नेभिगेशन
समाज

बिजुलीको ट्रान्सफरमर चोरी गर्ने संगठित गिरोह पक्राउ

विराटनगर । कोशी प्रदेशको मोरङ, सुनसरी र झापामा संगठित रुपमा बिजुलीको ट्रान्सफरमर चोरी गर्ने गिरोहलाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अपराध अनुसन्धान समूहले पक्राउ गर्न सफल भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कोशी प्रदेश प्रहरी कार्यालयले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै संगठित र छुट्टाछुट्टै समूहमा रहेका उनीहरुले ०८१ माघ १५ गते यता झापा, मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट २२ वटा ट्रान्सफरमरहरु चोरी गरेको जानकारी दिएको हो । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक इश्वर कार्कीले लगातार र संगठित रुपमा ट्रान्सफरमर चोरी हुन थालेपछि प्रादेशिक अपराध अनुसन्धान समूह तथा सम्बन्धित जिल्ला प्रहरी कार्यालयका ३५ जना प्रहरी अनुसंधानमा परिचालित गरेर चोरीमा संलग्नलाई पक्राउ गर्न सफल भएको बताए । ट्रान्सफरमरमा हुने तामा र तेलका कारण मुख्यतः चोरी गर्ने गरिएको पाइएको र सो चोरी गर्ने ७ जना सहित तामा किन्ने ५ जना गरी १२ जनालाई पक्राउ गरिएको उनले जानकारी दिए ।

Ncell
Extreme Energy

पक्राउ पर्नेमा मोरङ ग्रामथानका अर्जुन कुमार माझी, इरज माझी, मोरङ बेलबारीका अर्जुन चौधरी, रंजित तामाङ, सुनसरी दुहबीका अनुज विश्वास, प्रयाग कुमार खाँ चौधरी र भारतका आल मियाँ बिहारी रहेका छन् । यसैगरी चोरीको सामान खरिद गर्ने विराटनगरका लक्ष्य प्रधान, कृष्ण गोपाल ताम्राकार, दुहबीका योगेश अग्रवाल, कपिल भट्ट, सुनसरी इटहरीका सिताराम राई रहेका छन् । उनीहरुको घर र डेराबाट प्रहरीले करिब ३६८ किलो तामा, चोरी गर्न प्रयोग गरिएका औजार, चोरीमा प्रयोग गरिएका मोटरसाइकल र पिकअप गाडी बरामद गरेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...