नेभिगेशन
समाज

नाइजेरियामा सैनिक कारबाहीमा १०० भन्दा बढी आपराधिक समूहका सदस्य मारिए

नाइजेरियाली सेनाले उत्तर पश्चिमी जम्फारा राज्यमा हवाई र स्थल कारबाही गर्दै १०० भन्दा बढी आपराधिक समूहका सदस्यलाई मारिएको एक संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त कारबाही गत आइतवार बिहान बुककियुम क्षेत्रमा गरिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विगत केही वर्षदेखि यस्ता आपराधिक समूहहरूले उत्तर पश्चिम तथा केन्द्रीय नाइजेरियाका गाउँहरूमा आतंक मच्चाउँदै आएका छन् । उनीहरूले गाउँहरूमा आक्रमण, अपहरण, लुटपाट र आगजनी गर्ने जस्ता कार्य गर्दै आएका छन् ।
सेनाले माकक्कारी वन क्षेत्रमा रहेको एक शिविरमा आक्रमण गरेको थियो, जहाँ झण्डै ४०० आपराधिक सदस्यहरू भेला भएका थिए । प्रतिवेदनअनुसार, पछिल्लो एक महिनामा जम्फारा राज्यमा अपहरण तथा हिंसात्मक गतिविधि बढेपछि यो कारबाही गरिएको हो ।

Extreme Energy

कारबाही हुनु अघि, शुक्रबार अदबका गाउँमा भएको आक्रमणमा १३ सुरक्षाकर्मी मारिएका थिए र केही स्थानीय बासिन्दा अपहरणमा परेका थिए । आक्रमणको तयारी गरिरहेका ती समूहमाथि हवाई र स्थल दुबैतर्फबाट योजनाबद्ध रूपमा हमला गरिएको थियो ।

हिंसाको विस्तार र गम्भीर प्रभाव
नाइजेरियामा यस किसिमको हिंसा सुरुमा किसान र पशुपालकबीच जमिन र पानीको अधिकारलाई लिएर भएको विवादबाट सुरु भएको थियो । तर अहिले यी समूहहरू अपराधमा संलग्न भई गाउँलेहरूबाट कर उठाउने, पशु चोरी गर्ने र अपहरणजस्ता आपराधिक गतिविधि सञ्चालन गर्दै आएका छन् ।
हिंसाका कारण किसानहरूले आफ्नो खेतबारी छोड्नुपरेको छ, जसले खाद्य संकट र कुपोषणलाई अझ गम्भीर बनाएको छ । जलवायु परिवर्तन र पश्चिमी देशहरूको सहयोग कटौतीले स्थिति झन् जटिल बनाएको छ ।

सन् २०१५ देखि नाइजेरिया सरकारले सेनालाई परिचालन गरेर यस्तो आपराधिक गतिविधिविरुद्ध लड्दै आएको छ । दुई वर्षअघि जम्फारा राज्य सरकारले स्थानीय स्तरमा एक सुरक्षागठित समूह गठन गरे पनि हिंसा कम हुन सकेको छैन ।
गत जुलाईमा पनि सेनाले नाइजर राज्यमा एक कारबाही गर्दै कम्तीमा ९५ आपराधिक सदस्यहरूलाई मारिएको थियो। यद्यपि, देशका विभिन्न भागमा फैलिँदो हिंसाले सेनालाई अझ धेरै चुनौतीमा पारेको छ ।
अहिले यी आपराधिक समूहहरूले उत्तरपूर्वी क्षेत्रमा सक्रिय जिहादी समूहहरूसँग सहकार्य गर्न थालेका छन्, जसले देशमा झन् ठूलो सुरक्षा चुनौती सिर्जना गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चीनलाई काउन्टर दिन भारतले अघि सारेको परियोजनाविरुद्ध ठूलो प्रदर्शन, ४० प्रहरी घाइते

चीनलाई काउन्टर दिन भारतले अघि सारेको परियोजनाविरुद्ध ठूलो प्रदर्शन, ४० प्रहरी घाइते

चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भारतको अरुणाचल प्रदेशमा झडप भएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जेल हालेको नाटक गरेर तेहरानमा प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जेल हालेको नाटक गरेर तेहरानमा प्रदर्शन

तेहरानकाे व्यस्त तजरिश स्क्वायरमा एक कलाकारले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई एउटा नक्कली जेलमा राखेको दृश्यमा अभिनय गरेर प्रदर्शनमा राखेका छन् । याे भिडिओ सरकारले नै बनाएर प्रदर्शनमा राखेकाे...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
कोलकाताको दुर्गा पूजामा भागदौड: १९ जनाको मृत्यु, २४ घाइते

कोलकाताको दुर्गा पूजामा भागदौड: १९ जनाको मृत्यु, २४ घाइते

भारतको कोलकातास्थित प्रसिद्ध चोरबागान दुर्गा पूजा पण्डालमा शनिबार साँझ भीषण भागदौड मच्चिँदा १९ जनाको ज्यान गएको छ। यो दुर्घटनामा २४ जना घाइते भएका छन्, जसमा एक जनाको अवस्था...