नेभिगेशन
मुख्य समाचार

कैलाली कारागारः परिस्थिति प्रहरीको नियन्त्रणमा

सुदूरपश्चिम । धनगढीस्थित कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कारागारको परिस्थिति प्रहरी प्रशासनको नियन्त्रणमा रहेको बताए । “कारागारमा उत्पन्न परिस्थितिलाई सामान्य बनाइराख्न कारागार परिसरमा ५० जना सुरक्षाकर्मी परिचालन गरेका छौँ”, उनले भने, “झडपको घटनापछि कैदीबन्दीका आफन्त भेट्न पुगिरहेकाले उहाँहरूलाई भेटघाटको व्यवस्थापन गरिरहेका छौँ ।” 

घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा आजै बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा घटनाको छानबिनका लागि समिति गठन गरेको छ ।

कारागारमा कैदीबन्दीबीच शुक्रबार राति भएका झड्पका घाइते धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको उपचारका क्रममा आज मृत्यु भएको थियो । घटनामा घाइते भएका ४४ कैदीबन्दीको सेती प्रादेशिक अस्पताल नजिकै  कोरानाकालमा निर्माण गरिएको अस्पतालमा उपचार भइरहेको छ । कारागारभित्र ब्लक ‘ए’ मा बस्ने र ब्लक ‘बी’ मा बस्ने कैदीबन्दीबीच झडप भएको हो ।

यसअघि बिहीबार राति पनि उनीहरूबीच आपसमा हानाहान भएपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक कारागार पुगेर सम्झाइबुझाई गरेपछि अवस्था समान्य बनेको थियो । 
 
कारागारका कर्मचारी रामप्रसाद चौधरीले पुनःशुक्रबार राति आपसमा ढुङ्गामुढा हानाहान भएको बताए । यसअघि गएको असार २८ गते पनि यहाँ कैदीबन्दीबीच कुटाकुट भएको थियो । कैदीबन्दीको सरुवाबारे मतऐक्यता हुन नसक्दा विवाद उत्पन्न भई झडप हुने गरेको जनाइएको छ । एकसय ५० जना क्षमताको कैलाली कारागारमा हाल छ सय ८० जना  रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बसले ठक्करदिँदा पैदलयात्रीको मृत्यु

बसले ठक्करदिँदा पैदलयात्रीको मृत्यु

जनकपुरबाट काठमाडौँतर्फ गइरहेको बाप्र०३–००१ख २६५६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा पैदलयात्री रुपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब...
घोडाघोडीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते

घोडाघोडीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते

प्रहरी नायब उपरीक्षक अवस्थीका अनुसार गम्भीर घाइते डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
डा.तोसिमाले रास्वपाको विस्तारित बैठकमा पेस गरेको रिफर्मेसनको मार्गचित्रमा के छ ?

डा.तोसिमाले रास्वपाको विस्तारित बैठकमा पेस गरेको रिफर्मेसनको मार्गचित्रमा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य डा तोसिमा कार्कीले विस्तारित बैठकमा चार बुँदे मार्गचित्र पेश गरेकी छन्। जेनजी आन्दोलनपछि अवस्था पहिलेको जस्तो नरहने उल्लेख गर्दै उनले उनले पार्टी...
रास्वपाको समानुपातिक उम्मेदवारः जेनजी प्रतिनिधित्व २७ प्रतिशत, विदेशबाट फर्कीनेलाई १० प्रतिशत सुनिश्चित

रास्वपाको समानुपातिक उम्मेदवारः जेनजी प्रतिनिधित्व २७ प्रतिशत, विदेशबाट फर्कीनेलाई १० प्रतिशत सुनिश्चित

जेन–जीको स्पिरिटको प्रतिनिधित्वलाई समानुपातिक बन्दसूचीमा समेट्दै २५ देखि ४० वर्षबीचका युवाका लागि उनीहरूको जनसङ्ख्या अनुपातकै आधारमा २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ। त्यसैगरी, प्रवासबाट उम्मेदवार बन्न फर्किने नेपालीका...