नेभिगेशन
समाज

सौताको ९ वर्षीय छोराको हत्या गरी मलखादमा गाड्ने महिला २३ वर्षपछि पक्राउ

दाङ । नौ वर्षीय बालकको हत्या गरी २३ वर्षदेखि फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका–७ मानपुरका ५० वर्षीया बसन्ता शर्मा पण्डित रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ती महिलालाई काठमाडौँको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । विसं २०५९ असार १९ गते सौताको नौ वर्षीय छोरा शरद् शर्मालाई लाठी प्रहार गरी हत्या गरेर मलखादमा गाडेको अभियोगमा जिल्ला अदालत दाङले शर्मालाई  विसं २०६० असोज २६ गते दुई वर्ष कैद सजाय तोकेको थियो । तर, पुनरावेदन अदालतले सोही वर्ष माघ ३ गते कैद सजाय बढाएर १० वर्ष पु¥याएपछि उनी फरार थिइन् । 
    
शर्मा काठमाडौँमा छोरा केशवराज शर्मासँग बस्दै आएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी टोली खोजतलासका लागि खटिएको थियो । गढवा प्रहरी टोलीले जिल्ला प्रहरी परिसर काठमाडौँको सहयोगमा नयाँ बसपार्क क्षेत्रमा शर्मालाई मङ्गलबार बिहान  ८ः३० बजेतिर पक्राउ गरेका हो । ती महिलालाई कैद सजाय भुक्तानका लागि दाङ जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।