नेभिगेशन
मुख्य समाचार

ब्राभित्र २ किलो कोकीन लुकाएर ल्याउने ब्राजिलियन महिला पक्राउ

काठमाडौँ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्राभित्र कोकिन कुकाएर ल्याउने महिला पक्राउ परेकी छिन् । पक्राउ परेकी महिला ब्राजिलकी २१ वर्षीया इमिली मिकाइले स्यान्टोस फरेरा भएको प्रहरीले जनाएको छ । 

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार उनले ब्राभित्र १ केजी ९५० ग्राम कोकिन लुकाएकी थिइन् । उनी नेपालबाट भुटान जाने क्रममा पक्राउ परेकी हुन् । 

City Express

ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी उनी भुटान जाने क्रममा २१ गते बुधबार पक्राउ परेकी हुन् ।  

उनीविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम जिल्ला अदालत काठमाडौँबाट म्याद थप भइ अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation