नेभिगेशन
समाज

रुस-युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनको निर्णायक वार्ता अमेरिकामा

आगामी शुक्रबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच अमेरिकाको अलास्का राज्यमा एक महत्वपूर्ण शिखर बैठक हुने भएको छ । यो सन् २०१५ पछि पहिलो पटक कुनै रुसी राष्ट्रपतिको अमेरिकामा औपचारिक भ्रमण हुनेछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रुसी राष्ट्रपति कार्यालयका सल्लाहकार युरी उशाकोभले बैठकको स्थानको रूपमा अलास्का रोज्नु उचित रहेको बताए । 
इतिहासमा पनि अलास्का रूसको अधीनमा रहेको क्षेत्र हो र सन् १८६७ मा आर्थिक चुनौतीका कारण रूसले यसलाई अमेरिकालाई हस्तान्तरण गरेको थियो ।

Ncell
Extreme Energy

अलास्का उत्तर अमेरिकाको उत्तर–पश्चिमी भागमा अवस्थित छ र अमेरिकाको सबैभन्दा ठूलो भूभाग हो । यसले आर्कटिक महासागर र प्रशान्त महासागरलाई जोड्दछ । अलास्काका राज्य प्रमुख माइक डनलीभीले यस क्षेत्रको राष्ट्रिय सुरक्षा, ऊर्जा स्रोत र आर्कटिक रणनीतिमा महत्वपूर्ण भूमिका रहेको बताउँदै यस्तो महत्वपूर्ण अन्तर्राष्ट्रिय बैठक अलास्कामा हुनु उपयुक्त रहेको धारणा व्यक्त गरे । 

बैठकको मुख्य एजेण्डा युक्रेन संकटको दिगो र स्थायी समाधानका उपायहरूमा केन्द्रित हुने अपेक्षा गरिएको छ । राष्ट्रपति ट्रम्पले केही भूभाग साटासाटको सम्भावना रहेको संकेत गरेका छन् । अमेरिकाका विदेशमन्त्रीले युद्ध अन्त्यका लागि दुवै पक्षबीच समझदारी आवश्यक हुने बताएका छन् । 

अलास्का र छिमेकी आर्कटिक क्षेत्र प्राकृतिक स्रोतहरूले धनी क्षेत्रहरू हुन्, जहाँ तेल, ग्यास, सुन लगायतका बहुमूल्य स्रोतहरू पाइन्छन् । यसका साथै यहाँका समुद्री मार्गहरू आर्थिक र रणनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण छन् । रुसी लगानी प्रमुख किरिल दिमित्रिएवले यस क्षेत्रमा वातावरण संरक्षण, पूर्वाधार र ऊर्जा विकासमा दुई देशबीच सहकार्यको राम्रो अवसर रहेको बताए । 

युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेंस्कीको बैठकमा सहभागिताको सम्भावना पनि रहेको छ, यद्यपि अहिलेसम्म यस विषयमा कुनै अन्तिम निर्णय भएको छैन । राष्ट्रपति ट्रम्पले पुटिनसँगको भेटका लागि जेलेंस्कीको उपस्थिति आवश्यक नभएको स्पष्ट पारेका छ् । राष्ट्रपति पुटिनले पनि युक्रेनी राष्ट्रपतिसँगको भेटमा आपत्ति नभएको तर हालको अवस्था अनुकूल नरहेको बताएका छन् । 

राष्ट्रपति जेलेंस्कीले भने कुनै पनि सम्झौतामा युक्रेनको पूर्ण सहभागिता आवश्यक रहेको र त्यसबिना गरिने निर्णयहरू शान्तिका लागि बाधक हुने स्पष्ट रूपमा व्यक्त गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको...
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने ट्रम्पको निर्णय, किमसँग सम्पर्कमा

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने ट्रम्पको निर्णय, किमसँग सम्पर्कमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने निर्णय सार्वजनिक गरेको भोलिपल्ट उत्तर कोरियाली नेता किम जोङ–उनसँग आफ्नो सम्पर्क पुनः स्थापित भएको सङ्केत गरेका छन्...
इरानको धम्कीपछि आत्तिए ट्रम्प, टर्कीबाट मुश्किलले निस्किए

इरानको धम्कीपछि आत्तिए ट्रम्प, टर्कीबाट मुश्किलले निस्किए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट हत्याको धम्की आएपछि टर्कीबाट गोप्य रूपमा सानो विमानमा बेलायततर्फ प्रस्थान गरेको खुलासा भएको छ ।
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।