नेभिगेशन
मुख्य समाचार

१० रुपैयाँको प्रलोभनमा पारी ११ वर्षीया बालिकालाई करणी गरेको आरोपमा ४६ वर्षीय पुरुष पक्राउ

वीरगञ्ज । पर्सा जिल्लाको ठोरी गाउँपालिका–२ सुन्दरबस्तीका ४६ वर्षीय अशोक साहलाई ११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । घटना यही साउन २१ गते बिहानको हो । प्रहरीका अनुसार, बालिका बाख्रा चराउँदै गर्दा साहले १० रुपैयाँको देखाएर प्रलोभनमा पारी करणी गरेका हुन् । 

पीडित पक्षले दिएको जाहेरीका आधारमा त्यही दिन दिउँसो ३ बजे उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पीडित बालिकाका अभिभावकले साह विरुद्ध ठोरी गाउँपालिका–२ तिनघरेस्थित जंगलमा जबरजस्ती करणी गरेको उजुरी जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता गरेका थिए । पक्राउ परेका साहलाई बिहीबार पर्सा जिल्ला अदालतबाट म्याद थप गराई तीन दिनका लागि हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अन्तरिम सरकारका मन्त्रीहरु नै चुनावी मैदानमा उत्रिएका भन्दै सांसदद्वारा आलोचना

अन्तरिम सरकारका मन्त्रीहरु नै चुनावी मैदानमा उत्रिएका भन्दै सांसदद्वारा आलोचना

बैठकमा विशेष समयमा सांसदहरूले वर्तमान अन्तरिम सरकारका चार जना मन्त्रीले जिम्मेवारी छाडेर प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएको विषयमा असन्तुष्टि जनाएका हुन ।
सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील

सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रहरीले प्रदेशका १६ वटा निर्वाचन क्षेत्रका मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको हो...
जिल्लामा यसरी पठाइदै छ फोटोसहितको मतदाता नामावली  (तस्बिरहरु)

जिल्लामा यसरी पठाइदै छ फोटोसहितको मतदाता नामावली (तस्बिरहरु)

अहिले आयोगमा फोटोसहितको नामावली जिल्लाजिल्ला पठाउने कार्य भइरहेको छ। पहिलो चरणमा यो काम सकिएपछि मतदाता नामावली पनि जिल्ला पठाउने कार्य सुरु हुने आयोगले जनाएको छ।
रास्वपा वरिष्ठ नेता बालेन शाह दार्चुला पुगेपछि....(तस्बिरहरु)

रास्वपा वरिष्ठ नेता बालेन शाह दार्चुला पुगेपछि....(तस्बिरहरु)

बुधबार उनी डडेलधुरा, बैतडी र दार्चुला पुगेका छन् । उनले रास्वपा डडेलधुराका उम्मेदवार डा तारा जोशी, बैतडीका उम्मेदवार हरिमोहन भण्डारी र दार्चुलाका उम्मेदवार राजेशसिंह सामन्तसँग भेट गरेका छन्...