नेभिगेशन
समाज

नयाँ पुस्तामा नेवार संस्कृति हस्तान्तरण

तनहुँ । नेवाः तजिलजी पुच व्यास नगर समितिले नयाँ पुस्तालाई नेवार संस्कृतिका विविध पक्षबारे साक्षात्कार गराएको छ । नेवार संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि समितिले नयाँ पुस्तालाई नेवार समुदायसँग सम्बन्धित विभिन्न संस्कृतिबारे जानकार गराएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिले नयाँ पुस्ताका केही व्यक्तिलाई तीन महिनासम्म नेवार समुदायको धिमे बाजा, परम्परागत सङ्गीत, नृत्य सिकाएको समितिका अध्यक्ष सन्देशनारायण श्रेष्ठले जानकारी दिए । नयाँ पुस्ताले नेवार संस्कृति बिर्सदै गएकाले यसको संरक्षणका लागि तीन महिनासम्म प्रशिक्षण सञ्चालन गरिएको उनले बताए । उनले भने, “नेवार समुदायको संस्कृति संरक्षण गर्नुपर्छ भनेर लागिपरेका हौ । व्यास नगरपालिकाभित्रका ४० जना युवायुवतीलाई तीन महिनासम्म विभिन्न सीप सिकाएका छौ ।”

Ncell
Extreme Energy

सहभागीलाई तजिलजी नाच, धिमे बाजा, लाखे नाच, टाकटुके नाच, कुमारी नृत्य सिकाइएको छ । “पुरानो पुस्ताले अहिलेसम्म संस्कृति संरक्षण गर्दै आएका छन् । अब हाम्रो जिम्मेवारी हो,” श्रेष्ठले भने, “भाषा, संस्कृति बिर्सन हुँदैन । पुरानो पुस्ताबाट अहिलेको पुस्तामा सीप हस्तान्तरण गर्ने प्रयास गरेका छौ ।”

सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षक सुदीप श्रेष्ठले प्रशिक्षण दिएका थिए । प्रशिक्षणको अन्तिम दिन शनिबार सहभागीहरुले नेवार सांस्कृतिक सम्पदा प्रदर्शन गरेका थिए । 

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नेवार समुदायको संस्कृति र परम्पराले हिन्दु धर्मको संरक्षण गरेको बताए । नेवार समुदायको मौलिक संस्कृति संरक्षणका लागि व्यास नगरपालिका सधैं तयार रहेको उनले बताए ।  

नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँका पूर्वअध्यक्ष शङ्करनारायण श्रेष्ठले नेवार समुदायको धर्म, संस्कृति र परम्पराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाएकाले अहिलेका पुस्तालाई संस्कृति हस्तान्तरण गरिनु सकारात्मक रहेको बताए । नेपालको चिनारी नै नेवारी भाषाबाट भएकाले सरकारले नेवार संस्कृतिको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।