नेभिगेशन
समाज

जन्मदिनको भोज खाएका २७ जना बिरामी, ५ जनाको उपचार अझै जारी

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–७, चुहाडे नमुना चोकमा आयोजित जन्मदिनको भोज खाएका २७ जना बिरामी परेका छन् । बिहीबार साँझ भोज खाएपछि २७ जना स्थानीयवासी एकैपटक बिरामी परेपछि अस्पताल भर्ना गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला अस्पताल गाईघाटका सूचना अधिकारी सुरेशकुमार पाण्डेका अनुसार, खाद्यवस्तुमा समस्या भएर फुड प्वाइजनिङ भएको आशंका गरिएको छ। २७ जना बिरामीमध्ये २२ जनाको उपचारपछि डिस्चार्ज गरिएको छ भने पाँच जना अझै उपचाररत रहेको पाण्डेले जानकारी दिए। उपचाररतमध्ये तीन महिला र दुई बालक रहेका छन्।

Ncell
Extreme Energy

प्रहरीका अनुसार, घटना स्थानीय जितेन्द्र राईको घरमा आयोजित जन्मदिनको भोजमा भएको हो। भोजमा रोटी, अचार, पुरी, बुनियाँ, पुवा लगायतका परिकार परोसेका थिए। ती परिकार सेवन गरेपछि झाडापखाला, वान्ता, पेट दुख्ने जस्ता लक्षण देखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार बिरामीमध्ये ११ महिला, तीन पुरुष, पाँच बालक र आठ बालिका छन्। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

मन्त्रालयले देशका विभिन्न १२ वटा सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक अस्पतालमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने भएको छ ।
शिक्षण अस्पतालले भन्यो– शव राख्ने ठाउँ छैन

शिक्षण अस्पतालले भन्यो– शव राख्ने ठाउँ छैन

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले भोटेकोशी बाढीमा परी मृत्यु भएका व्यक्तिहरुको शव सुरक्षित राख्न समस्या भएको जनाएको छ ।
रसुवा, नुवाकोट र काठमाडौँका यी १४ अस्पतालमा हुँदैछ घाइतेको उपचार

रसुवा, नुवाकोट र काठमाडौँका यी १४ अस्पतालमा हुँदैछ घाइतेको उपचार

भोटेकोशी बाढीमा परी उद्धार गरिएका घाइतेहरुको रसुवा, नुवाकोट र काठमाडौँका १४ अस्पतालमा उपचार भइरहेको छ ।
काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ । यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रुपमा विकास गर्ने विषयमा यहाँ प्रतिबद्धता...