नेभिगेशन
मुख्य समाचार

पाँच दिनदेखि बेपत्ता दाजु–बहिनी मृत फेला

पाँचथर ।  पाँच दिनदेखि बेपत्ता रहेका यहाँको याङवरक गाउँपालिका–१ बिरुवाका नाबालक दाजुबहिनी मृत फेला परेका छन् ।

यही साउन १५ गते बिहानदेखि हराइरहेका बिरुवाका बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर र छ वर्षीया छोरी नानुमा राईको शव आज बिहान बिरुवा खोलामा फेला परेको हो । उनीहरुको शव खोलाको किनारामा करिब २०० मिटरको अन्तरमा फेला परेको वडाध्यक्ष राजेन्द्र खालिङ राईले जानकारी दिए । छ दिनदेखि बेपत्ता दाजुबहिनीको खोजी भइरहेको थियो । बेपत्ता बालबालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयको टोली सोमबार च्याङथापू पुगेको थियो । 

CG

मृतक दाजु शिशिर कक्षा ४ र बहिनी कक्षा १ मा स्थानीय पूर्ण आधारभूत विद्यालयमा अध्ययन गर्दथे । परिवारले ढिलो खबर गरेका कारण उनीहरुको खोजी २४ घण्टापछि मात्रै सुरु भएको थियो । वडाध्यक्ष खालिङका अनुसार बिहान करिब ६ बजे बाबु बिर्खबहादुर छोराछोरीलाई हजुरआमा कहाँ गएर खाना खाई विद्यालय जानु भनेर पठाएका थिए । यता हजुरबुबा–हजुरआमा भने नातिनातिनी बाबुका साथ रहेको विश्वासमा दिनभरि आफ्नै काममा व्यस्त रहे ।

सधैँ घर आउने नातिनातिनी नआएपछि साँझ करिब ७ः०० बजे बाजे सूर्यबहादुरले बिर्खबहादुरलाई फोन गरेर सोधेका थिए । दुवै घरमा नानीहरु नभएपछि साउन १६ गते बिहानदेखि खोजी थालिएको वडाध्यक्ष खालिङको भनाइ छ । मृतक बालबालिकाकी आमा वैदेशिक रोजगारीमा रहेकी छन् । 

जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक कौशलकुमार बुढाथोकीले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताए । उनका अनुसार ती बालबालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
माहोल सिर्जना गर्न उम्मेदवार र पार्टीको पक्षमा सक्दो पोष्ट गरौंः महामन्त्री पौडेल

माहोल सिर्जना गर्न उम्मेदवार र पार्टीको पक्षमा सक्दो पोष्ट गरौंः महामन्त्री पौडेल

यति धेरै सक्रिय कार्यकर्ता अरु दलको नभएको भन्दै उनले यसले नै पार्टीको जितको आधार सुनिश्चित गरेको बताए । पार्टीले केही दिनभित्रै देशको भावी मार्गचित्र कोर्ने गरी घोषणापत्र ल्याउने...
प्रधानमन्त्री कार्की र नर्वेली राजदूत मियोसबीच शिष्टाचार भेट

प्रधानमन्त्री कार्की र नर्वेली राजदूत मियोसबीच शिष्टाचार भेट

उक्त अवसरमा राजदूत मियोसले नेपालका प्रथम महिला प्रधानमन्त्रीका रुपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्दै उनको नेतृत्वमा आगामी निर्वाचन निर्बाध सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए ।
भारी हिमपातका कारण ढोरपाटनमा अलपत्र यात्रुको उद्धार

भारी हिमपातका कारण ढोरपाटनमा अलपत्र यात्रुको उद्धार

रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार काठमाडौँदेखि रुकुम, जाजरकोट, डोल्पालगायत पश्चिम नेपाल जाने यात्रुलाई सुरक्षाकर्मीको गाडीबाट उद्धार गरिएको छ । यात्रुलाई रुकुमकोटसम्म पुर्‍याएर गन्तव्यमा पठाइने प्रजिअ...
काठमाडौँसहित धेरै स्थानमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी

काठमाडौँसहित धेरै स्थानमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी

काठमाडौँमा २.२, ललितपुर र भक्तपुरमा समाान ४.८ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुर्खेतमा ४३...