नेभिगेशन
समाज

आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य गर्ने निर्णय

काठमाडौँ । सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार सम्पन्न बैठकले आगामी असोज १ गतेदेखि अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको हो । सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा २०८२ असोज १ गतेदेखि लागू हुनेगरी अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने र सोको कार्यान्वयनका लागि प्राविधिक सहयोग विभागले उपलब्ध गराउने तथा गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरीसमेत परिचालन गरी प्रभावकारी नियमन गर्ने बैठकको निर्णय रहेको छ ।  

यसैगरी सुरक्षण मुद्रणसम्बन्धी ऐन, २०८१ को दफा ९ अनुसार सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच छपाइ गर्न बाँकी सवारी चालक अनुमतिपत्र छपाइका लागि गत जेठ ९ गते समझदारीपत्रमा हस्ताक्षर भएको सन्दर्भमा सुरक्षण मुद्रण केन्द्रले २०८२ असार मसान्तसम्ममा प्रथम चरणको सवारी चालक अनुमतिपत्र उत्पादन सुरु गर्नेगरी २०८२ जेठ ९ गते केन्द्र र यातायात व्यवस्था विभागबीच सहमति गरिएकामा भदौ मसान्तभित्र यथाशीघ्र छपाइ सुरु गर्न केन्द्रलाई अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ । 

सवारी चालक अनुमतिपत्र छपाइका लागि कोशी प्रदेश, बाग्मती प्रदेश  र गण्डकी प्रदेशले आवश्यक खरिद प्रक्रिया अगाडि बढाइसकेको सन्दर्भमा सवारी चालक अनुमतिपत्र छपाइको कार्य अविलम्ब सञ्चालन गर्न सुरक्षण मुद्रण केन्द्रले अनुमति दिन अनुरोध गर्ने पनि निर्णय भएको छ । 

बैठकले १० वर्ष अवधिको सवारी चालक अनुमतिपत्र वितरणका लागि राजस्वमा एकरुपता कायम गर्ने, तथ्याङ्कहरुलाई डिजिटलाइज गर्ने, भुक्तानी प्रक्रियालाई विद्युतीय माध्यममा लैजाने, सफ्टवेयर प्रणालीलाई चुस्त र व्यवस्थित पार्ने, बेरुजु फछ्र्यौटलाई प्रभावकारी बनाउने, राइड सेयरिङबारे एकरुपता कायम गरी लागू गर्नेलगायतका निर्णय पनि गरेको छ । सङ्घ, प्रदेश र स्थानीय तह ९समन्वय तथा अन्तरसम्बन्ध० ऐन, २०७७ को दफा २२ अनुसार भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । 

मन्त्री दाहालले संविधान तथा ऐनहरुले निर्दिष्ट गरेको व्यवस्था कार्यान्वयन गर्दै सङ्घीयता कार्यान्वयनलाई बलियो पार्न आवश्यक रहेको बताए । तीनै तहको समन्वय र सहकार्यबाट सङ्घीयता कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले समितिका निर्णयहरु कार्यान्वयनमार्फत नागरिकलाई सेवा छरितो पार्ने पार्न सकिने बताए ।  

यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले बैठकबाट विगतमा भएका निर्णयको समिक्षा गर्दै आगामी कार्यदिशाबारे महत्वपूर्ण निर्णय भएको बताए । बैठकमा सङ्घीय र प्रदेशका मन्त्री, सचिवका साथै स्थानीय तहका जनप्रतिनिधीको सहभागिता रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कास्की  ३ मा रास्वपाकी गुरुङ निर्वाचित

कास्की  ३ मा रास्वपाकी गुरुङ निर्वाचित

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गुरुङले ३७ हजार ७५० मत ल्याएर निर्वाचित भएकी हुन । निर्वाचनमा नेपाली कांग्रेसका मनोज गुरुङ १२ हजार ७८० मत सहित दोस्रो बनेकी छन्...
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा रास्वपाको जित निश्चित

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा रास्वपाको जित निश्चित

मतगणना भइसकेका ६ वटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भइसकेका छन् भने मतगणना हुन बाँकी रहेका ४ वटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदरवारको भारी मतान्तर रहेको रहेको देखिन्छ ।...
काठमाडौँ ७ मा रास्वपाका गणेश पराजुली भारी मतान्तरले निर्वाचित

काठमाडौँ ७ मा रास्वपाका गणेश पराजुली भारी मतान्तरले निर्वाचित

रास्वपाका उम्मेदवार पराजुली २७ हजार आठ सय ५ मत प्राप्त गर्दै विजयी भएका हुन । पराजुली निकै भारी मतान्तरले निर्वाचित भएका छन् ।
काठमाडौ १० मा रास्वपाका  विष्ट विजयी

काठमाडौ १० मा रास्वपाका  विष्ट विजयी

उनले ३७ हजार ४  सय ६९  मत प्राप्त गरेका छन् । निकट प्रतिद्वन्द्वी  नेपाली काङ्ग्रेसका  हिमाल कार्कीले   ८  हजार  १ सय निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।