नेभिगेशन
मुख्य समाचार

नक्कली नोटसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका–८ स्थित भीमनगर सीमावर्ती क्षेत्रबाट प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको लु ९२ प २३८० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले नक्कली नोटसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र सोही नगरपालिका–१ का २५ वर्षीय राजेश चमार रजक रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको टोलीले गए राति नियन्त्रणमा लिएको प्रवक्ता खतिवडाले जानकारी दिए । 

प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली एक हजार दरका ३८ थान नक्कली नोट जम्मा रु ३८ हजार फेला परेको हो । बरामद नक्कली नोट र प्रयोग गरिएको मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बारीबाटै सुन्तला बिक्री हुन थालेपछि नवलपरासीका किसान खुसी

बारीबाटै सुन्तला बिक्री हुन थालेपछि नवलपरासीका किसान खुसी

अघिल्ला वर्षमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने र मूल्यसमेत कम पर्ने गरेकामा अहिले सहज रुपमा सुन्तला बगैँचाबाटै बिक्री हुँदा खुसी लागेको उनले बताए ।
पीटीसी सम्झौताबारे कुलमान भन्छन्ः 'विद्युत नपाउने जोखिम हटाउन गरिएको हो, भ्रममा नपरौँ'

पीटीसी सम्झौताबारे कुलमान भन्छन्ः 'विद्युत नपाउने जोखिम हटाउन गरिएको हो, भ्रममा नपरौँ'

‘हामीले नियमपूर्वक पारदर्शी प्रक्रियाबाट सबैभन्दा सस्तो दरमा विद्युत् नियमन आयोगबाट स्वीकृति लिई विगत लामो समयको अभ्यासबमोजिम विद्युत् खरिदको निर्णय गरेका छौँ, जसले हिउँदयाममा स्थिर आपूर्ति सुनिश्चित गर्छ र...
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति

पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति

आगामी चैतभित्र काम सक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ । सुरुको चरणमा निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेपछि आयोजनाको प्रगति...
महानगरका मेयर शाहविरुद्ध लड्न आफुले सुकुम्बासीलाई सहयोग गर्नेः व्यवसायी प्रसाईँ

महानगरका मेयर शाहविरुद्ध लड्न आफुले सुकुम्बासीलाई सहयोग गर्नेः व्यवसायी प्रसाईँ

आइतबार काठमाडौँको मनोहरा सुकुम्बासी बस्तीमा पुगेर उनले यस्तो बताएका हुन । काठमाडौँको मनोहरा सुकुम्बासी बस्तीमा गरिएको भेलालाई सम्बोधन गर्दै उनले  मङ्सिर ७ गते देखि सुरु हुने आफ्नो अभियानमा...