नेभिगेशन
मुख्य समाचार

बैंकको पैसा प्रतिबन्धित ‘वान एक्स बेट’मा लगाउने महालक्ष्मी विकास बैंकका ४ कर्मचारी पक्राउ

दार्चुला । ठूलो रकम अपचलन गरेको अभियोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा उक्त बैंकका शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त रहेका छन् । सो बैंकले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार उनीहरुमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । 

CG

चारै कर्मचारीको मिलेमतोमा उक्त शाखाको रु दुई करोड ८४ लाख ७६ हजार सात सय अपचलन भएको पाइएको थियो । उक्त रकम अपचलन भएको पाइएपछि महालक्ष्मी विकास बैंकको केन्द्रीय कार्यालयको टोली गत बिहीबार गोकुलेश्वर पुगेको थियो । बैंकले गरेको प्रारम्भिक अनुसन्धानबाट बैंकका कर्मचारीले नेपालमा प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म वान एक्स बेटमा बैंकको पैसा लगाएको खुलेको थियो । चारै जनाको मिलोमतोमा रकम अपचलन भएको पाइएपछि बैंकले उनीहरुलाई निलम्बन गरेको छ । 

उनीहरुले बैंकको मूल खातामा भल्ट रकम मौज्दात देखाएर गैरकानुनी तरिकाले हिनामिना गरेको पाइएको छ । यसरी बैंकको रकम अवैध जुवामार्फत अपचलन गरेको पाइएपछि बैंकिङ कसुरमा चारै  कर्मचारीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दाहालले बताए । बैंकले हेमराज जोशीलाई शाखा प्रबन्धकको जिम्मेवारी दिएर शाखा सञ्चालन गरिरहेको छ । उक्त बैंकको कामकाज आजदेखि निरन्तर रूपमा चलेको शाखा प्रबन्धक जोशीले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
संघीयता खारेजीको एजेण्डासहित राष्ट्रिय जनमोर्चाद्वारा चूनावी घोषणापत्र सार्वजनिक

संघीयता खारेजीको एजेण्डासहित राष्ट्रिय जनमोर्चाद्वारा चूनावी घोषणापत्र सार्वजनिक

बुधबार बुटबलमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी लगाएतका नेताहरुले प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र २०८२ सार्वजनिक गरेका हुन् ।
बालेनको मौन आँधी

बालेनको मौन आँधी

जे होस्, अहिले चर्चा बालेनकै छ । महानगरबाट राजीनामा दिएको दिन देखि उनी एकदिन पनि क्यामेराको फ्रेम भन्दा बाहिरि छैनन् । राजनीतिमा खासै चासो नभएका नागरिक समेत अहिले...
समस्याग्रस्त सहकारीको छिटो छिनोफानो हुनुपर्नेः मन्त्री इङ्नाम

समस्याग्रस्त सहकारीको छिटो छिनोफानो हुनुपर्नेः मन्त्री इङ्नाम

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको प्रथम वार्षिकोत्सवका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री इङ्नामले केहि सहकारीले गैरकानुनी काम गरेर बचतकर्ता र ऋणिहरुलाई समेत समस्यामा पारेको भन्दै समस्याग्रस्त सहकारीको छिटो...
पारिश्रमिक नदिएको विषयमा नागरिक दैनिकको कार्यालयमा महासंघद्वारा तालाबन्दी

पारिश्रमिक नदिएको विषयमा नागरिक दैनिकको कार्यालयमा महासंघद्वारा तालाबन्दी

श्रमिकहरुको पारिश्रमिकका विषयमा नेपाल पत्रकार महासंघ र नेपाल रिपब्लिक मिडिया लिमिटेडबीच २०८२।०४।२२ गते भएको सम्झौता कार्यान्वयनका लागि पटकपटक वार्ता, संवाद र सहमतिको पहल महासंघले गर्दा पनि सो सञ्चार...