थकित र गलित थियौँ । तर  पनि  हामीलाई एउटै आशा थियो की जसरी पनि बच्चालाई बजाउने र आमालाई खुुसी बनाउने ।  नभन्दै चमत्कार भयो । बिहान  त्यस्तै  साँढे तिन बजे  बच्चा एक्कासी रोए ।’ त्यो क्षणलाई सम्झदैं  उनले  हर्षित  मुद्रामा सिधाकुरासँग भनिन् ‘बच्चाले  जिउ तन्कायो, रोयो, अनि दिशा र पिसाब पनि  गर्‍यो । मुटुको  चाल सामान्य बन्यो ।’ त्यो क्षण संसार  जिते  जस्तै  भएको जानकी   बतााउँछिन् । 

‘म त्यो समय बयान नै गर्न सक्दिन । हामीले कस्तो स्रोत साधनमा कसरी एउटा बालकलाई पुनर्जन्म दिएर सकुशल परिवारको  जिम्मा लगायौँ,’ जानकीले  सिधाकुरासँग   भनिन्  ।  

उनका अनुसार  त्यहाँ   जटिल  भएका  बिरामीलाई थप उपचार  गराउन परे डडेल्धुरा  नलगी सुख  नै छैन् ।  तर, डडेल्धुरा  पुुर्‍याउन गाडीमार्फत कम्तीमा ८ घण्टा लाग्छ । जटिल अवस्थाको बिरामी त अस्पताल पुुग्न  नै नपाउने उनले बताइन् । 

जानकीकाअनुसार आमा र बच्चाको अवस्था राम्रो भएपछि उनीहरुले ९ गते बिहान ८ बजे लक्ष्मीलाई डिस्चार्ज गरे । त्यसको  तेस्रो दिन लग्क्ष्मीको  घरमै  फलोअपका लागि जानकी पुगेकी थिइन् । त्यो बेला पनि  आमा र  बच्चाको स्वास्थ्य राम्रो भएको जानकी बताउँछिन् । ‘बच्चा  स्वस्थ र राम्रो  देखेँ । आमाको दुुध खाएर पिढीँमा हँसिलो बच्चा सुतिरहेको पाएँ,’ उनी भन्छिन् ‘त्यसपछि त्यो रातको घटना आफूले फेसबुुकमा लेखेको र त्यो संसार भरनै चर्चा भएछ ।’

आफूूले चर्चा वा लोकप्रियताका लागि नभई दुुःखले गरेको कामको मेहनत सफल भएकाले फेसबुकमा लेखेको जानकी बताउँछिन् । आफूूले फेसबुकमा लेखेपछि धेरै ठाउँबाट प्रशंसा गर्दै फोन र म्यासेज आएको उनले सिधाकुरालाई बताइन् । 

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले समेत फोन गरेर हौसला दिएको उनको भनाई छ । अनमीमा जागिर भएको ६ वर्षको अनुभवमा यस्तो घटना पहिलो पटक भोगेको पनि उनले बताइन् । यस्तै आपत कालका लागि भनेर धनगढीमा यस्तो उपायबारे तालिम लिएको र अहिले काम गरेको उनी बताउँछिन । यो वर्षमा मात्रै उनले सो स्वास्थ्य केन्दमार्फत १९ वटा डेलिभरी गराएको अनमी पुजारा बताउँछिन। बैतडी सिगास गाउँपालिकाका पञ्वक्ता अमर सिंह धामीले स्वास्थ्यकर्मी जानकी पुजारा र उनको टोलीले अविश्वनीय काम गरेको बताए । 

सिमित स्रोत र साधनमा जटिल अवस्थाको बच्चाको ज्यान बचाएको भन्दै उनले जानकी र स्वास्थ्य चौकीका सबै कर्मचारीलाई धन्यवाद दिए । उनको कामले पालिकाकै नाम र इज्जत बढेको धामीको भनाई छ । 

यता, अस्पतालले आफ्नो बच्चा जोगाएको भन्दै धामी परिवार पनि हर्सोल्लित छ । सिधाकुरासँग कुरा गर्दै सुत्केरी लक्ष्मीकी सासुु नन्दा र श्रीमान खडक सिंहले अहिले दुवै जना स्वस्थ रहेको बताए ।

अस्पतालका अनमिले निकै दुःख गरेर आफनो बच्चाको ज्यान जोगाएको भन्दै धन्यवाद पनि ज्ञापन गरे ।   
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त

नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ ।
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त

सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेललाई नियुक्त गरेको छ ।
सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

बिहीबारदेखि धनगढीमा अनसन बसेका डा. केसीसँग वार्ता गर्न शिक्षामन्त्रीको निर्देशनमा शिक्षा सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगेका थिए ।
नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनापछि चिकित्सकमाथि भएको आक्रमण आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।