नेभिगेशन
मुख्य समाचार

बिजुलीको ट्रान्सफरमर चोरी गर्ने संगठित गिरोह पक्राउ

विराटनगर । कोशी प्रदेशको मोरङ, सुनसरी र झापामा संगठित रुपमा बिजुलीको ट्रान्सफरमर चोरी गर्ने गिरोहलाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अपराध अनुसन्धान समूहले पक्राउ गर्न सफल भएको छ । 

कोशी प्रदेश प्रहरी कार्यालयले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै संगठित र छुट्टाछुट्टै समूहमा रहेका उनीहरुले ०८१ माघ १५ गते यता झापा, मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट २२ वटा ट्रान्सफरमरहरु चोरी गरेको जानकारी दिएको हो । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक इश्वर कार्कीले लगातार र संगठित रुपमा ट्रान्सफरमर चोरी हुन थालेपछि प्रादेशिक अपराध अनुसन्धान समूह तथा सम्बन्धित जिल्ला प्रहरी कार्यालयका ३५ जना प्रहरी अनुसंधानमा परिचालित गरेर चोरीमा संलग्नलाई पक्राउ गर्न सफल भएको बताए । ट्रान्सफरमरमा हुने तामा र तेलका कारण मुख्यतः चोरी गर्ने गरिएको पाइएको र सो चोरी गर्ने ७ जना सहित तामा किन्ने ५ जना गरी १२ जनालाई पक्राउ गरिएको उनले जानकारी दिए ।

पक्राउ पर्नेमा मोरङ ग्रामथानका अर्जुन कुमार माझी, इरज माझी, मोरङ बेलबारीका अर्जुन चौधरी, रंजित तामाङ, सुनसरी दुहबीका अनुज विश्वास, प्रयाग कुमार खाँ चौधरी र भारतका आल मियाँ बिहारी रहेका छन् । यसैगरी चोरीको सामान खरिद गर्ने विराटनगरका लक्ष्य प्रधान, कृष्ण गोपाल ताम्राकार, दुहबीका योगेश अग्रवाल, कपिल भट्ट, सुनसरी इटहरीका सिताराम राई रहेका छन् । उनीहरुको घर र डेराबाट प्रहरीले करिब ३६८ किलो तामा, चोरी गर्न प्रयोग गरिएका औजार, चोरीमा प्रयोग गरिएका मोटरसाइकल र पिकअप गाडी बरामद गरेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बारीबाटै सुन्तला बिक्री हुन थालेपछि नवलपरासीका किसान खुसी

बारीबाटै सुन्तला बिक्री हुन थालेपछि नवलपरासीका किसान खुसी

अघिल्ला वर्षमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने र मूल्यसमेत कम पर्ने गरेकामा अहिले सहज रुपमा सुन्तला बगैँचाबाटै बिक्री हुँदा खुसी लागेको उनले बताए ।
पीटीसी सम्झौताबारे कुलमान भन्छन्ः 'विद्युत नपाउने जोखिम हटाउन गरिएको हो, भ्रममा नपरौँ'

पीटीसी सम्झौताबारे कुलमान भन्छन्ः 'विद्युत नपाउने जोखिम हटाउन गरिएको हो, भ्रममा नपरौँ'

‘हामीले नियमपूर्वक पारदर्शी प्रक्रियाबाट सबैभन्दा सस्तो दरमा विद्युत् नियमन आयोगबाट स्वीकृति लिई विगत लामो समयको अभ्यासबमोजिम विद्युत् खरिदको निर्णय गरेका छौँ, जसले हिउँदयाममा स्थिर आपूर्ति सुनिश्चित गर्छ र...
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति

पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति

आगामी चैतभित्र काम सक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ । सुरुको चरणमा निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेपछि आयोजनाको प्रगति...
महानगरका मेयर शाहविरुद्ध लड्न आफुले सुकुम्बासीलाई सहयोग गर्नेः व्यवसायी प्रसाईँ

महानगरका मेयर शाहविरुद्ध लड्न आफुले सुकुम्बासीलाई सहयोग गर्नेः व्यवसायी प्रसाईँ

आइतबार काठमाडौँको मनोहरा सुकुम्बासी बस्तीमा पुगेर उनले यस्तो बताएका हुन । काठमाडौँको मनोहरा सुकुम्बासी बस्तीमा गरिएको भेलालाई सम्बोधन गर्दै उनले  मङ्सिर ७ गते देखि सुरु हुने आफ्नो अभियानमा...